काठमाडौं, साउन १७ गते । पछिल्लो समय लगातार रुपमा बढ्दै आएको नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ ।
मङ्गलबार नेप्से सूचक २.७६ अङ्कले घटेर २१९३.४८ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स शून्य अङ्कले घटेको छ भने फ्लोटइण्डेक्स ०.०१ अङ्कले घटेको छ । तर, सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.१३ अङ्कले बढेको छ । मङ्गलबार कारोबारमा आएका २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर तीन अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपियाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका १३ उपसमूहमध्ये ७ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ भने ६ वटा उपसमूहको सूचक वृद्धि भएको छ । जसमा फाइनान्स, हाइड्रोपावर र व्यापार उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज नेप्सेमा सामान्य गिरावट आएपनि विन्द्यवासिनी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । सामलिङ्ग पावरको ९.९८ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेको छ । यता राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य ४.२४ प्रतिशतले घटेको छ । त्यस्तै, शिवम सिमेन्टको सबैभन्दा धेरै २९ करोड ३२ लाख रुपियाँको शेयर कारोबार भएको छ ।