तालमा डुबेर एक जनाको मृत्यु
जिल्लाको घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा डुबेर आज एक जनाको मृत्यु भएको छ
बैतडीमा निर्वाचनको तयारी अन्तिम चरणमा
आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी बैतडीमा अन्तिम चरणमा पुगेको छ ।
'सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस्'
नेपाली सेनासहितका सुरक्षा निकायले सुरक्षा व्यवस्था चुस्त तुल्याइएका निर्धक्क भएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन आममतदातालाई अनुरोध गरेका छन् ।
सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्री र कर्मचारी पुगेका छन् ।
कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने
बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ ।
'उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’
काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई टिकट बोकेर चार दिनदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चक्कर लगाइरहनुभएको छ । दिनहुँ विमानस्थल पुग्नुहुन्छ, उडान रद्ध भएको सूचना पाएसँगै निराश भएर फर्किनुहुन्छ ।
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ ।
पश्चिम नवलपरासीका मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा जडान
पश्चिम नवलपरासीमा प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मतगणनाका लागि दुई वटा निर्वाचन क्षेत्रमा तारजालीसहित सिसी क्यामेरा जडान गरिएको छ ।
रौतहटमा निर्वाचनको तयारी पूरा
यहि फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ ।
निर्वाचन पर्यवेक्षणका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली हुम्लामा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२, अनुगमनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली हुम्ला आइपुगेको छ ।
अन्तरगृह परिक्रमासँगै १५ दिने मिथिला मध्यमा परिक्रमा समापन
अन्तरगृह परिक्रमासँगै मिथिलाको धार्मिक पदयात्रा १५ दिने मिथिला मध्यमा परिक्रमा आज विधिवत् रुपमा समापन भएको छ ।
बाजुराका सबै मतदान केन्द्रमा सर्वदलीय बैठक
बाजुराका सबै मतदान केन्द्रमा यती बेला सर्वदलीय बैठक सुरु भएको छ । यहाँका निर्वाचनलाई सुव्यवस्थित पार्ने गरी यहाँका ७७ स्थल र ११९ मतदान केन्द्रमा सर्वदलीय बैठक बस्न सुरु गरेको हो ।
मध्यपूर्व युद्धः नागरिकमाथि बढ्दो मारप्रति संयुक्त राष्ट्रसङ्घ स्तब्ध
मध्यपूर्वमा तीव्र बन्दै गएको युद्धका कारण सर्वसाधारणमाथि परेको गम्भीर मानवीय असरप्रति संयुक्त राष्ट्रसङ्घले गहिरो चिन्ता व्यक्त गरेको छ ।
बढ्दो क्षेत्रीय तनावका बिच अमेरिकाद्वारा खाडी मुलुकका दूतावास बन्द
बढ्दो तनावका बिचमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी मुलुक स्थित दुतावास तथा कूटनीतिक मिसन बन्द गर्ने घोषणा गरेको छ भने तनावग्रस्त देशमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न आदेश दिएको छ ।
मतगणना स्थलमा तारजाली र सीसी क्यामेरा जडान
इलाममा निर्वाचन सम्पन्न भएर मतगणना गर्नका लागि स्थान तोकिएसँगै गणना स्थललाई सुरक्षित राख्नका लागि गणना स्थलमा तारजाली र सीसी क्यामेरा लगाउन थालिएको छ ।
धनकुटामा निर्वाचन तयारी अन्तिम चरणमा
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतगणनाका लागि धनकुटा नगरपालिकाको वडा ५ स्थित सामुदायिक भवनमा आवश्यक तयारी गरिएको छ ।
निर्वाचनको तयारीमा जुटे कर्मचारी
यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीका सबै मतदानस्थलहरुमा निर्वाचन सामग्री सहित पुगेका कर्मचारी र सुरक्षाकर्मीहरु निर्वाचनको तयारीमा जुटेका छन् ।
मौसम बिग्रिएपछि मतदानस्थल निर्माणमा समस्या
फागुन २१ को निर्वाचन हुन दुुई दिन बाँकी रहँदा पहाडी जिल्ला इलाममा मौसम बद्लिभएपछि मतदानस्थल निर्माण गर्न समस्या पर्न थालेको छ ।
दमकमा आचारसंहिता पालनामा कडाइ, १० जना पक्राउ
झापाको क्षेत्र नं. ५ अन्र्तगत झापाको दमकमा निर्वाचन आचारसंहिता उल्लंघनका घटना रोक्नका लागि प्रहरीले शर्तकता अपनाएको छ ।
भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडान पुनः सुरु
भारतीय एयरलाइन्सले युद्वका कारण मध्य पूर्वका देशमा रोकिएका हजारौं यात्रुलाई स्वदेश फर्काउनका लागि सीमित व्यावसायिक सेवा पुनः सुरु गर्ने जनाएको छ ।
इरानी ‘आणविक प्रतिष्ठानमा आक्रमण भएको कुनै सङ्केत छैन’ : आइएइए
अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) उनको एजेन्सीले इरानमा अमेरिका र इजरायलको आक्रमणपछि कुनै पनि आणविक प्रतिष्ठानमा क्षति पुगेको वा क्षति भएको ‘कुनै सङ्केत नभेटिएको’ संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थाका प्रमुखले सोमबार जानकारी गराउनु भएको छ ।
इजरायली सेनाद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी
इजरायली सेनाले लेबनानका दर्जनौं स्थानमा मङ्गलबार नयाँ निकासी आदेश जारी गरेको छ । इजरायली सेनाले विज्ञप्ति जारी गर्दै लेबनानको ५० वटा स्थानका बासिन्दालाई, आफ्नो सुरक्षाका लागि तुरुन्तै सुरक्षित ठाउँमा जान आग्रह गर्दै आदेश जारी गरेको सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले बताउनु भएको छ ।
फ्रान्सले युरोपलाई जोगाउन आणविक हतियार बढाउने
राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार फ्रान्सले आफ्ना परमाणु हतियारको सङ्ख्या बढाउने र महाद्वीपको रक्षाका लागि आठ देशसँग सहकार्य गर्ने बताउनु भएको छ ।
इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका लागि निर्देशन थियो, “अपरेसन एपिक फ्युरी’ स्वीकृत भएको छ । फिर्ता गरिएको छैन । शुभकामना !” त्यसपछि अमेरिकी सेनाले व्यापक आक्रमण सुरु गर्यो जसले इरानी कमान्ड र कन्ट्रोल स्थल ध्वस्त पारेको छ, मिसाइल पूर्वाधार नष्ट गरेको छ र नौ सेना जहाजलाई डुबाइ दिएको छ ।