वासिङ्टन, फागुन १९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका लागि निर्देशन थियो, “अपरेसन एपिक फ्युरी’ स्वीकृत भएको छ । फिर्ता गरिएको छैन । शुभकामना !” त्यसपछि अमेरिकी सेनाले व्यापक आक्रमण सुरु गर्यो जसले इरानी कमान्ड र कन्ट्रोल स्थल ध्वस्त पारेको छ, मिसाइल पूर्वाधार नष्ट गरेको छ र नौ सेना जहाजलाई डुबाइ दिएको छ । एएफपीले इरान विरुद्ध अमेरिकी कारबाहीमा महत्त्वपूर्ण क्षणको समीक्षा गरेको गरेको छ ।
-सैन्य बल निर्माण-
अमेरिकाका शीर्ष सैन्य अधिकारी जनरल डन केनले सोमबार एक पत्रकार सम्मेलनमा भन्नुभयो, “राष्ट्रपतिलाई आवश्यक कारबाही गर्नु पर्ने भएमा विश्वसनीय विकल्प उपलब्ध गराउन सकियोस् भनी अमेरिकाले मध्यपूर्वमा हप्तौंदेखि सैन्य बलको निर्माण गरिरहेको थियो ।”
उहाँले भन्नुभयो,“यी गतिविधिले अमेरिकी सेना कुनै पनि उदीयमान खतराको सामना गर्न तयार र सुरक्षित रहेको सुनिश्चित गरेको थियो । यस तैनाथीमा सबै शाखाका हजारौँ सेवा सदस्य, सयौँ चौथो र पाँचौ पुस्ताका लडाकु, दर्जनौँ इन्धन भर्ने ट्याङ्कर, लिङ्कन र फोर्ड क्यारियर स्ट्राइक समूह र उनीहरूको हवाई शाखा, युद्ध सामग्रीको निरन्तर प्रवाह, इन्धन आपूर्ति समावेश थियो ।”
-जिम्मेवारी सम्पादन गर्नेे आदेश-
केनले भन्नुभयो,“आक्रमणको आदेश शुक्रबार दिउँसो आएको थियो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख पिट हेगसेथले मध्यपूर्वमा अमेरिकी सेनाको जिम्मेवारी लिने सेन्ट्रल कमान्ड (सेन्टकम)लाई सो जानकारी गराउनुभएको थियो । राष्ट्रपतिले दिएको निर्देशनलाई उदृत गर्दै उहाँले भन्नुभयो, “अपरेसन एपिक फ्युरी स्वीकृत छ । परित्याग गरिएको छैन । शुभकामना !”
-थालनी-
साइबर र स्पेस कमान्डलाई उदृत गर्दै केनले भन्नुभयो,“यूएस साइबरकम’ र ‘युएस स्पेसकम’ सबैभन्दा पहिले परिचालन गरिएका थिए, जसले गैर-काइनेटिक प्रभाव प्रवाह गरे र इरानको हेर्ने, सञ्चार गर्ने र प्रतिक्रिया गर्ने क्षमतालाई अवरोध र अवमूल्यन गरे र अन्धो बनाए । त्यसपछि प्रमुख अमेरिकी युद्ध अभियान संयुक्त राज्य अमेरिकाको पूर्वी तटमा शनिबार बिहान १:१५ बजे र तेहरानमा बिहान ९:४५ बजे सुरु भयो ।
“जमिन, समुद्रबाट १०० भन्दा बढी लडाकु विमान, ट्याङ्कर, हावाबाट उत्पन्न (प्राप्त) हुने पूर्व चेतावनी, इलेक्ट्रोनिक आक्रमण, अमेरिकाबाट बम वर्षक र मानव रहित प्लेटफर्मले आक्रमणको श्रृङ्खला बनाउँछ,” जनरल केनले भन्नुभयो । अमेरिकी नौसेनाले इरानी नौसेनाका जहाजमा ‘टोमाहक क्रुज मिसाइल’ पनि प्रक्षेपण गरेको थियो, जबकि अमेरिकी स्थल सेनाले ‘सटीक स्ट्यान्ड अफ हतियार’ प्रहार गरेको थियो,” केनले भन्नुभयो । अभियानको सुरुवात केही अवस्थामा वर्ष र महिनौँ गरी यस विशेष लक्ष्य निर्धारण गरिएको उहाँले बताउनुभयो ।
-लक्ष्य-
केनले भन्नुभयो, संयुक्त राज्य अमेरिकाले युद्धको पहिलो २४ घण्टामा एक हजारभन्दा बढी लक्ष्य प्रहार गरेको थियो ।” उहाँले भन्नुभयो, “प्रारम्भिक चरणमा सेन्टकमको ध्यान इरानीको ‘कमान्ड एन्ड कन्ट्रोल’ पूर्वाधार, नौसेना बल, ब्यालेस्टिक मिसाइल स्थल र गुप्तचर पूर्वाधारलाई व्यवस्थित रूपमा निशाना बनाउनुथियो ।” उहाँले थप्नुभयो, “समन्वित अन्तरिक्ष र साइबर अपरेसनले जिम्मेवारीको क्षेत्रमा सञ्चार र सेन्सर नेटवर्कलाई प्रभावकारी रूपमा अवरोध पुर्यायो, जसले प्रतिद्वन्द्वीलाई उसको हेर्ने क्षमतालाई अवरोध गरायो जसका कारण प्रभावकारी रूपमा प्रतिक्रिया दिन असम्भव भयो ।”
-उद्देश्य-
उहाँले भन्नुभयो, “हाम्रो सैन्य उद्देश्य स्पष्ट छ । हाम्रो मिशन भनेको हाम्रो सुरक्षा र प्रतिरोध गर्नु हो, र हाम्रा क्षेत्रीय साझेदारसँग मिलेर इरानलाई आफ्नो सीमाभन्दा बाहिर शक्ति प्रक्षेपण गर्ने क्षमताबाट रोक्नु हो । उपयुक्त रूपमा युद्धको निरन्तरताको सामनाका लागि तयार रहनुहोस् ।”
तर ती उद्देश्य पूरा गर्ने समय रेखा खुला छ । “यो रातारात भएको कुनै पनि कारबाही होइन । सेन्टकम र संयुक्त बललाई जिम्मेवारी दिइएको सैन्य उद्देश्य प्राप्त गर्न केही समय लाग्ने छ,” जनरलले भन्नुभयो । उहाँले भन्नुभयो, “हामी थप नोक्सानी बेहोर्ने अपेक्षा गरेका छौँ तर सधैँ झैँ हामी अमेरिकी क्षति न्यूनीकरण गर्ने दिशामा काम गर्ने छौँ । युद्ध सुरु भएयता चार अमेरिकी सैनिकको मृत्यु भइसकेको पुष्टि गरिएको छ । रासस/एएफपी