• ५ जेठ २०८१, शनिबार

ओखलढुङ्गामा सिद्धिचरणको स्मरण

blog

शेरबहादुर राई
ओखलढुङ्गा, जेठ ९ गते ।
ओखलढुङ्गामा युगकवि सिद्धिचरण श्रेष्ठको १११ औं जन्मजयन्ती मनाइएको छ । युगकवि सिद्धिचरण श्रेष्ठ जन्मिनुभएको ओखलढुङ्गामा सोमबार विविध कार्यक्रम गरी जन्मजयन्ती मनाइएको हो ।

सिद्धिचरण नगरपालिका–१२ मा रहेको श्रेष्ठको शालिकमा माल्यार्पण गरियो । ओखलढुङ्गा साहित्य प्रतिष्ठान र सिद्धिचरण सङ्ग्रहालय समितिको संयुक्त आयोजनामा सिर्जना वाचन गरिएको सिद्धिचरण सङ्ग्रहालयका सचिव ध्रुव राजभण्डारीले जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा स्रष्टाहरुले कविता, गजल वाचन गर्नुभएको राजभण्डारीको भनाइ छ ।

राणाविरोधी आन्दोलनमा कलमको माध्यमबाट युगकवि श्रेष्ठले पु¥याउनु भएको योगदानको कार्यक्रममा स्मरण गरिएको थियो । श्रेष्ठले लेख्नुभएको ‘मेरो प्यारो ओखलढुङ्गा’ शीर्षकको कविताले ओखलढुङ्गा जिल्लालाई थप चर्चित बनाएको छ ।

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल, उपप्रमुख केदारबाबु बस्नेत, पूर्व प्रमुख मोहनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गलगायत विभिन्न कार्यालयका प्रमुख, प्रतिनिधि र आधा दर्जन साहित्यकार, कविहरुको सहभागिता थियो ।

यसैबीच युगकवि श्रेष्ठको १११ औं जन्मजयन्तीको अवसरमा ओखलढुङ्गा फाउण्डेशनले सिद्धिचरण पार्क र स्रष्टा पार्कमा सरसफाइ गरेको फाउण्डेशनका उपाध्यक्ष प्रवीण शाक्यले बताउनुभयो ।