• १९ फागुन २०८२, मङ्गलबार

निर्वाचन सुरक्षामा बम डिस्पोजल टोली तैनाथ

blog

बम डिस्पोजल टोली ।

खेमराज सापकोटा

मोरङ (रानी), फागुन १९ गते ।मोरङ जिल्ला विराटनगर महानगरपालिका-७, डाँफे चोकमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निष्कृय गरेको छ ।

२०८२ फागुन बिहान कालो प्लास्टिकको पोकाभित्र शङ्कास्पद वस्तु रहेको सूचना प्राप्त भएपछि नेपाली सेना को विराटनगर एयरपोर्टमा तैनाथ बम डिस्पोजल टोलीसहितको फौज तत्काल परिचालन गरिएको थियो ।

 संयुक्त रूपमा क्षेत्रलाई सुरक्षित बनाउँदै आज बिहान निष्कृय गरिएको जनाइएको छ। निर्वाचन सुरक्षालाई लक्षित गर्दै पूर्वी पृतना हेडक्वार्टर अन्तर्गत कोशी प्रदेशका सम्पूर्ण जिल्लामा करिब १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरिएको छ ।

पूर्वी पृतना हेडक्वार्टर इटहरीकी जनसम्पर्क तथा सूचना अधिकृत सह सेनानी सुस्मा सुब्बाका अनुसार निर्वाचन अवधिभर उच्च सतर्कता अपनाइएको छ । 

कुनै पनि स्थानमा शङ्कास्पद वस्तु देखा परे वा फेला परेमा नजिकैका सुरक्षा निकायलाई तुरुन्त जानकारी गराउन सर्वसाधारणमा अपिल गरिएको छ ।