• १७ असार २०८१, सोमबार

राष्ट्रपतिद्वारा मङ्गलबार सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन हुने

blog

काठमाडौं, जेठ ९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले सो जानकारी दिनुभएको हो ।

राष्ट्रपतिद्वारा नेपाल सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम संयुक्त सदनलाई सम्बोधन गर्नुहुनेछ । राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्नुभएपछि संसद्को दोस्रो बैठक पुनः साँझ ६ बजे बस्ने कार्यसूची छ ।

सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिद्वारा गरिएको सम्बोधनको प्रति सदनमा टेबल गर्नु हुनेछ । संयुक्त सदनलाई सम्बोधन गर्नुभएकोमा राष्ट्रपतिप्रति हार्दिक धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको जानकारी पनि महासचिव डा गौतमले दिनुभयो ।