• १७ असार २०८१, सोमबार

लाटोकोसेरोसहित दुई भारतीय पक्राउ

blog

साङ्केतिक तस्बिर

वीरगञ्ज, जेठ ९ गते । पर्सा प्रहरीको टोलीले लाटोकोसेरोसहित दुई भारतीयलाई पक्राउ गरेको छ  ।

पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैधरूपमा  लाटोकोसेरो नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी १ का ४२ वर्षीय मृतुन्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी–३ का ३५ वर्षीय शेख अनवर छन् ।

प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले लाटोकोसेरोलाई डिभिजन वन कार्यालयमा बुझाइएको जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई वन्यजन्तु सरंक्षण ऐनसम्बन्धी कसूर मुद्दाअन्तर्गत कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।