नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टी सङ्गठनको संरचना र नेताहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका इन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी गरिइएको हो ।
परराष्ट्र मन्त्री डा. राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । उहाँहरू संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने क्रममा अहिले अमेरिकाको न्युयोर्कमा हुनुहुन्छ ।
डेङ्गु र ‘स्क्रब टाइफस’ फैलिँदै
अर्घाखाँचीमा डेङ्गु र ‘स्क्रब टाइफस’ का बिरामीको सङ्ख्या दैनिक बढिरहेको छ ।
धनुषा हिरासतबाट नौ जना थुनुवा फरार
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट आज (सोमवार) बिहान नौ जना थुनुवा फरार भएका छन् । फरार भएकाहरू सबै लागु औषध र अभद्र व्यवहारका आरोपित रहेको प्रहरीले जनाएको छ ।
लोप हुँदै गोलो घर
पछिल्लो समय पक्की घर निर्माण हुन थालेपछि पुराना र खरले छाएका घरहरू विस्थापित हुन थालेका छन् ।
सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै
तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् ।
सडक खुलाउन श्रमदान गर्दै स्थानीय
चाडबाडका बेला सडक मर्मत गर्न स्थानीय आफैँ जुटेका छन् । वर्षाले क्षति भएको चुरेको सडक मर्मत गर्न स्थानीय दैनिक रूपमा काम गर्दै आइरहेका छन् ।
प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक
बागमती प्रदेश सरकारले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनको सरकार बनेको झन्डै दुई महिनापछि सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक
नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ सेलोको ‘आम्बोइ नि’ बोलको गीत आइतबार यु–ट्युबमार्फत सार्वजनिक भएको छ ।
नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग
नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ ।नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् ।
टिआरसी ऐन पीडितमैत्री निगरानीको खाँचो
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) पास भई ऐनमा परिणत भएकोमा सुर्खेतका सरोकारवालालाई पीडितमैत्री बनेकोमा सन्तोष व्यक्त गरेका छन् । उनीहरूले अब उक्त ऐन कार्यान्वयनमा ल्याउनका लागि ढिलाइ हुने सङ्केत देखिएको हुँदा निगरानीको खाँचोसमेत रहेको औँल्याएका छन् ।
भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्नुहुने : परराष्ट्रमन्त्री डा राणा
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।
सडक अवरुद्ध, यात्रुलाई सास्ती
मुगुको सदरमुकाम गमगढीदेखि सोरु लोकमार्गसम्म विभिन्न ठाउँमा पहिरो खस्दा यातायातका साधन सहज रूपमा आउजाउ गर्न सकेका छैनन्, जसले गर्दा यात्रुले सास्ती पाउन थालेका छन् ।
जनप्रतिनिधिले एक वर्षमा पच्चिस लाखको भात खाए
जिल्लाको नरहरिनाथ गाउँपालिकाका जनप्रतिनिधिले आफूले पाउने तलब छोडेर अन्य सेवा सुविधाबापत ६३ लाख ३३ हजार रुपियाँ राज्य कोषको खर्च गरेको पाइएको हो ।
अस्पताल निर्माणमा अलमल
मानिसका चाहना असीमित हुन्छन्, जसको प्राप्तिका लागि ऊ सङ्घर्षरत हुन्छ ।
संविधान संशोधन बहस
संविधान दिवसको सन्दर्भसँगै संविधान संशोधनको विषयले चर्चा पाएको छ ।
भन्सार छल्दै, फर्मको बिल काट्दै
खुला सीमाको फाइदा उठाउँदै विराटनगरमा भन्सार छलेर भित्र्याएको सामानलाई कानुनी मान्यता दिन बिल काट्ने क्रम बढेको छ ।
अबको दलित आन्दोलन
काभ्रे पाँच खालका अजित मिजारको शव शिक्षण अस्पतालको शवगृहमै छ । अन्तरजातीय विवाह गरेकै आधारमा उनको हत्या भएको परिवारको भनाइ छ तर उनको परिवारले खोजेको न्याय राज्यले दिन सकेको छैन ।
चाडपर्वमा चलायमान अर्थतन्त्र
नेपाली संस्कृति र परम्परा विशिष्ट खालकै छ । साउने सङ्क्रातिपछि बिस्तारै चाडपर्वले माहोल बनाउन थाल्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
आइसिसी विश्वकप क्रिकेट: नेपाल क्यानडासँग पाँच विकेटले पराजित
क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको किङ सिटीमा आज बिहान सम्पन्न खेलमा नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको हो । त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो ।
जापानिज इन्सेफ्लाइटिसको प्रकोप
सामान्यतया वैशाखदेखि सुरु भई असोज महिनासम्म जापानिज इन्सेफ्लाइटिसको प्रकोप रहन्छ ।
कला साहित्य समुद्र जत्तिकै गहिरो : पूर्वराष्ट्रपति यादव
पूर्वराष्ट्रपति रामवरण यादवले साहित्य, नाट्य, सङ्गीत, कलाले संस्कृति समुद्र जत्तिकै गहिरो र फराकिलो अर्थ राख्ने बताउनुभएको छ ।