• १८ असार २०८१, मङ्गलबार

उपसभामुख निर्वाचनको तयारी पूरा

blog

तस्बिर सौजन्य श्रीधर न्यौपाने ।

काठमाडौं, असार ३१ गते। प्रतितिनिधिसभाको उपसभामुख निर्वाचनको तयारी पूरा भएको छ। 

सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार निर्वाचनको तयारी पूरा भएको हो। प्रतिनिधिसभाको शुक्रबार  दिउँसो ३ बजेबाट सुरु भएको बैठकमा उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ।

उपसभामुखका लागि नेपाली कांग्रेस नेत्री पुष्पा भुसाल (गौतम) र नेकपा (एमाले) नेत्री विद्या भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ। 

एमाले नेत्री भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलका सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोख्रेल हुनुहुन्छ।

कांग्रेस नेत्री भुसालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी हुनुहुन्छ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुभएपछि करिब तीन वर्षदेखि उक्त पद रिक्त छ।