• १८ असार २०८१, मङ्गलबार

पहिरोबाट विस्थापितको उद्धारमा कमी हुन नदिन गृहमन्त्रीको निर्देशन

blog

फाइल तस्बिर

काठमाडौं, असार २९ गते। गृहमन्त्री बालकृष्ण खाणले गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर १ मा वर्षाका कारण पहिरोमा परेर विस्थापित भएकाको तत्काल उद्धार, राहतको व्यवस्थापन मिलाउन निर्देशन दिनुभएको छ।

गृहमन्त्री खाणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्धारमा कमी हुन नदिन निर्देशन दिनुभएको हो।

पहिरोले स्थानीय वीरबहादुर गुरुङको घर पुरेको र गाउँको दुवै तिरबाट पहिरो आएकोले गाउँनै जोखिममा रहेको खबर आएको प्रजिअ आचार्यले जानकारी दिनुभयो। 

पहिरोबाट विस्थापितलाई उद्धार गर्न प्रहरी र सशस्त्रको टोली घटनास्थलमा पुगिसकेको जानकारी प्रजिअ आचार्यले दिनुभयो।

पहिरोले ६ वटा घर पुरेको छ। मानवीय क्षति नभएको उहाँले बताउनुभयो।