टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु
बेलिना थापा लमजुङ, जेठ १५ गते। लमजुङको मध्यनेपाल नगरपालिका ७ कोइलिनेमा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। कल्याङबेंसीबाट रामबजारतर्फ आउँदै गरेको बा ४ ख ७७८१ नम्बरको टिपर कोइलिनेमा दुर्घटना भएको प्रहरीले जनाएको छ। आइतबार दिउँसो अन्दाजी ३ बजेतिर दुर्घटना हुँदा चार पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार टिपर सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो। मृत्यु हुने मध्यपहाडी लोकमार्गमा कार्यरत कामदार छन्। मृत्यु हुनेमा चालक धादिङको गजुरी नगरपालिका ६ का २६ वर्षीय आकाश घिमिरे छन्। टिपरले च्यापिएका अन्य तीन जनाको सनाखत हुनसकेको छैन।
भूमिहीन र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्ने तयारी
राष्ट्रिय भूमि आयोग पाल्पाले सुकुमवासी, दलित, भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्न काम अगाडि बढाएको छ ।
पाँच कैदीबन्दी जेलमुक्त
ओखलढुङ्गामा पाँच जना कैदीबन्दी जेलमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा आइतबार पाँच कैदीबन्दी जेलमुक्त भएका हुन् ।
बजेट भाषणको ब्रिफकेस बोकेर अर्थमन्त्री शर्मा संसद् भवनमा
आइतबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुतिका लागि अर्थमन्त्री जनार्दन शर्मा संघीय संसद् भवनमा प्रवेश गर्नुभएको छ।
सङ्घीय संसद्को संयुक्त बैठकमा ४ बजे बजेट भाषण
आइतबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदैछ।सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्न लाग्नुभएको हो।
बागलुङ नगरपालिकामा नयाँ सडक खन्न निषेध
बागलुङ नगरपालिकामा बागलुङमा नवनिर्वाचित जनप्रतिनिधिले नगर क्षेत्रको कुनै पनि स्थानमा नयाँ सडक विस्तार गर्न कामलाई निषेध गरेका छन् ।
हराएकाे विमान खोजीका लागि नेपाली सेनाको हेलिकोप्टर सम्भावित क्षेत्रमा
पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य जारी छ । जहाज खोजीका लागि दुर्घटना आशङ्का रहेको क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टर पोखराबाट मुस्ताङतर्फ उडेको छ ।
घोडाघोडीमा असुरक्षा बढ्दै, स्थानीयद्वारा सुरक्षा माग
चाँदनी आचार्यघोडाघोडी (कैलाली), जेठ १५ गते । जैविक विविधताले महत्वपूर्ण विश्व सिमसार क्षेत्र घोडाघोडी तालमा दिन प्रतिदिन असुरक्षा बढ्दैगएको भन्दै स्थानीयले सरकारसँग सुरक्षा व्यवस्था माग गरेका छन् । करिब २७ सय हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी ताल वरपर सामुदायिक वन छ । पर्यटकीय क्षेत्रको रुपमा परिचित घोडाघोडी तालमा दिनप्रतिदिन घुम्न आउनेको संख्या बढेसँगै उक्त क्षेत्रमा दिउँसै लुटपातका घटना हुन थालेपछि सुरक्षा चुनौति बढ्दैगएको स्थानीयको भनाई छ । घोडाघोडी सामुदायिक वनका अध्यक्ष दिपक शाहले महेन्द्र राजमार्गसँग जोडिएको घोडाघोडी ताल धार्मिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्रमा हिजोआज मदिराजन्य पदार्थ विक्रिवितरण हुन थालेपछि विकृति बढ्दैगएको बताउनुभयो । धार्मिक क्षेत्रमा खुलेआम मदिरा विक्री वितरण हुँदा कसैको ध्यान नगएको उहाँले बताउनुभयो । घोडाघोडी हिजोआज लागुपदार्थ दुव्र्यशनको अखडा बन्दैगएको समेत स्थानीयले बताएका छन् । स्थानीय मैना ढकालले लागुपदार्थ सेवन गर्ने र दिनभर ताल वरपर बरालिने यु्वाबाट नै घोडाघोडीमा घुम्न आउनेहरुको मोवाईल गरगहना लुटपात हुनेगरेको बताउनुभयो । विश्व रामसार सूचीमा सूचीकृत भएर सन् २००३ देखि विश्व सिमसार क्षेत्रको रुपमा घोडाघोडी तालको पहिचान हुदै आएपनि यस क्षेत्रको सुरक्षालगायत संरक्षणको क्षेत्रमा सरकारले खासै चासो दिन नसकेको स्थानीयको आरोप छ । तालको मुख्य द्वारमा विकासका केही काम भएजस्तो देखिए पनि तालको क्षेत्रफल साँघुरै जानु, तालमा पानी सुक्दै जानु, ताल पुरिदै जानुले जैविक विविधता संकटमा पर्ने सम्भावना रहेको विज्ञहरु बताउँछन् ।घोडाघोडीमा ईको टेल रिर्सोट सञ्चालक तथा पर्यटन व्यवसायी डबल शाहले घोडाघोडीमा बढ्दैगएको असुरक्षाका कारण एक पटक घुम्न आएको मानिस अर्को पटक घुम्न आउने बातावरण नबनेको बताउनुभयो । विगतदेखि नै असुरक्षा बढ्दैगएको भन्दै स्थानीयले घोडाघोडीमा प्रहरी विटको माग गर्दै आएकाछन् । ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले घोडाघोडीमा सुरक्षा व्यवस्था खाँचो रहेको बताउँदै स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘म आएको एक बर्ष पनि भएको छैन, यहाँ लागु पदार्थका ५१ वटा मुद्दा दर्ता भएका छन् । घोडाघोडीमा लुटपात मच्चाउने पनि तिनैमध्ये पर्छन् । वाबुआमा नभएका, निम्नबर्गीय परिवारका भर्खरका केटाहरु बढी घटनामा संलग्न छन् ।’
गुणस्तरीय बीउ समयमै उपलब्ध गराउन किसिनको माग
बाँके जिल्लाका किसानहरूले गुणस्तरीय बीउबिजन समयमै उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
पाँच वर्षको सम्पूर्ण तलब/भत्ता सामाजिक कार्यमा
जिल्लाको बागचौर नगरपालिकाको निवर्तमान नगरप्रमुख लोकमान बुढाथोकीले आफूले सेवा, सुविधा (तलब/भत्ता) बापत प्राप्त हुने सम्पूर्ण रकम व्यक्तिगत रूपमा नलिएर सामाजिक कार्यमा खर्च गर्नुभएको छ ।
ध्वनि प्रदूषण गर्ने प्रेसर हर्न निकाल्ने अभियान
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले ध्वनि प्रदूषण गरेर प्रेसर हर्न बजाउने सवारी साधनको हर्न निकाल्न सुरु गरिएको छ ।
बेपत्ता विमान खोजीमा पोखराबाट सेनाको हेलिकोप्टर जाँदै
पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते भन्ने स्थानमा ठोक्किएको आशङ्का गरिएको छ । यसको औपचारिक पुष्टि भने हुन सकेको छैन । स्थानीय नरसिंह शेरचनले लेते र घासा क्षेत्रको बीचबाट आवाज भएको भन्ने जानकारी दिनुभयो ।
लेतेमाथिको पहाडमा ठूलो आवाज आयो : स्थानीयवासी
‘‘ठूलो आवाज आएको स्थानीयवासीहरुले बताएका छन् ।,’’ म्याग्दीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले भन्नुभयो’ ‘‘आवाज आएको स्थानसम्म पुग्न लेतेबाट करिब १० घण्टा लाग्छ ।’’
कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र अनलाइनबाटै
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।
हिमाल चढ्नेको तथ्याङ्क नै छैन
यस वर्ष हिमाल आरोहण गर्नेको तथ्याङ्क यकिन हुन सकेको छैन । सगरमाथालगायत विभिन्न २७ वटा हिमाल आरोहणका लागि ९८६ जनाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये कतिपय त आरोहणपछि आफ्नो मुलुकमा समेत फर्किइसकेका छन् तर पनि तिनको यकिन सङ्ख्या आएको छैन ।
तारा एयरको सम्पर्कविहीन विमान खोजीकार्य तीव्र बनाउन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा इको ट्यांगो कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
अझै केही दिन वर्षाको सम्भावना
अझै केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा तीन वटा मौसमी प्रणालीको प्रभाव रहेको छ ।
तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएकाे आशङ्का [यात्रुको विवरणसहित]
पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्कियो छ । ६ विदेशी १३ जना नेपाली सहित १९ जना लिएर उडेको जहाज लेतेमा ठोक्किएको छ ।
जनप्रतिनिधिलाई तालिम दिँदै सरकार
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका नवनिर्वाचित पदाधिकारीलार्ई तालिम प्रदान गर्नेभएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका प्रमुख र उप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई स्थानीय सरकार सञ्चालन र स्थानीय विकाससम्बन्धी दुईदिनसम्म तालिम प्रदान गर्न लागिएको हो ।
शिविरमा आठ सय जनाकाे निःशुल्क उपचार
मुगुको जिल्ला अस्पतालमा आयोजना भएको दुई दिने मुटु रोग सम्बन्धि स्वास्थ्य शिविरमा आठ सय जनाले सेवा लिएका छन् । शुक्रबार र शनिबार सञ्चालन भएको शिविरमा मुगु जिल्लाभरबाट आठ सय जनाले सेवा लिएका हुन् ।
एक महिनाभित्र समन्वय समिति
स्थानीय तह निर्वाचन गर्न बाँकी दुई स्थानबाहेक ७५१ स्थानीय तहको नतिजा आइसकेको छ । यससँगै स्थानीय कार्यपालिकाको निर्वाचन पनि भइरहेको छ । कार्यपालिकाको निर्वाचनसँगसँगै ७७ जिल्लामा स्थानीय तहको जिल्ला समन्वय समिति पनि गठन भइसक्नेछ ।
साह र राई गणतान्त्रिक फूलबारीका दुई फूल : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएका दुई युवा प्रमुखलाई फूलसँग तुलना गर्नुभएको छ । प्रतिनिधि सभाको शनिबारको बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौँ र धरानमा “दुईवटा सुन्दर फूल फक्रिएको” बताउनुभयो । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साह तथा धरान उपमहानगर पालिकाका प्रमुख हर्कराज साम्पाङ राईको प्रशंसा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सामाजिक, सांस्कृतिक तथा राजनीतिक फड्को
जनताको आन्दोलनको जगमा स्थापना भएको गणतन्त्रपछि मुलुकले सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपमा फड्को मारेको विज्ञहरूले बताउनुभएको छ । उहाँहरूले गणतन्त्रबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने
संस्थानमा धेरै उपलब्धि भएका छन् : कार्यकारी अध्यक्ष सुवेदी
गोरखापत्र संस्थान व्यवस्थापनले प्रकाशन प्रमुख, विभागीय प्रमुख र शाखा प्रमुखका लागि आयोजना गरेको दुई दिने नेतृत्व र सकारात्मक सोचको विकास विषयक कार्यशाला सम्पन्न भएको छ।