• २ असार २०८१, आइतबार

घोडाघोडीका प्रमुखको निर्णय : सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने

blog

तस्बिर : पदभार ग्रहणपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै प्रमुख रावत ।

चाँदनी आचार्य
घोडाघोडी, (कैलाली) जेठ ९ गते ।
कैलालीको घोडाघोडी नगरपालिकामा अव्यवस्थित बसोवासी, सुकुम्बासी दलित, भूमिहीनलाई निर्धारित समयमै लालपुर्जा वितरण गरिने भएको छ ।

नगरपालिकाको दोस्रो कार्यकालका लागि निर्वाचित हुनभएका नगर प्रमुख खडक रावतले सोमबार पदभार ग्रहण गर्दै लालपुर्जा वितरणका लागि चालु आर्थिक वर्षमै काम अगाडि बढाउने बताउनुभयो ।

उहाँले सुकुम्बासी, अव्यवस्थित बसोबास र भूमिहीनहरुका लागि चालु आर्थिक वर्षदेखि नै जग्गाको लगत सङ्कलन  र नापजाँच शुरु गरी निर्धारित समयमै लालपुर्जा वितरण गरिने पहिलो निर्णय गरेको जानकारी दिनुभयो ।

सोमबार पदभार ग्रहणपछि प्रमुख रावतले गठबन्धनका राजनीतिक दल, बुद्धिजीवीहरुको परामर्श सरसल्लाहबाट आफू घोडाघोडीको समग्र विकासका लागि अगाडि बढ्ने बताउनुभयो । पहिलो कार्यकालमा पूरा हुन नसकेका नगरका योजनालाई आफ्नो कार्यकालमा पूरा गर्नेसमेत उहाँले बताउनुभयो । सोमबार नवनिर्वाचित प्रमुख रावतले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।