खोलाले बगाउँदा किशोरीको मृत्यु
दाङमा खोलाले बगाउँदा काठमाडौं निवासी एक किशोरीको मृत्यु भएको छ । काठमाडौं महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढामगरको सोमबार दिउँसो दाङमा खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।
विदेशी मजदुरको लागत सङ्कलन गर्न समितिको निर्देशन
संसदीय समितिले नेपाली उद्योगमा विदेशी मजदुरहरु राखिएको विषयमा श्रम विभागलाई अनुगमन गरेर लागत सङ्कलन गर्न निर्देशन दिएको छ ।
गुरही पर्वको अवसरमा पालिकामा सार्वजनिक बिदा
कैलालीका दुई पालिकाले थारु समुदायको गुरही पर्वको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ । कैलारी र जोशीपुर गाउँपालिकाले गुरही पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
क्षणभरमै पाण्डे परिवार सखाप
चारजना पाण्डे परिवारको सुखी संसार थियो । तर त्यो सुखी संसार लामो समयसम्म टिक्न सकेन । आइतबार राति क्षणभरमै सुखी परिवार नै सखाप भयो ।
विभिन्न स्थानको बाढीपहिरो र घटनाबारे गृहमन्त्री खाणको चासो
गृहमन्त्री बालकृष्ण खाणले कास्की, प्यूठान र पाल्पामा निरन्तरको वर्षापछि गएको पहिरोले पुर्याएको क्षतिबारे चासो व्यक्त गर्नुभएको छ ।
एक हजार ७६७ रोपनी बाँझो जग्गा कृषियोग्य जमिनमा परिणत
जिल्लाको धुर्कोट गाउँपालिकाले एक हजार ७६७ रोपनी बाँझो जग्गालाई उत्पादन योग्य (कृषि योग्य) जमिनमा परिणत गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको शाखा धनगढीमा
डोटीको दिपायलमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको शाखा धनगढीमा पनि विस्तार भएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सोमबार धनगढी उपमहानगरपालिका वडानम्बर ३ मा रहेको शाखा अस्पतालको उद्घाटन गर्नु भएको हो ।
भीआइपीलाई सहज, नागरिकलाई सास्ती
पुरानो गृह मन्त्रालय परिसर सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग परिसरमा एक जना अपाङ्गता भएका नागरिक ह्वील चियरमा पसिना काढ्दै पुग्नुभयो । श्रीमतीका लागि राष्ट्रिय परिचयपत्र बनाउन परिसरसम्म पुग्न उहाँलाई निकै सास्ती खेप्नुप¥यो । प्रवेश गर्ने दक्षिणको मूल गेटदेखि सोध्दै–खोज्दै विभाग परिसर पुग्न उहाँलाई आधा घण्टा बढी समय खर्चिनुप¥यो । परिचयपत्रका लागि विवरण दर्ता गर्ने स्टेशनसम्म पुग्ने कुनै संकेत र साइनबोर्ड नदेख्दा आफूलाई सास्ती खेप्नुपरेको उहाँले गुनासो गर्नुभयो ।
एकै परिवारका चारको हत्या
काठमाडौंको तारकेश्वर नगरपालिका–२ धर्मस्थलीस्थित भीमसेन टोलमा एकै परिवारको चारजनाको शव विभत्स अवस्थामा फेला परेको छ ।
स्तनपान गराउँदा १६ देखि २२ प्रतिशतसम्म नवजात शिशुको मृत्युदर घटाउन सकिन्छ
बच्चा जन्मिएको एक घण्टाभित्रमा स्तनपान गराउँदा १६ देखि २२ प्रतिशतसम्म नवजात शिशुको मृत्युदर घटाउन सकिने विभिन्न अध्ययनले देखाएको छ ।
अवरुद्ध मुग्लिन–नारायणगढ सडक सञ्चालनमा
लगातारको वर्षाका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी सञ्चालन सुरु भएको छ ।
चिकित्सा क्षेत्रको गुणस्तरमा ध्यान दिन आवश्यक
बङ्गलादेशमा चिकित्सा शिक्षा अध्ययन पूरा गरी आएका चिकित्सकहरूबीच पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ। बङ्गलादेशमा अध्ययन गरेर फर्केका चिकित्सकहरूबीच आपसमा सहयोग तथा सद्भावको भावनाले पुनर्मिलन कार्यक्रमको आयोजना गरिएको हो। ‘सोसाइटी फर नेप्लिज डाक्टर्स अफ बङ्गलादेश’का अध्यक्ष तथा बालरोग विशेषज्ञ डा. दिनेश कोइरालाले नेपालमा बङ्गलादेशबाट अध्ययन पूरा गरेका चिकित्सक पाँच हजार रहेको जानकारी दिनुभयो।
बेग्लै ऐनबारे विज्ञका फरक मत
कुल ७५३ स्थानीय तहमध्ये पालिकाअनुसार काम गर्ने प्रकृति, कार्यक्षेत्र, र क्षमता फरक–फरक छन्। साना गाउँपालिकामा साना योजना र थोरै पूर्वाधार निर्माण गर्दा पनि नागरिकलाई सहजै सेवाप्रवाह गर्न सकिन्छ भने महानगरपालिकामा भने ठूलो स्तरमा बजेट र योजना खर्च गर्दा पनि सोही रूपमा नागरिकलाई सेवा प्रवाह गर्न कठिन हुन्छ। सबैको कार्यसञ्चालनका लागि ऐन भने एउटै छ।
हवाई प्रतिबन्धबारे पुनर्विचार गर्न ईयूको टोली आउने
सन् २०१३ देखि युरोपेली सङ्घ (ईयू) को कालो सूची (हवाई प्रतिबन्ध) मा रहेको नेपालबारे पुनर्विचार गर्न ईयूको प्रतिनिधि टोली नेपाल आउने भएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मूल्याङ्कनमा नेपालले औसतभन्दा राम्रो नतिजा ल्याएको र हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा नेपाल विश्वको औसतभन्दा उच्च अवस्था देखिएपछि ईयू विनासर्त अडिट गर्न नेपाल आउने भएको हो।
कसैले औँला ठड्याउन नसक्ने गरी काम गर्न निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालयको साखलाई थप उच्च बनाउन तथा कसैले औँला ठड्याउन नसक्ने गरी काम गर्न मातहत निकायका प्रमुख र कर्मचारीलाई निर्देशन दिनुभएको छ।
सार्वजनिक पद धारण गरेको व्यक्तिले दलको सदस्यता लिन नहुने
निर्वाचन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिले राजनीतिक दलको सदस्यता लिएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने स्मरण गराएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ति जारी गर्नुहुँदै सो स्मरण गराउनुभएको हो ।
जनार्दन शर्मा अर्थमन्त्री नियुक्त : केही बेरमा शपथ हुँदै
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई अर्थमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।
उपत्यकासहित देशका अधिकांश भागमा भारी वर्षा
काठमाडौं, साउन १५ गते। आइतबार दिउँसो उपत्यकासहित देशभरका अधिकांश भागमा भारी वर्षा भएको छ। जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा अनुसार मनसुनको न्यूनचापीय प्रभावका कारण अहिले देशका विभिन्न स्थानमा भारी वर्षा भएको हो। अहिले मनसुनको न्यूनचापीय रेखा सामान्य स्थानभन्दा केही उत्तरतिर पुगेकाले वर्षा बढी भइराखेको छ। मौसमविद् सञ्जीव अधिकारीका अनुसार आइतबार साँझसम्म प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा हुनेछ। यो क्रम बुधबारसम्म निरन्तर रहने सम्भावना रहेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “न्यूनचापीय मनसुनी प्रभावले बुधबारसम्म वर्षा हुने देखिन्छ। पानी परिरहने रोकिँदै नरोकिने भन्ने हुँदैन।’’ मङ्गलबारसम्म यो प्रणालीले भारी वर्षा गराउने उहाँको भनाइ छ। निरन्तरको वर्षाले पहाडी र तराई क्षेत्रका नदीको बहाब बढ्दा ती क्षेत्रमा भू-क्षय र पहिरोको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशभर सामान्यदेखि पूर्णबदली रही विभिन्न स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्क रहन अनुरोध गरेको छ। महाशाखाले नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्ने र दैनिक जीवनयापन र यातायात क्षेत्र प्रभावित हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो। आइतबार दिउँसो एकसाथ ठूलो वर्षा हुँदा काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ। सडकमा पानी जमेर हिँडडुल र सवारी आवतजावतमा समस्या भएको हो।
हिमाल दोलखाको शेयर कारोबारमा रोक
नेपाल स्टक एक्सचेञ्जले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबारमा रोक लगाएको छ।
दलित र न्यून आय भएकालाई खाद्यान्न सहयोग
खार्पुनाथ गाउँपालिका वडा नं. ५ का अध्यक्ष भरतजंग शाहीले आफूले राज्यबाट पाउने पहिलो सेवा र सुविधाबाट खाद्ायन्न सहयोग गर्नुभएको छ । वडाका दलित, एकल महिला र पुुरुष तथा आफ्नै आम्दानीबाट खाना नपुग्नेलाई सो खाद्यान्न सहयोग गरिएको उहाँले बताउनुभयो ।
खजुरा खोलामा चोरी निकासी बढ्यो, स्थानीय चिन्तामा
नवलपरासी –४ खजुरा खोला खनेर खाल्डो परेपछि नहरमा पानी नचढेको स्थानीय रामकली गिरिले गुनासो गर्नुभयो । नहरको डिलमा घाँस काट्दै गर्नुभएकी खोलातिर देखाउँदै उहाँले भन्नुभयो, “पानी नचढेपछि खेतमा सिँचाइ हुन पाएन ।” पानी चढ्दैन आलीमा घास काट्दै गरेकी रामकली गिरीले वाध तिर देखाउँदै भनिन्” । वर्दघाट नगरपालिका १६ स्थायी निवास ७५ वर्षिया गिरिले थप्नुभयो, “लामो खडेरीले खेतको धान सुक्यो, खोलामा अलिअलि पानी भएपनि खोलाको उत्खनन्ले गहिराइँ बढेपछि नहरमा पानी चढेन ।”
भूकम्प पीडितको उद्धारका लागि सुरक्षाकर्मी तैनाथ : क्षतिको विवरण सङ्कलन गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले बिहान खोटाङमा गएको ६ म्याग्निच्युडको भूकम्पबाट भएको क्षति र गर्नुपर्ने उद्धारबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिनुभएको छ ।
प्रेस सेन्टरमा ६१ सदस्यीय पदाधिकारी चयन
प्रेस सेन्टर नेपालले केन्द्रीय समितिमा ६१ सदस्यीय पदाधिकारी सर्वसम्मतिले चयन गरेको छ। सेन्टरको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकले सर्वसम्मतिमा पदाधिकारी चयन गरेको छ। मङ्सिर १९ गते चितवनमा सम्पन्न राष्ट्रिय महाधिवेशनले अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’लाई सर्वसम्मतिमा चयन गरी पदाधिकारी बाँकी राखेको थियो। सेन्टरको वरिष्ठ उपाध्यक्षमा कमल गिरी चयन हुनुभएको छ। प्रदेशअनुसार १५ जना खुला उपाध्यक्ष चयन हुनुभएको छ। समावेशी उपाध्यक्ष गोरखापत्रका उपेश महर्जन र सुरेश यादवसहित चार जना चयन हुनुभएको छ। सेन्टरमा उपाध्यक्षको सङ्ख्या २० रहेको छ।
खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प
खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ । आइतबार बिहान ८ः१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।