रेडपान्डा संरक्षणका लागि हिमाली संरक्षण मञ्च
पहाडदेखि अलि माथि लेकाली क्षेत्रहरुमा अहिले मालिङ्गोहरुको टुसा पलाउन थालेको छ। दुर्लभ जनावार रातो हाब्रे (रेडपान्डा) को आहारा मालिङ्गोले मुना पलाउन थालेसँगै रेडपान्डाका पोथीले बच्चा जन्माउने र बच्चा हुर्काउने समय सुरुआत भएको छ। यो समय भनेको रेडपान्डाको बच्चा हुर्काउने समय हो।
यात्रुबाट मनपरी भाडा असुलेको गुनासो
यात्रु ओसारपसार गर्ने सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुल गरेका छन् । जिल्लाभित्र विभिन्न स्थानमा सञ्चालनमा आएका यात्रुबाहक सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुलेको यात्रुहरूको गुनासो छ ।
राष्ट्रपतिद्वारा मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
थपिएन कोरोनाकालका स्वास्थ्यकर्मीको म्याद, मुख्य अस्पतालमा समस्या
कोरोनाको चौथो लहरको पूर्व रूपको सङ्केत गर्दै सङ्क्रमण दर दैनिक बढ्दैछ । मङ्गलबार मात्र ८१४ जनामा कोरोना सङ्क्रमण थपिएको छ । साउन लागेयता १६ जनाको मृत्यु भइसकेको छ । सक्रिय सङ्क्रमित पाँच हजार नाघेका छन् । अवस्था यस्तो रहँदै गर्दा यसअघि कोरोनाकालमा करारमा राखिएका स्वास्थ्यकर्मीको म्याद भने थपिएको छैन । तलब खुवाउन समस्या भएको भन्दै सरकारले गत असार ३१ गते निर्णय गरी यही साउन १ देखि नै त्यस्ता स्वास्थ्यकर्मीको म्याद नथपेको हो । त्यसको असर मुख्य अस्पतालमै आईसीयू र भेन्टिलेटर सञ्चालनमा समस्या उत्पन्न भएको छ । वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कान्ति बाल अस्पतालमा यस्तो समस्या देखिएको छ ।
फर्जी मतदाता नामावली दर्ता गरेको आरोप
नेपाली कांग्रेसले बूढानीलकण्ठ नगरपालिकाका तीनवटा वडामा फर्जी मतदाता नामावली दर्ता भएको दाबी गर्दै छानबिन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । निर्वाचन आयोगले भने निर्वाचन कार्यालय, काठमाडौँसँग सम्बन्धित रहेकाले उक्त विषयबारे छानबिन गर्न निर्देशन दिएको जनाएको छ ।
भृकुटीमण्डपमा आगलागीको कारण खुलेन
काठमाडौँको भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदामघरको स्टल नम्बर ५९ मा गत असार २९ गते भएको आगलागीको स्पष्ट कारण छानबिन समितिले पत्ता लगाउन सकेन । तर सीसीटीभी फुटेजका आधारमा एक व्यक्तिमाथि शङ्का गर्दै प्रहरीलाई हुलिया दिएको छ ।
बाढीपहिरोबाट छ जनाको मृत्यु एक बेपत्ता
अविरल वर्षाका कारण पहाडी र तराई क्षेत्रमा ४३ जिल्ला बाढीपहिरो र डुबानको चपेटामा परेका छन् । आइतबारदेखिको वर्षामा सबैभन्दा ठूलो मानवीय क्षति म्याग्दीमा भएको छ । सोमबार राति गएको पहिरोले म्याग्दीको मालिका गाउँपालिका–२, रुममा दुईवटा घर पहिरोमा पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।
थारू समुदायले काठमाडौंमा मनाए गुरही
आज थारु समुदायले ‘गुरही’ पर्व मनाएका छन । साउन महिनाको पञ्चमीमा पर्ने भएकाले यसलाई नागपञ्चमी पनि भनिन्छ ।
उचित मूल्य तय भएमात्रै भारतबाट मल ल्याइने
भारत सरकारसँग सरकारी स्तर (जीटूजी) सम्झौता भए पनि उचित मूल्य तय भएमात्रै नेपालले रासायनिक मल खरिद गर्ने भएको छ । उचित मूल्य तय नहुँदा कहिलेबाट रासायनिक मल ल्याउने भन्ने विषय अन्योलमै रहेको छ ।
कुनै बेला न्याय दिने कोट अहिले आफैँ अन्यायमा
कुनै बेला सामाजिक न्याय अन्याय छुट्याउने थलोका रुपमा रहेको बैतडीको कुल्लेककोट दरबार संरक्षण नहुँदा अहिले आफैँ अन्यायमा परेर भग्नावषेश बनेको छ । कोट भत्केर ढुङ्गा छरपष्ट भएका छन् भने नजिकै रहेको कुवा पुरिन थालेको छ ।
कोदारी लोकमार्ग र मेलम्ची सडक अवरुद्ध
अविरल वर्षाका कारण बाह्रबिसे–कोदारी लोकमार्गको डाक्लाङ र मेलम्ची–१० को सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा राजधानी पुग्ने यात्रुबाहक बस बाटैमा रोकिएका छन् ।
नेप्से परिसूचक २.७६ अङ्कले गिरावट
पछिल्लो समय लगातार रुपमा बढ्दै आएको नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । मङ्गलबार नेप्से सूचक २.७६ अङ्कले घटेर २१९३.४८ बिन्दुमा झरेको हो ।
बाढीपहिरोका कारण नासिँदैछ रुप्से झरनाको सौन्दर्य
अन्नपूर्ण चक्रीय पदमार्गको प्राकृतिक रुपमै आकर्षक पर्यटकीयस्थल रुप्से झरनाको सौन्दर्य बर्सेनी आउने बाढीपहिरोको कारण नासिँदै जान थालेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने यो झरना अत्यन्तै आकर्षक र मनमोहक थियो ।
खोलाले बगाउँदा श्रीमतीको मृत्यु, श्रीमान् बेपत्ता
कपिलवस्तुको वाणगंगा नगरपालिका–९ बर्दवा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएका छन् ।
नेपाल बौद्ध महासंघको अध्यक्षमा भण्डारी निर्वाचित
नेपाल बौद्ध महासंघको अध्यक्षमा खेन्पो कमल भण्डारी निर्वाचित हुनु भएको छ । सोमबार साँझ सम्पन्न छैटौँ महाधिवेशनले भण्डारी सहित १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।
तयारी अवस्थामा सुरक्षा टोली
सरकारले विपत्जन्य घटनाको जोखिम न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ पारित गरेको छ। सो कार्ययोजनामा प्राकृतिक विपत्बाट बच्नका लागि सबै सरोकारवाला मन्त्रालय, प्रदेश तथा स्थानीय तहको भूमिका तथा जिम्मेवारी निर्धारण गरिएको छ।
कानुन निर्माणले लियो गति
लामो समयदेखि अवरुद्ध विधायिकी प्रक्रियालाई सङ्घीय संसद्को चालू बजेट अधिवेशनले गति दिएको छ। सामान्यतः बजेट अधिवेशनमा विधेयक प्राथमिकतामा नपर्ने भए पनि यस पटक सङ्घीय संसद्का दुवै सदनबाट १९ वटा विधेयक पारित भइसकेका छन् भने अन्य केही पारितको चरणमा छन्। सङ्घीय संसद्को चालू अधिवेशन प्रारम्भ हुँदा ५५ विधेयक विचाराधीन थिए। अधिवेशन प्रारम्भ भएपछि सरकारले अध्यादेश प्रतिस्थापन विधेयक पनि ल्याएको थियो। यौनजन्य हिंसा तथा संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि यस अवधिमा ल्याइएका थिए। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग विधेयक पनि दर्ता भएको छ। तर संवैधानिक परिषद् र बेपत्तासम्बन्धी विधेयकको प्रक्रिया अघि बढाइको छैन।
बेनी–जोमसोम सडक अवरुद्ध
हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
परिवारकै हत्यापछि आत्महत्या, तनावको कारण वैदेशिक रोजगार
वैदेशिक रोजगारको चरम विकृतिका रूपमा हत्याका घटना बढ्न थालेका छन्। साउनकै पहिलो साता चितवनको भरतपुर महानगरपालिका–१० मा एक दम्पतीको कारुणिक मृत्युको घटना सेलाउन नपाउँदै सङ्घीय राजधानी काठमाडौँमा परिवार नै सखाप पार्ने गरी अर्को बीभत्स हत्या भएको छ।
बढ्यो बाढीपहिरोको समस्या
लगातार वर्षासँगै आएको बाढीपहिरोले देशका धेरै ठाउँमा जनधनको क्षति भएको छ। गृह मन्त्रालयका अनुसार एक महिनायता २९ जनाको मृत्यु भइसकेको छ भने दुई जना अझै बेपत्ता छन्। मनसुनजन्य विपत्मा परी ३६ जना घाइते भएका छन्। दुई हजार ५८८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
महाभियोग प्रक्रिया अगाडि बढाउन आग्रह
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढाउन माग गर्दै नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । जबराविरुद्धको महाभियोग पाँच महिनाभन्दा लामो समयदेखि विचाराधीन छ । फागुन १ गते प्रस्तावको सूचना दर्ता भई २९ गते प्रतिनिधि सभामा पेस भएको थियो । तर त्यसयता समितिमा पठाउने कार्यसूची बन्न सकेको छैन । विधायिकाले विशेषाधिकार प्रयोग गरेर दर्ता गरेको प्रस्तावले न्यायपालिका प्रमुख निलम्बन भएको लामो समय भए पनि संसदीय प्रक्रिया अघि नबढाइएको हो ।
बाटोमै सुत्केरी
बारेकोट गाउँपालिका–३ पहाडा मुल्सामकी २१ वर्षीया मिना नेपालीलाई सुत्केरी बेथाले च्यापेपछि छ घण्टा हिँडेर प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा ल्याउँदै गर्दा बाटोमै सुत्केरी ।
राप्तीमा आएको बाढी
राप्ती गाउँपालिका– ३, भालुवाङको पुलबाट देखिएको राप्ती नदी आएको बाढी ।
घोप्टेभिरमा पहिरो जाँदा सडक अबरुद्ध
म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिर नजिकै मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टेभीरमा पहिरो जाँदा बेनी जोमसोम सडकखण्ड अबरुद्ध भएको छ । हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकखण्डको काभ्रेभीरस्थित घोप्टेभिरमा सडक माथिबाट पहिरो आएको र म्याग्दी क्षेत्रमा पनि दुई ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको हो ।