बजेट महिलामैत्री बनाउन माग गर्दै गृहमन्त्रीलाई कांग्रेस नेत्रीको ज्ञापनपत्र
काठमाडौँ, जेठ ११ गते। नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ नेतृत्वको पार्टीका केन्द्रीय सदस्यहरूको टोलीले आगामी वर्षको बजेट महिलामैत्री बनाउन माग गर्दै गृहमन्त्री बालकृष्ण खाणलाई ६ बुँदे ज्ञापनपत्र बुझाएको छ। गृह मन्त्रालयमा बुधबार टोलीको तर्फबाट कांग्रेस सहमहामन्त्री उपाध्यायले गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझाउनु भएको हो। ज्ञापनपत्रमा लैंगिक हिंसाका घटनामा दोषी देखिएकालाई कारबाहीका लागि रहेको विद्यमान कानुनी व्यवस्था र सजायसम्बन्धी प्रावधानमा थप कडाइ गर्नु पर्ने, नेपालको संविधानको धारा ३८ मा उल्लेखित महिलाको हक बमोजिम सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता, संविधानको धारा १२ बमोजिम आमाको नामबाट नागरिकता, समानता र समावेशिता, सामाजिक सुरक्षा र मूल्य वृद्धि र महंगीका विषय समेटिएका छन्।ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले महिला नेत्रीको टोलीले उठाएका मुद्दामा मन्त्रालय सकारात्मक रहेको बताउनुभयो। ‘तपाईहरूले उठाएका मुद्दामा मन्त्रालय सकारात्मक छ,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘गृह मन्त्रालयसँग सम्बन्धित विषयमा उठाएका विषय सम्बोधन गर्ने पहल थाल्छौँ।’टोलीमा नेपाली कांग्रेसका महिला केन्द्रीय सदस्य र सांसद सहभागी हुनुहुन्थ्यो।
अग्नी पीडितलाई २८ क्वीन्टल धान सहयोग
अविनाश चौधरीधनगढी, जेठ ११ गते । कैलालीका एक दम्पत्तीले कैलारी गाउँपालिका –७ विपतपुर मुक्त कमैया शिविरका अग्नी पीडित परिवारलाई २८ क्वीन्टल २१ किलो धान सहयोग गर्नुभएको छ । सोही वडाको रतनपुर गाउँका भरथनियाँदेवी चौधरी र भरतकुमार चौधरीले अग्नी पीडित परिवारलाई आफ्नो निजी धान सहयोग गर्नुभएको हो । गत वैशाख ११ गते भएको आगलागीबाट पूर्ण र आङ्शिक गरेर ७१ घरमा क्षति पुगेको थियो । पूर्ण क्षति भएका परिवारको खाद्यान्न, लत्ताकपडा सबै जलेर नष्ट भएको थियो । अग्नी पीडित परिवारलाई केही हद्सम्म राहत पुगोस भनेर आफ्नो कमाइबाट सकेजति सहयोग गरेको भरतकुमारले बताउनुभयो । उहाँले ५० किलो नुनसमेत सहयोग गरेको जानकारी दिनुभयो ।
आगामी निर्वाचनको तयारी गर्ने एमाले संसदीय दलको निष्कर्ष
नेकपा (एमाले) को बुधबारको संसदीय दलको बैठकले आगामी निर्वाचनको तयारी गर्ने निर्णय गरेको छ।
सयपत्रीको सुन्दरता
पाल्पाको रामपुर नगरपालिका–४, देविस्थानका युवा दिलबहादुर थापाको खेतमा ढकमक्क फुलेको सयपत्री फूल ।
नागरिक उड्डयन प्राधिकरणले एक वर्षका लागि विभिन्न छुट सुविधा दिने
नेपाल नागरिक उड्डयन प्राधिकरणले मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा नीतिगत रुपमै एक वर्षका लागि विभिन्न सुविधाहरु दिने निर्णय गरेको छ । विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले एक वर्षसम्म अवतरण शुल्क, सुरक्षा शुल्क, सञ्चार शुल्क र उड्डयन सेवा शुल्कहरुमा शतप्रतिशत छुट दिने निर्णय नागरिक उड्डयन प्राधिकरणले गरिसकेको जानकारी दिनुभयो ।
७५ अर्बभन्दा बढीको परियोजना स्वीकृत गरिसकेका छौँ : मन्त्री रेग्मी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले चालु आर्थिक वर्षमा समाज कल्याण परिषद्ले ७५ अर्बभन्दा बढीको परियोजना स्वीकृत गरिसकिएको बताउनुभएको छ ।
नदीजन्य पदार्थ उत्खननमा रोक
कैलालीको घोडाघोडी नगरपालिका–१० कान्द्रा नदीको पुल नजिकै सर्त विपरीत नदीजन्य पदार्थको उत्खनन् हुन थालेपछि नगरपालिकाले रोक लगाएको छ ।
चट्याङ् लागेर गुल्मीमा एक महिलाको मृत्यु
मङ्गलबार राति चट्याङ् लागेर गुल्मीको मदाने गाउँपालिकामा एक महिलाको ज्यान गएको छ ।
बसको ठक्करबाट एक युवकको मृत्यु
कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । गोरुसिङ्गे बनगाई सडक खण्डअन्तर्गत खारखानी वन क्षेत्रमा बुधवार बिहान भएको दुर्घटनामा कपिलवस्तु नगरपालिका ९ जगदीशपुरका अशोक चौधरीको मृत्यु भएको हो ।
अवैध सालको काठसहित दुईजना पक्राउ
जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध सालको काठसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
देशका छमध्ये काठमाडौं महानगरको मात्रै नतिजा आउन बाँकी
काठमाडाैं, जेठ ११ गते । वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनकाे मत परिणामअनुसार छ वटा महानगरमध्ये पाँचवटाकाे नतिजा सार्वजनिक भएकाे छ । सङ्घीय राजधानीकाे काठमाडाैं महानगरकाे मत परिणामबाहके सबै पाँचवटै महानगरकाे नतिजा सार्वजनिक भएकाे छ । साे नतिजामा सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस दुई, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)काे एक/एक वटा महानगरमा विजयी भएकाे हाे ।प्रदेश नं . १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइराला ३० हजार १७० मतसहित विजयी हुनुभयो । कोइरालाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४५५ म प्राप्त गर्नुभयो ।निर्वाचन आयोगका अनुसार सो महानगरकाे उपप्रमुखमा एमालेका शिल्पा कार्की २५ हजार ६८० मतसहित विजय हुनुभयो भने जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १४ हजार २१९ मत ल्याउनुभयो ।मधेश प्रदेश अन्तर्गत पर्साको वीरगञ्ज महानगर प्रमुखमा जसपाका राजेशमान सिंह ४६ हजार २१५ मतसहित विजयी हुनुभयो । सिंहका निकटतम प्रतिद्वन्द्वी एमालेका विजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गर्नुभयो । सो महानगरको उपप्रमुखमा कांग्रेसका इम्तियाज आलम ३० हजार ७८ मतसहित विजयी हुनुभयो । बागमती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन ४२ हजार ७२२ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत ल्याउनुभयो । महानगर उपप्रमुखमा एमालेकी मन्जली शाक्यले २५ हजार ८४ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले १८ हजार ५५२ मत प्राप्त गर्नुभयो ।चितवनको भरतपुर महानगर प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल ५२ हजार २८ मतसहित विजयी हुनुभयो । दाहालका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ३९ हजार ५८२ मत ल्याउनुभयो । उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी हुनुभयो । अधिकारीका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमला गुरुङले ३० हजार ६११ मत प्राप्त गर्नुभयो ।गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य ५८ हजार ८९३ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मत ल्याउनुभयो ।काठमाडौं महानगरपालिको भने मतगणना अझै जारी छ । काठमाडौं निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो मतपरिणाम अनुसार एक लाख ६६ हजार ३१३ मतगणना हुँदासम्म महानगरप्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५४ हजार २१३ मत ल्याउनुभएको छ । कांग्रेसका सिर्जना सिंहको ३४ हजार १८० र एमालेका केशव स्थापितको ३३ हजार ९०४ मत छ । काठमाडौं महानगरको ३२ वडामध्ये २७ वटा वडाको मतपरिणाम घोषणा भइसकेको छ भने अहिले वडा नं. १३, १४, १५, १६ र १७ गरी पाँच वटा वडाको मतगणना कार्य जारी छ । काठमाडौं महानगरको बिहीबार दिउँसोसम्ममा मतगणना सम्पन्न हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
भरतपुर महानगरको पहिलो निर्णय छोरी बीमा र निःशुल्क खानेपानी
भरतपुर महानगरपालिकामा दोस्रो पटक प्रमुखको पदभार ग्रहण गर्नुभएका रेनु दाहालले पहिलो निर्णयमा महानगरमा जन्मने छोरीको निःशुल्क जीवन वीमा र खानेपानी निशुल्क गर्ने निर्णय गर्नुभएको छ ।
बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु
पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका धरमपुर सडकखण्डमा बुधबार बिहान साढे ७ बजे यात्रुवाहक बसको ठक्करबाट प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ ।
प्राथमिकतामा स्वास्थ्य कार्यक्रम
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ । मङ्गलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यका महत्त्वपूर्ण कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
आमाको हत्याको आरोपमा छोरा पक्राउ
धरान उपमहानगरपालिकाको वडा नं १४ विजयपुरका २५ वर्षीय सौगात सुवेदीलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
सरकारको नीति तथा कार्यक्रम : डडेल्धुरामा मेडिकल कलेज बन्ने
सरकारले आधारभूतदेखि उच्च तहसम्मको पाठ्यक्रम, शिक्षण विधि, परीक्षण प्रणाली र भौतिक पूर्वाधार सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै पेस गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ । समाज र राष्ट्रको विकासमा योगदान पु¥याउने तथा समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक उत्पादन गर्ने शिक्षा प्रणालीको विकास गरिने सरकारको लक्ष्य छ ।
गौरवका आयोजना केन्द्रबाट मात्र
सरकारले आगामी आर्थिक वर्षदेखि राष्ट्रिय गौरव, रूपान्तरणकारी, रणनीतिक र ठूला आयोजना मात्र सङ्घीय सरकारमार्फत कार्यान्वयन गर्ने भएको छ । त्यसबाहेकका आयोजनाको निर्माण प्रदेश तथा स्थानीय तहमार्फत गरिने सरकारको आर्थिक वर्ष २०
सरकारको नीति तथा कार्यक्रम : समग्रमा सकारात्मक
राष्ट्रपति विद्यादेवी भण्डारीबाट मङ्गलबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरूले मिश्रित प्रतिक्रिया दिनुभएको छ । प्रस्तुत छ नेताहरूले दिएको प्रतिक्रिया : गठबन्धनको धारणाअनुसार
गोरखापत्र र त्रिवि केन्द्रीय पुस्तकालयबीच सम्झौता
गोरखापत्र संस्थानको पुस्तकालय स्तरोन्नति तथा व्यवस्थापन सहयोगका लागि संस्थान र त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयबीच मङ्गलबार सम्झौता भएको छ । गोरखापत्रले आफ्ना सबै प्रकाशनको डिजिटल अभिलेखीकरण गर्दैछ ।
अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण
काठमाडौं, जेठ १० गते। अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्ति मंगलबार पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ। मूर्ति फिर्ता गर्न पाउँदा नेपालस्थित अमेरिकी मिसनले खुशी व्यक्त गरेको छ। मिसन उपप्रमुख म्यानुएल मिकल्लेरले संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण गर्नुभएको हो । । अमेरिकाको डेन्वर म्युजिएमबाट फिर्ता भएको दशौं शताब्दीको उमामहेश्वर, शिकागो म्युजिएमबाट फिर्ता भएको छैटौं शताब्दीको चतुर्मुखी शिवलिङ्गसँगै नागराजा, पद्मपाणि, र शाक्यमुनि बुद्धका मूर्ति विभागलाई बुझाइएको हो। अमेरिकास्थित नेपाली दूतावासले अमेरिकी कम्पनी युपिएसको सहयोगमा कलाकृतिलाई नेपाल पठाएको हो। यसरी विदेश पुगेका मूर्ति आउनुलाई सम्पदा संरक्षणको महत्वपूर्ण कडीको रुपमा हेरिएको छ।
प्लास्टिक प्रदूषणका कारण नदीको मूल्य घट्यो : मन्त्री यादव
वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले हामीले पूजा गर्ने ठाउँ बाग्मती खोला सांस्कृतिक ठाउँ भए पनि प्लास्टिक प्रदूषणका कारण नदीको मूल्य घटेको बताउनु भएको छ ।
पैदलयात्रुलाई आवत जावतमा समस्या
राजन रावतहुुम्ला, जेठ १० गते । जिल्लाको मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिकाको दुुल्लीकुुना क्षेत्रमा पैदलयात्रुलाई आवत जावतमा समस्या भएको छ । कर्णाली करिडोरको सडक निर्माण कार्य भइरहेका कारण पैदल यात्रुुलाई हिड्डुलमा समस्या भएको हो । स्थानीय तह निर्वाचनमा खटिनुु भएका मालपोत कार्यालयका प्रमुख रबिन्द्र शाहीले दुुल्ली कुना क्षेत्रमा पैदल हिडडुुल गर्न समस्या हुनेगरेको बताउनुुभयो । चट्टानी भीरमा बिष्फोट भएर सडकमा खसेका ढुङ्गा पन्छाउने कार्य नभएका कारण पैदलयात्रुुलाई समस्या भएको उहाँको भनाई छ । कर्णाली नदी किनारामा ग्याविन लगाउने र बिष्फोट भएका ढुुङ्गा फाल्ने कार्य नभएसम्म पैदल यात्रुुहरुले सास्ती खेप्नुुपर्ने उहाँले बताउनुुभयो । अग्लो चट्टानी भीरमा सडकको लेबल मिलाउन अझै काम बाँकी रहेकाले पूरा नहुुन्जेलसम्म पैदल यात्रुुहरुले समस्या भोग्नुु पर्ने उहाँको बुझाई छ । उक्त खण्डमाथि भीर र तल कर्णाली नदी बगेकाले अन्यत्रबाट पैदलयात्रुु जाने बिकल्प नरहेको स्थानीयको भनाई छ । यस्तो असजिलो बाटोमा पैदल यात्रुुहरुले डराई डराई पन्ध्रदेखि बीस मिटरभन्दा बढी दूुरी पार गर्नुपर्ने अबस्था रहेको स्थानीयको गुनासो छ । दैनिक सयभन्दा बढी बटुवाहरु सो खण्ड हुुँदै आवत जावत गर्ने गर्छन् । सो बाटोबाट पशुु बस्तुलाई समेत लैजान सक्ने अबस्था नरहेको स्थानीयको भनाई छ । सडक निर्माणको जिम्मा लिई हिल्सा सिमकोट सडक आयोजनाले निर्माण कम्पनी पक्षलाई सडक निर्माण कार्यलाई तिब्रता दिएको छ ।
महानगरवासीलाई निराश हुन दिन्न: नवनिर्वाचित प्रमुख दाहाल
चितवन, जेठ १० गते । भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनः निर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताउनुभएको छ । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उहाँले महानगरवासीलाई निराश हुन नदिने बताउनुभएकाे हाे । स्थानीय तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उहाँले महानगरका अधुरा काम पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि जनताको भावना बुझेर काम गर्छु”, उहाँले भन्नुभयो,“स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतैतर्फ लाग्छु ।” पहिलो पटकको कार्यकालमा महानगरमा आफूले गरेको पहिलो निर्णय अहिले धेरै पालिकाले सुरु गरेकाले त्यो जनताबाट अनुमोदित भएको उहाँले बताउनुभयो । पहिलो पटक उहाँ निर्वाचित भएसँगै पहिलो निर्णय भरतपुर अस्पतालमा महिलाका लागि बहिरङ्ग सेवाको टिकट निःशुल्क गरिएको थियो । पाँचदलीय गठबन्धन शान्ति र प्रगतिको लागि भएकाले यो लामो समयसम्म जाने बताउँदै उहाँले यो भत्किहाल्ने, टुटिहाल्ने जस्तो केही पनि नहुने बताउनुभयो । निर्वाचन अघि सार्वजनिक गरेको प्रतिबद्धता अनुरुप नै आफू अबको पाँच वर्ष उही गतिमा काम गर्ने उहाँले दोहो¥याउनुभयो । उहाँले भन्नुभयो “महानगरभित्र पूरा गर्न बाँकी योजना, आयोजना यो कार्यकालभित्रै सम्पन्न गर्नेतर्फ विशेष ध्यान जान्छ ।” भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार केही काम अगाडि बढेपनि पूर्ण नभएकाले त्यसमा बढी ध्यान जाने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “भरतपुरमा मुख्य गरेर रोजगारीको समस्या विकराल बन्दै गएको छ । त्यसको समाधानतर्फ पनि विशेष ध्यान दिनेछु ।” शिक्षा, स्वास्थ्य, पूर्वाधार, विकास, फोहाेर तथा ढल व्यवस्थापनमा जोड दिने भन्दै उहाँले आफूले गरेको कामको अनुमोदन जनताले गरिदिएकोमा खुसी प्रकट गर्नुभयो । गठबन्धनभित्र चुनौती भए पनि गठबन्धनभित्रका दलले इमानदारी प्रकट गरेकाले जित भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “विपक्षीहरुले हराउनका लागि ठूलो योजना बुने तर पनि असफल भएका छन् । अब हामी मतदाताले दिएको जिम्मेवारी पूरा गर्नतर्फ लाग्छाैँ ।”
राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग
अर्थमन्त्री जनार्दन शर्मालाई पेसागत महासङ्घ नेपालका संयोजक प्रेमलकुमार खनाल, महासचिव रामप्रसाद रिमाल, सचिवालय सदस्य तथा एकीकृत सरकारी कर्मचारी सङ्गठनका अध्यक्ष मोहनकुमार घिमिरेसहितको टोलिले ज्ञापनपत्र बुझाउनुभएको छ ।