• १३ साउन २०८१, आइतबार

खोलाले बगाउँदा श्रीमतीको मृत्यु, श्रीमान् बेपत्ता

blog

जानु पाण्डे
कपिलवस्तु, साउन १७ गते ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–९ बर्दवा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् ।

मङ्गलबार बिहान १० बजे च्याउ खोज्न जाने क्रममा खोलाले बगाउँदा नगरपालिका–७ बोडगाउँ बस्ने ३१ वर्षीया राममाया सुनारको मृत्यु भएको छ भने राममायाको श्रीमान् ३६ वर्षीय दिलकुमार सुनार बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक जेसी शाहका अनुसार सुनारका १२ वर्षीय छोरा निरज सुनारको भने स्थानीयले सकुशल उद्धार गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेनले बेपत्ता भएका दिलकुमारको दुई टोलीले खोजी कार्य जारी राखेको बताउनुभयो ।

गणपति सेनका अनुसार मृतक राममायाको शव घटना स्थलदेखि एक किलो मिटर दक्षिणतर्फ फेला परेको जानकारी दिनुभयो ।