• १८ असार २०८१, मङ्गलबार

पदमा रहेसम्म जनता र पार्टीको हितमा काम गर्छु : मन्त्री कुँवर

blog

काठमाडौं, असार २९ गते। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्री पदमा रहुन्जेल जनता र पार्टीको हितमा काम गर्ने बचन दिनु भएको छ। 

नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी कञ्चनपुरले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कुँवरले जनताले पठाएरै आफू मन्त्री भएकाले पदमा रहेसम्म जनताको हितमा काम गर्ने वचन दिनुभएको हो।

उहाँले जनतालाई सेवा दिनका लागि सामाजिक सुरक्षाको दायरा बढाउन आवश्यक रहेको बताउनु भएको छ। मन्त्री कुँवरले सामाजिक सुरक्षा कार्यालयको व्यवस्थापनका लागि पनि काम भइरहेको बताउनुभयो। जनताले सजिलै सामाजिक सुरक्षा पाउने व्यवस्थापन गर्ने सरकारको जिम्मेवारी पनि भएको उहाँको भनाइ थियो।

मन्त्री कुँवरले इमान्दार र जिम्मेवार भएर काम गर्न सबै कार्यकर्तालाई अनुरोधसमेत गर्नुभयो। अहिले रोजगारीका लागि थुपै समस्या भएको भन्दै उहाँले आफुले स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गरिरहेको जनाकारी गराउनुभयो।