• १२ असार २०८१, बुधबार

प्लास्टिक प्रदूषणका कारण नदीको मूल्य घट्यो : मन्त्री यादव

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ १० गते । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले हामीले पूजा गर्ने ठाउँ बाग्मती खोला सांस्कृतिक ठाउँ भए पनि प्लास्टिक प्रदूषणका कारण नदीको मूल्य घटेको बताउनु भएको छ । यो समस्या समाधान गर्नका लागि नीतिहरूको कडा कार्यान्वयन हुन आवश्यक छ भन्दै उहाँले भन्नुभयो, ‘‘आधारभूत तहका मानिसलाई जानकारी दिनुपर्छ, सङ्कलन प्रक्रिया अघि र पछि गल्ने र नगल्ने फोहोर छुट्टयाउन सिकाउनुपर्छ ।’’

उहाँले वन तथा वातावरण मन्त्री भएको जिम्मेवारीले पनि नेपालका नदीहरूमा प्लास्टिक प्रदूषण रोक्न पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । ‘प्रिभेन्टिङ प्लाष्टिक इन नेपाल रिभर्स बाई बुस्टिङ् द इनफरमल सेक्टर’ प्रोजेक्ट सुरु गर्ने घोषणा कार्यक्रममा मन्त्री यादवले यस्तो विचार व्यक्त गर्नुभएको हो । 

क्रिएसन नेपाल, ग्रिड एरेन्डेल, डोको रिसायक्लर्स, इन्टरनेशनल सोलिड वेस्ट एसोसिएसन (इस्वा) र नर्वेजियन जियोटेक्निकल इन्स्टिच्युट (एनजीआई) ले नर्वेजियन रिटेलर्स फण्डको सहयोगमा सो कार्यक्रम सुरु गरिएको हो । कार्यक्रममा नेपालका लागि नर्वेजियन राजदूत तोरण द्रमदल, क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्राको उपस्थिति थियो ।