अब लाखौँ नेपालीले नागरिकता पाउने
सङ्घीय संसद्का दुवै सदनबाट नागरिकता विधेयक पारित भएपछि लामो समयदेखि विभिन्न कारणले नागरिकता पाउन नसकेका लाखौँ नेपालीले नागरिकता पाउने बाटो खुलेको छ ।
सहकारीले पैसा लिएर भागेपछि बचतकर्ताको बिचल्ली
सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपियाँ बढी रकम लिएर फरार भएपछि बचतकर्ताहरुको विचल्ली भएको छ ।
एक हजार चोरेको आरोपमा पत्नीको हत्या
रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा रु. एक हजार चोरेको आरोपमा एकजनाले पत्नीको हत्या गरेका छन् ।
गृहमन्त्री खाण र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ ।
महिला प्रतिनिधित्व बढाउनुपर्छ
सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा महिला प्रतिनिधित्व बढाउन राजनीतिक दलहरू नै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । उहाँले राजनीतिक दलहरूको पहलबिना उल्लेखनीय उपलब्धि हासिल हुन नसक्ने हुँदा दलहरूको प्रतिबद्धतामा जोड दिनुभयो ।
बाघको विचरण क्षेत्र विस्तार गर्न आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार, बाघका लागि आवश्यक आहारा हुने वन्यजन्तुको सङ्ख्यामा वृद्धिलगायतका विषयमा सम्बद्ध पक्षले ध्यान पु-याउनुपर्ने बताउनुभएको छ।
जनार्दन शर्मामाथि छानबिन : ‘प्रमाण भेटिएन’ एमालेको फरक मत
वार्षिक बजेट तर्जुमा गर्दा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गरिरहेको संसदीय विशेष समितिले प्रमाण फेला नपरेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ । बुधबार र बिहीबार दुई दिनसम्म प्रतिवेदनका अन्तर्वस्तुमा छलफल गरेर समितिले प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन शुक्रबार सभामुखलाई बुझाउने तयारी समितिको छ । प्रतिवेदनका निष्कर्षका कतिपय विषयमा सत्तापक्ष र प्रतिपक्ष विभाजित भएका छन् ।
भृकुटीमण्डपको आगलागीमा शङ्कास्पद गतिविधि : प्रतिवेदन
काठमाडौँको भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदामघरमा गत असार २९ गते आगलागी हुनुमा केही शङ्कास्पद गतिविधि भएको छानबिनको क्रममा पाइएको छ। आगलागीसम्बन्धी छानबिन गर्न गठित समितिले सो समयमा भएका शङ्कास्पद गतिविधि देखिएको उल्लेख गर्दै बिहीबार परिषद्समक्ष प्रतिवेदन बुझाएको छ।
भ्रमण भिसाको दुरुपयोग बढ्यो
नेपालीहरुका लागि बैदेशिक रोजगारीको आकर्षक गन्तव्य दुबई लगायतका खाडी मुलुक हो । दुबईमा मात्र अहिले भ्रमण भिसामा करिब १० हजार नेपाली छन् । भ्रमण भिसाको दुरुपयोग बढेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका सूचना अधिकारी (एसपी) दानबहादुर मल्लले बताउनुभयो । विदेश जानेहरु त्यसमा चनाखो हुनुपर्ने उहाँको सुझाव छ ।
चिकित्सक र नर्स कोठामा थुनिए
उपचारमा लापरवाही भएर बालकको मृत्यु भएको भन्दै विरामीका आफन्तले भरतपुर अस्पतालका चिकित्सक र नर्सलाई कोठामा थुनेका छन् । भरतपुर महानगरपालिका १५ पार्वतीपुरका शोभा लम्साल र राम लम्सालको ३ महिने छोराले दुध खान नमानेपछि आज विहीबार विहान ९ः३० बजे उपचार गर्न अस्पताल ल्याउनुभएको थियो ।
चितुवाको छालासहित दुई पक्राउ
कञ्चनपुरमा चितुवाको छालासहित दुई जनालाई पक्राउ गरिएको छ । कृष्णपुर नगरपालिका –३ देखतभुलिबाट डडेल्धुराको अमरगढी नगरपालिका ३ काँडेघर भएका ४० वर्षिया मालती मल्ल सेठी र वडा २ जोसिनाका २९ बर्षिय मोहन साकी चितुवाको छालासहित पक्राउ परेका हुन् ।
'आयोजना घोषणा गर्दा कार्यान्वयनको ढाँचा स्पष्ट भएन'
राष्ट्रिय सरोकार तथा समन्वय समितिको अध्ययन प्रतिवेदनले पूर्व तयारी बिना राष्ट्रिय गौरवका आयोजना घोषणा गर्दा कार्यान्वयनको ढाँचा स्पष्ट नभएको देखाएको छ ।
कोभिड महामारी पूर्णरुपमा नियन्त्रण गर्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारीलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभएको छ । केही समय मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताउनुभयो ।
नदी कटान बढ्दो, गलेश्वर क्षेत्रका धार्मिक स्थल जोखिममा
कालिगण्डकी र रघुगंगा नदीको संगमस्थलमा रहेका धार्मिकस्थल नदी कटानका कारण जोखिममा परेका छन् । मुक्तिनाथ मन्दिरको प्रवेशद्धारका रुपमा रहेका गलेश्वर क्षेत्रमा पर्ने गायत्री मन्दिर र राममन्दिर नदी कटानको उच्च जोखिममा परेका हुन । वर्षेनी नदीमा आउने वाढीका कारण मन्दिर परिसर कटान हुँदै जान थालेको छ ।
इराकको बग्दादमा प्रदर्शनकारी संसद् भवनमा प्रवेश
इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन्।
फोहोर व्यवस्थापनमा नयाँ रणनीति आवश्यक
सहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर व्यवस्थापनका लागि नयाँ ठाउँ खोज्नुभन्दा त्यसबाट बिजुली, ग्यास र मल बनाउन नयाँ रणनीति तयार गर्नुपर्ने बताउनुभएको छ। उहाँले फोहोर व्यवस्थापनको नाममा मुलुकभरि नयाँ सिसडोल र बन्चरेडाँडा निर्माण गर्न नसकिने स्पष्ट पार्नुभयो।
इम्बोस्ड नम्बर प्लेटबारे अध्ययन गर्न समिति
इम्बोस्ड नम्बर प्लेट र सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रणालीलाई सहज बनाउन अध्ययन समितिमार्फत काम हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहसचिव चूडाराज ढकालको संयोजकत्वमा समिति बनाएर काम अघि बढाएको छ ।
सत्तापक्षकै सांसदद्वारा संशोधन दर्ता
सङ्घीय संसद्को राष्ट्रिय सभामा नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सत्तापक्षकै सांसदहरूको संशोधन दर्ता भएको छ । वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न सात वर्षको समयसीमा राख्नुपर्ने गरी संशोधन दर्ता गरिएको छ । प्रतिपक्षी दल नेकपा एमाले, सत्तापक्षको एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका सांसदले सात वर्षको समय तोकेर संशोधन दर्ता गराएका छन् । नेकपा (माओवादी केन्द्र)का सांसद खिमलाल देवकोटाले उक्त प्रावधानमा पाँच वर्षको समय हुनुपर्ने गरी संशोधन दर्ता गराउनुभएको छ ।
म्याद सकिन लाग्दा १८.४४ प्रतिशत मात्र काम
पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्ड विस्तार कार्य सम्पन्न हुने समयमा जम्मा भौतिक प्रगति १८.४४ प्रतिशत मात्र काम भएको छ । आयोजना विस्तारको अन्तिम म्याद साउन २२ गतेसम्म रहेको छ । यसैबीच प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समिति आयोजना सम्पन्न हुने समयमा समेत भौतिक प्रगति न्यून र निराशाजनक रहेकोमा आपत्ति जनाउँदै आयोजनाको ठेक्का नै रद्द गर्नुपर्ने निष्कर्षमा पुगेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठक सो निष्कर्षमा पुगेको हो ।
दलीय उम्मेदवारले पनि हालेनन् आफैँलाई मत
स्थानीय निर्वाचन २०७९ मा पालिका प्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले आफैँले समेत मत नहालेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन परिणामबमोजिम राष्ट्रिय जनता पार्टी, नेपालले एक पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएकोमा उम्मेदवार आफैँले समेत मत नहालेको पाइएको छ । उक्त दलले प्रमुख पदमा कुनै मत पाएको छैन । अध्यक्ष पदमा दुई जनाले उम्मेदवारी दिएकामा दुवैले आठ मत ल्याएका छन् ।
प्रयोगविहीन बसपार्क, उस्तै विमानस्थल
बागलुङ नगरपालिकाले आधुनिक बसपार्क बनाउँदा लिएको ऋणको वार्षिक रु एक करोड २७ लाख सावाब्याज नगर विकास कोषलाई तिर्नुपर्छ । ५.५ प्रतिशत ब्याजमा २० वर्षभित्र असुल गर्नेगरी कोषले विसं. २०७४ मा रु नौ करोड चार लाख ३९ हजार ऋण नगरपालिकालाई दिएको थियो ।
नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि
मङ्गलबार उच्च अङ्कले गिरावट भएको नेप्से परिसूचक बुधबार अन्तिम समयमा वृद्धि भएर कारोबार बन्द भएको छ । आज नेप्से सूचक २३.८३ अङ्कले बढेर २१११.९९ बिन्दुमा पुगेको छ ।
ग्रामीण सडक अवरुद्ध हुँदा स्थानीयलाई सास्ती
निरन्तरको वर्षाका कारण दार्चुलाका ग्रामीण सडक अवरुद्ध भएका छन् । ग्रामीण सडकमा पहिरो खसेर, भासिएर तथा भत्किएर अवरुद्ध भएपछि स्थानीयहरु सास्ती भोग्न बाध्य भएका हुन् । महाकाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खसेर दैनिक यातायात सेवा प्रभावित हुनेगरेको छ । ग्रामीण सडकमा यातायातका साधनहरु चल्नै छाडेको यातायात व्यवसायी गणेश धामीले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीद्वारा करिब साढे दुई करोडको अवैध सामान बरामद
यहाँस्थित नेपाल–भारत नाकामा अवैध चोरी पैठारी र निकासी रोक्न सक्रिय रहेको सशस्त्र प्रहरीले ६ महिना अवधीमा करिब साढे दुई करोडको अवैध सामान नियन्त्रणमा लिएको छ । भन्सार राजस्व छलेर ठूलो परिमाणमा मालसामानको अवैध आयात निर्यात भैरहेको नेपालगञ्ज र सो वपिरिका नाकाबाट तस्करले भित्र्याउन खोजेको २ करोड ४१ लाख ६५ हजार ९१६ रुपियाँ बराबरमा अवैध सामान ६ महिनाको अवधीमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ ।