फलाम देखाएर गहना लुट्ने दुई जना पक्राउ
रुपन्देहीको सैनामैनामा एक महिलालाई फलाम दिएर हातमा लगाएका सुनका गहना लिएर फरार भएका दुई जना पक्राउ परेका छन्।
दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा
चालु आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ । चालु आवको पछिल्लो १० महिनामा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशतभन्दा बढी हो ।
मन्त्रिपरिषद् बैठकद्वारा नीति तथा कार्यक्रम पारित
मन्त्रिपरिषद् बैठकले आगामी वर्ष ०७९–८० को नीति तथा कार्यक्रम पारित गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको जानकारी दिनुभयो ।
ताप्लेजुङ घटनाको छानबिन हुन्छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं २ का बिमल कार्कीको २०७९ वैशाख २८ गते राति खोक्लिङको दुङ्जामा भिरबाट लडेर मृत्यु भएको घटनाको छानबिन गर्ने बताउनुभएको छ ।
वैशाख महिनामा ११ जनाले गरे आत्महत्या
जिल्लामा रहेका सात स्थानीय तहमा एक महिनामा ११ जनाले आत्महत्या गरेका छन् । २०७९ वैशाख महिनामा ज्यान सम्बन्धी १६ वटा घटना घटेकोमा ११ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यल धनकुटाले जनाएको छ ।
युवक हत्या आरोपमा तीनजना पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले युवकको हत्यामा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।
एमबीबीएस डाक्टर भन्दै ठगीको आरोपमा एक युवक पक्राउ
एमबीबीएस डाक्टर भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मङ्गलसेन नगरपालिका–२ मिस्तुरु निवासी २९ वर्षीय चक्रबहादुर विश्वकर्मालाई न्यूरोसर्जन भएको भन्दै ठगी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख रविराज थपलियाले जानकारी दिनुभयो ।
खाद्यवस्तुमा आत्म निर्भर बनाउने गरी बजेट ल्याउन सुझाव
दमक, जेठ १० गते । राष्ट्रिय खाद्य बैंक लिमिटेडले गुणस्तरीय खाद्यवस्तुमा नेपाललाई आत्म निर्भर बनाउनेतर्फ सहयोग पुग्ने गरी सरकारले नयाँ बजेट ल्याउनु पर्ने सुझाव दिएको छ । प्रागारिक तथा रैथाने उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको भनिएको बैंकले जग्गाजमिनलाई चक्लाबन्दी गरेर देशभर उत्पादनको क्षेत्रमा काम गर्दै आएको छ ।बैंकका कार्यकारी अध्यक्ष शङ्करनाथ उप्रेतीका अनुसार किसानहरूको लागि आर्थिक रूपमा सुरक्षित क्षेत्र कृषि एवं उत्पादनको क्षेत्र बनाउनका लागि सबैको योगदान जरुर रहेको बताउनु भयो । प्रत्येक व्यक्तिको लागि पर्याप्त, पहुँचयोग्य र किफायती खाद्यान्न उत्पादन गर्न हामी सबै लाग्नु पर्छ, उहाँले भन्नुभयो ।दमकमा पत्रकार सम्मेलन गर्दै बैंकले देशभरि बाँझो भएका जग्गा जमिनहरुमा कृषि उत्पादन गर्न चाहने व्यक्ति, संघ संस्था, सरकारी राष्ट्रिय खाद्य बैक लगायतका संस्थाहरुलाई खेती कमाई गर्ने लिजमा लिइ काम गर्ने बातावरण बनाउन र भैरहेको विद्यामान कानुनी जटिलतालाई हटाउन बैंकको माग रहेको उप्रेतीले बताउनुभएको छ । कृषि उपजहरुमा सहज ढंगले विमा गर्ने व्यवस्थापन गर्न पनि माग गरिएको छ । अहिले खेतबारीमा सहज रुपमा बीमा नहुने गरेको अवस्था छ । नेपाल सरकारले दिने अनुदानहरुलाई किसानकोमा पुग्ने गरी व्यवस्था गर्न, कृषि औजारहरु र उत्पादित वस्तुहरुलाई आधार मानेर अनुदान दिने व्यवस्था गर्न माग अघि सारिएको छ । विदेशबाट आउने रेमिटेन्सलाई कम्तीमा २० प्रतिशत कृषि उत्पादनको काममा लगाउने गरि आवश्यक नियम कानुनको व्यवस्था गरि उत्पादनको काममा लगानी गर्ने वातावरण बनाउन आवश्यक छ, उप्रेतीले भन्नुभयो । रैथाने बालीनालीको संरक्षण गर्ने स्पष्ट नीति बनाएर साना किसानहरुलाई विउ विजन उत्पादन गर्न दिने कानुनी आधार तय गर्न पनि माग गरिएको छ ।हालसम्म नेपाली कृषि उपजहरुलाई ल्याब परीक्षण गर्नको लागि भारत लगायतका विभिन्न ठाउँहरुमा लग्ने चलन रहेकाले यसको अन्त्य गरेर नेपालभित्रै अन्तर्राष्ट्रिय स्तरको ल्यावको स्थापना गर्न माग गरिएको छ । राष्ट्रिय खाद्य बैंकले ल्याब सञ्चालन गर्ने तयारी गरेको र नीति नियमका कारण अहिले सम्भव नरहेको भन्दै यस विषयमा गम्भीर बन्न आग्रह गरिएको छ ।झापामा बैंकले आठ सय बिघाभन्दा बढीमा जग्गामा कृषि व्यवसाय गर्दै आएको छ । दुई वर्ष अघिदेखि झापामा चक्लाबन्दी खेती सुरु गरिएको हो ।
सरकारको नीति तथा कार्यक्रम आज
राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । सो संयुक्त बैठकलाई सम्बोधनमार्फत आगामी आर्थिक वर्ष २०७९-८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।
बलात्कारको अपराधमा हदम्याद हटाउन माग
आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी व्यवसायी मनोज पाण्डेलाई कारबाही गर्न राष्ट्रिय सभाका सांसदहरूले माग गरेका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले बलात्कारजस्ता जघन्य हिंसा र अपराधमा भएको हदम्याद व्यवस्था हटाउनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री देउवाद्वारा अस्ट्रेलियाका प्रधानमन्त्रीलाई बधाइ
प्रधानमन्त्री शेरबहादुर देउवाले अस्ट्रेलियाको प्रधानमन्त्री पदमा एन्थोनी अल्बानी नियुक्त हुनु भएकोमा हार्दिक बधाइ ज्ञापन गर्नुभएको छ ।
विकासशीलमा स्तरोन्नति हुन थप चुनौती
परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाल सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुन विद्यमान चुनौतीमा नयाँ चुनौती थपिएको बताउँदै स्वस्थ अर्थतन्त्र कायम गर्न सरकारले ल्याएका उपायबारे जानकारी गराउनुभयो । जसअनुसा
निर्वाचनले सङ्घीय व्यवस्था झन् बलियो
उपराष्ट्रपति नन्दबहादुर पुनले स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सङ्घीय शासन व्यवस्था अझै सुदृढ र बलियो भएको धारणा व्यक्त गर्नुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको १११औँ जन्मजयन्तीको अवसरमा युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा सोमबार राजधानीमा पुर
‘बलात्कारीलाई कार्बाहीको कानून संशोधन चालू अधिवेशनमै’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बलात्कार गर्नेलाई कानूनी कार्बाहीको प्रक्रियामा ल्याउन कानून संशोधन गर्न चालू अधिवेशनमा सरकारी विधेयक संसद्मा पेश गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
घोडाघोडीका प्रमुखको निर्णय : सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने
कैलालीको घोडाघोडी नगरपालिकामा अव्यवस्थित बसोवासी, सुकुम्बासी दलित, भूमिहीनलाई निर्धारित समयमै लालपुर्जा वितरण गरिने भएको छ ।
वन उपभोक्ता समूहका अध्यक्ष बस्नेतलाई भ्रष्टाचारको अभियोग
जाजरकोट जिल्ला छेडागाड नगरपालिका वडा नं. १ स्थित कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिपबहादुर बस्नेतले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दर्ता गरेको छ ।
मर्स्याङ्दीमा एक हजार बढीले पाए रोजगार
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा तीन वर्षको अवधीमा एक हजार बढी वेरोजगारले रोजगार पाएका छन् । गाउँपलिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक हजार १६५ जनाले रोजगार पाएका हुन् ।
राष्ट्रपतिद्वारा मङ्गलबार सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन हुने
राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नु हुने भएको छ । संघीय संसद्का महासचिव डा= भरतराज गौतमले सो जानकारी दिनुभएको हो ।
ओखलढुङ्गामा सिद्धिचरणको स्मरण
ओखलढुङ्गामा युगकवि सिद्धिचरण श्रेष्ठको १११ औं जन्मजयन्ती मनाइएको छ । युगकवि सिद्धिचरण श्रेष्ठ जन्मिनु भएको ओखलढुङ्गामा सोमबार विविध कार्यक्रम गरी जन्मजयन्ती मनाइएको हो ।
जजिराको जहाजमा चरा ठोक्किएको आशङ्का, प्राविधिक निरीक्षण हुँदै
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजमा सोमबार बिहान चरा ठोक्किएको आशङ्का गरिएको छ ।
लाटोकोसेरोसहित दुई भारतीय पक्राउ
पर्सा प्रहरीको टोलीले लाटोकोसेरोसहित दुई भारतीयलाई पक्राउ गरेको छ । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैधरूपमा लाटोकोसेरो नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रेस सेन्टर, नेपालले चारजनालाई पुरस्कृत गर्ने
काठमाडौं, जेठ ९ गते । प्रेस सेन्टर, नेपालले कृष्णसेन 'इच्छुक' स्मृति पत्रकारिता पुरस्कार २०७८ र ७९ बाट दुई जनालाई जनही ५० हजार र शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार ०७८ र ७९ बाट दुई जनालाई जनही २५ हजार रुपियाँसहित कदरपत्र प्रदान गर्ने निर्णय गरेको छ ।आइतबार साँझ बसेको प्रेस सेन्टर, नेपालको सचिवालयको बैठकले सोको लागि नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीको अध्यक्षतामा गोविन्द देवकोटा र गङ्गा बरालसहित तीन सदस्यीय निर्णायक समिति गठन गरेको छ । वि.सं २०५९ जेठ १३ गते माओवादी ‘जनयुद्ध’को दौरानमा मारिएका पत्रकार तथा सांस्कृतिककर्मी कृष्ण सेन ‘इच्छुक’को जेठ १३ गते एक कार्यक्रमकाबीच साे पुरस्कार वितरण गरिनेछ ।बैठकमा सम्बाेधन गर्नुहुँदै पत्रकार र सांस्कृतिकर्मीकाे त्याग, तपस्या र बलिदानमा बनेकाे सङ्घीयतासहितकाे अधिकार सुनिश्चित गर्नकाे लागि बनेकाे सत्तापक्षीय गठबन्धनको ऐतिहासिक विजय भएकाे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महेश्वर दाहालले बताउनुभयाे ।उहाँले सत्तापक्षीय गठबन्धनलाई आउँदो मध्यावधि चुनावमा परिष्कृत लगेर लैजानुपर्नेमा जोड दिनुहुँदै भन्नुभयाे, ''गठबन्धनमा रहेका दल विशेषको हार र जितको विषय प्रमुख नभएको बताउनुहुँदै उहाँले राष्ट्रियता र सार्वभौमसत्ता सम्पन्न जनताको विजय भएको छ।''यस्तै, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले पत्रकारिता पेशा छाडेर स्थानीय पालिकामा विजयी हुनुभएका प्रमुख र अध्यक्षहरुलाई अधिकतम जनताको पीडा र अभावबारे जानकार भएकाले जनजीविका, स्थानीय विकास, कुशासन र भष्ट्राचारमुक्त समाज निर्माण गर्न आह्वान गर्नुभयो ।
पराजित भए पनि चर्चामा हुनुहुन्छ स्वतन्त्र उम्मेदवार नरसिंह ब्यञ्जनकार
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा विजयी उम्मेदवारको चर्चा चलिरहँदा ललितपुरमा पराजित स्वतन्त्र उम्मेदवारको चर्चा पनि कम छैन । दशौं पटकसम्म वडाध्यक्षको जिम्मेवारीमा रहँदै आउनुभएका नरसिंह ब्यञ्जनकारकाे भाग्य जुरेन, याे पटक । तर पनि, स्थानीय निकाय र त्यहाँका जनताको सेवा गर्ने ईच्छा तन र मनमा जिउँदै छ अहिले पनि उहाँमा ।
दिगो विकास लक्ष्यमा काम गर्न सुझाव
स्थानीय तहसँग सम्बन्धित विषयविज्ञले नवनिर्वाचित जनप्रतिनिधिलाई आफ्नो कार्यकालको सुरुदेखि नै यसको आवश्यकता र महìव बुझेर दीर्घकालीन महìव राख्ने योजना तर्जुमा गरी काम गर्न सुझाव दिएका छन् । स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार क्षेत्रभित्र रहेर व्यावहारिक पक्षलाई ध्यान दिँदै आवधिक र गुरुयोजना निर्माण गरेर अघि बढ्न उहाँहरूले सुझाव दिनुभएको हो । यस अगाडिका स्थानीय तहका जनप्रतिनिधिलाई सुरुदेखि नै काम गर्न कानुनी, प्राविधिक, भौतिक र प्रशासनिक जटिलता रहे पनि अहिले सो जटिलता नभएकाले दीर्घकालीन महत्त्व राख्ने योजना तर्जुमा गरी कार्यान्वयन गर्न विज्ञहरूको राय आएको हो ।