एसिडपीडितको निःशुल्क उपचार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एसिड आक्रमणमा परेका व्यक्तिको उपचार उपत्यकाका चार अस्पतालबाट निःशुल्क उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मन्त्रालयले आकस्मिक उपचारपछि थप उपचारका लागि उपत्यकाका चार अस्पतालबाट एसिड आक्रमणमा परेका व्यक्तिको निःशुल्क उपचार व्यवस्था गरिएको बताउनुभयो । एसिड आक्रमणमा परेका पीडितको उपचारसम्बन्धी कार्यविधिअनुसार एसिड आक्रमणमा परेका व्यक्तिको उपचार निःशुल्क गरिने व्यवस्था गरिएको छ ।
काठमाडौँकै उम्मेदवारले बुझाएनन् खर्च विवरण
देशको सङ्घीय राजधानी काठमाडौँभित्रै निर्वाचन आयोगको केन्द्रीय कार्यालय छ। जिल्ला निर्वाचन कार्यालय पनि काठमाडौँको रिङरोडभित्रै छन्। यद्यपि स्थानीय तह निर्वाचनमा काठमाडौँ जिल्लाका विभिन्न पालिकाबाट चुनावमा स्पर्धा गरेका उम्मेदवारको पहुँच भने निर्वाचन कार्यालयसम्म भएको देखिँदैन। निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था छ। तर स्थानीय निर्वाचन–२०७९ मा काठमाडौँ जिल्लाबाट कुल तीन हजार ३१० जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये करिब दुई हजार १५० जना पराजित उम्मेदवारले निर्वाचन खर्च अझै पनि बुझाएका छैनन्।
१७७ मुलुकसँग दौत्य सम्बन्ध
विश्वका १९५ मुलुकमध्ये १७७ मुलुकसँग नेपालको दौत्य सम्बन्ध कायम भएको छ तर त्यो दौत्य सम्बन्धको मियोका रूपमा काम गर्ने दूतावासको विस्तार, तिनको सक्रियता र प्रभावकारिता भने कमजोर देखिएको छ।
नेता कोइरालालाई कोरोना सङ्क्रमण
काठमाडौं, साउन १४ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई कोरोना भाइरस सङ्क्रमण भएको छ। शनिबार बिहान परीक्षण गर्दा कोइरालामा सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिनुभयो। उहाँका अनुसार नेता कोइरालालाई आज बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र वान्ता भएको थियो। अहिले नेता कोइरालाको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालको आइसोलेशनमा भइरहेको छ।
पोखरीमा डुबेर दुईको मृत्यु
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।
इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकार बुढाथोकीलाई
नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको छ । अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा कर छली गरेको विषयलाई पत्रकारिताको माध्यमबाट सूचना सम्पे्रषण गरी राज्यलाई सात अर्ब रुपियाँ राजस्व असुल गर्न सहयोगी भूमिका निर्वाह गर्नुभएको भन्दै पत्रकार बुढाथोकीलाई सो सम्मान प्रदान गरिएको हो ।
सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार
दार्चुलाको लेकम गाउँपालिकाबाट एक जना सुत्केरी महिला र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । लेकम गाउँपालिका –२ गराडी भाटाइजर बस्ने ३० वर्षिया काली सार्कीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
साताका सात तस्बिर
दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नम्बर ४ राउटे चौरमा राउटे समुदायको बस्ती।
अठार हजार बढी सवारीसाधन कारबाहीमा
एक वर्षको अबधिमा पाल्पामा १८ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । गत आर्थिक वर्ष २०७८–७९ मा १८ हजार चार सय ६६ सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
नेपालले असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक पालना गर्दै आएको छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्या भण्डारीले अहस्तक्षेप र अनाक्रमणको नीतिमा मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना एवम् विकासमा योगदान गर्दछ भन्ने नेपालको सुस्पष्ट दृष्टिकोण रहेको बताउनुभएको छ ।
फोहोरभित्रको गिरोहले फोहोरमैलाको व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गर्नुभएको छ ।
रोकिएन महोत्तरीमा अवैध उत्खन्न
गौशाला नगरपालिकाले नगर क्षेत्र भित्रका नदिहरुमा हुने अवैध उत्खन्न रोक्न कडाई गरे पनि उत्खन्न कार्य भने अझै रोकिएको छैन ।
राप्तीनदीमा ५५० मिटर लामो पुल निर्माण
राप्ती नदीको मदुवा घाटमा पक्की पुलको निर्माण पुरा भएको छ । पुल निर्माणसँगै उक्त क्षेत्रका जनतालाई आवागमनमा सहज बनेको छ ।
लायन्स क्लब ब्राभो र ओखलढुंगाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
लायन्स क्लब अफ ब्राभो तथा लायन्स क्लब अफ पोकली वाटरफलले संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।
मुलुकको विकास गर्न समर्पण आवश्यक
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिक स्थायित्व दिएर अबको दस वर्षमा मुलुकलाई सबैका लागि आकर्षणकोे केन्द्रबिन्दु बनाउन सकिने बताउनुभएको छ । मुलुकको हरेक क्षेत्रले विकासको प्रचुर सम्भावना बोकेको चर्चा गर्दै उहाँले मुलुकको विकासका लागि आआफ्नो ठाउँबाट समर्पण र इमानदारिताका साथ लाग्न सबैसँग आग्रह गर्नुभयो ।
‘एसपीपीबारे अमेरिकालाई पत्राचार भइसक्यो’
परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुनेसम्बन्धी मन्त्रिपरिषद्को निर्णयको जानकारी कूटनीतिक रूपमा पत्राचार भइसकेको बताउनुभएको छ। प्रतिनिधि सभामा विशेष समय लिएर मन्त्री डा. खड्काले साउन ९ गते नै पत्राचार भइसकेको जानकारी दिनुभयो। प्रतिनिधि सभामा पटक–पटक पत्राचार नभएकोबारे सरकारको ध्यानाकर्षण गराइएपछि सभामुख अग्निप्रसाद सापकोटाले पत्राचारको जानकारी दिन साउन ५ गते रुलिङ गर्नुभएको थियो।
धरानको खानेपानी समस्या समाधान गर्ने शहरी विकासमन्त्रीको प्रतिवद्धता
शहरी विकासमन्त्री मेटमणी चौधरीले धरान उपमहानगरपालिकाको भ्रमणको क्रममा धरानको मुख्य समस्या खानेपानीको समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
विपद् सूचना प्रवाह गर्न वडामा सञ्चार सेट
तुलसीपुर उपमहानगरपालिकाले विपद् प्रतिकार्य योजनाअन्तर्गत प्रत्येक वडामा सञ्चार सेट (वाकीटकी) वितरण गर्नेभएको छ । विपद्को समयमा इन्टरनेट अवरुद्ध भई सुरक्षा टोलीसँग सूचना समन्वय गर्नका लागि सञ्चार सेट वितरण गर्न लागिएको हो ।
नेपालको परराष्ट्र नीतिमा शंका गर्ने ठाउँ छ : डा. केसी
अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ प्राध्यापक डा. खड्ग केसीले अमेरिकी स्टेट पार्टनरसिप प्रेग्राम (एसपीपी) का कारण नेपालको असंलग्न परराष्ट्र नीतिमा शंका गर्ने ठाउँ धेरै भएको बताउनुभएको छ । ललितपुरमा आयोजित बदलिँदो भूराजनीतिक अवस्था विषयक कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
उच्चस्तरको आर्थिक संलग्नताको अपेक्षा
प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । शुक्रबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर लूले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
मङ्कीपक्स भित्रिन नदिन सरकारले थाल्यो तयारी
प्रायः मध्य तथा पश्चिम अफ्रिकी देशहरुमा मात्र हुनेगरेको मङ्कीपक्स हाल यसको प्रकोप विश्वका धेरै देशमा दु्रत गतिले फैलिरहेको छ । सन् २०२२ मे १३ पछि यो संक्रमण अन्य देशहरुमा फैलियो । विभिन्न देशमा जनस्वास्थ्यको जोखिम बढ्दै गएपछि साउन ७ गते विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्सलाई जनस्वास्थ्य आपतकाल घोषणा गर्यो ।
अदालतको आदेशपछि मेडिकल कलेज निर्माण ठप्प
महोत्तरी जिल्लाको बर्दिबासमा सरकारले निर्माण गर्ने बहुप्रतीक्षित मेडिकल कलेज निर्माणको कार्य सर्वोच्च अदालतको आदेशले ठप्प भएको छ । बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका प्रमुख देवीप्रसाद सुवेदीले अहिलेसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्नेमा अदालतको आदेशको कारणले निर्माण कार्य ठप्प रहेको जानकारी दिनुभयो ।
बाघ संरक्षणमा नेपाल सफल देशका रुपमा स्थापित : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वका १३ देशले गरेको प्रतिबद्धताअनुसार नेपालले बाघको सङ्ख्या दोब्बर बनाउन सफल भएको र बाघ संरक्षणमा नेपाल सफल देशका रुपमा स्थापित भएको बताउनु भएको छ ।
सरकारले एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठायो
सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई गत साउन ९ गते नै दिएको बताएको छ ।