सडकको ट्र्याक खोल्न प्रतिबन्ध
तनहुँको एक पालिकाले सडकको नयाँ ट्र्याक खोल्न प्रतिबन्ध गरेको छ । भिमाद नगरपालिकाले नयाँ सडक ट्र्याक खोल्न प्रतिबन्ध लगाएको हो ।
बेनी बजारमा पुराना धर्म चौतारी मर्मत अभियान
बेनी बजारमा रहेका वर्षौँ पुराना चौतारीको संरक्षण थालिएको छ । बेनी नगरपालिका ७ को बजार क्षेत्रभित्र रहेका करिब ७० देखि ८० वर्ष पुराना धर्म चौतारीको मर्मत सम्भार गरेर चिटिक्क पारिएको हो । पुराना चौतारीको संरक्षण अभियानमा वडा कार्यालय जुटेको छ ।
‘कोठा तातो बनाउँदा अकालमै ज्यान जान सक्छ’
देशैभर चिसो बढ्दै गएको छ । चिसोबाट बच्न हामीले विभिन्न उपाय अपनाउने गर्दछौँ । चिसोबाट बच्ने उपाय भनेको कोठा र शरीरलाई न्यानो बनाउन मकलमा आगो बाल्ने तथा हिटर बाल्ने र बाथरुममा ग्यास गिजरको प्रयोग गरेर नुहाउने चलन सहरी क्षेत्रमा छ ।
इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा लाखौँको क्षति
धनुषाको महेन्द्रनगरमा बुधबार राति भएको एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ । मिथिला नगरपालिका –२ नकटाझिज बस्ने हिरा महतोको महेन्द्रनगरस्थित हिरा इलेक्ट्रोनिक पसलमा आगलागी भएको हो । आगलागीले लाखौँ रुपियाँ बरावरको क्षति भएको छ ।
स्ववियु निर्वाचनको तयारीमा त्रिवि
त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ ।
प्रदेश सभामा कसरी चुनिन्छन् समानुपातिक सांसद
प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचन परिणाम आइसक्दा केन्द्रमा नेपाली कांग्रेस ठूलो पार्टी बनेको छ भने प्रदेशमा पनि प्रत्यक्षतर्फ कांग्रेसले नै बढी सिट ल्याएको छ ।
कांग्रेस पूर्व उपसभापति निधि र स्वीस राजदूतबीच भेटघाट
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरबीच भेटवार्ता भएको छ।
वसन्तपुरमा १९ औँ राष्ट्रिय ज्यापू दिवस (फोटो फिचर)
काठमाडौँको वसन्तपुरमा ‘यःमरी पुन्ही’ को दिनमा १९ औँ राष्ट्रिय ज्यापू दिवस एक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
सिङ्गो संस्कृतिलाई जीवन्त पार्ने य:मरी
नेवा: समुदायमा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाको दिनमा मनाइने विशेष पर्व हो, ‘य:मरी पुन्ही’ अर्थात् योमरी पूर्णिमा। नेवा: समुदायमा वर्षमा विभिन्न १२ वटा पुन्ही मनाउने चलन छ।
प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए एक लाखसम्म जरिवाना
वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ ।
उधौली पर्व मनाइँदै
प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ ।
उधौली पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्न अहम् भूमिका निर्वाह गरेको छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
सरकारद्वारा धन्यवाद व्यक्त
सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै चरणमा सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। मन्त्रिपरिषद्को मङ्सिर २० गते बसेको बैठकले निर्वाचनलाई सफल बनाउन भूमिका निर्वाह गरेकोमा मतदाता, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई धन्यवाद दिने निर्णय गरेको छ।
मानव अधिकार आयोगमा सिफारिस, कार्यान्वयन हुन धेरै बाँकी
राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । प्रतिवेदनअनुसार आयोगले सरकारसमक्ष गरेका सिफारिसमध्ये १५.३ प्रतिशत पूर्ण कार्यान्वयन, ३९.२ आंशिक र ४५.५ प्रतिशत सिफारिस कार्यान्वयन हुन बाँकी छ । आयोगबाट अनुसन्धान सम्पन्न भएका जम्मा ४१४ उजुरीमाथि निर्णय भएको छ, जसमा छवटा नीतिगत सिफारिस छन् ।
थप चार मुलुकसँग हवाई सम्झौताको तयारी
नेपालको नागरिक उड्डयन क्षेत्रमा पहिलो पटक अमेरिका र स्विट्जरल्यान्डलगायतका मुलुकसँग हवाई सम्झौता अघिबढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुईतर्फी उडान सम्झौता गर्न अमेरिकाले नेपाललाई खुला आकाश नीति लागू गर्न प्रस्ताव गरिसकेको छ । त्यस्तै इन्डोनेसिया, स्विट्जरल्यान्ड, रुवान्डालगायत मुलुकसँग दुईतर्फी हवाई सम्झौता प्रक्रिया अगाडि बढाइसकेको प्राधिकरणले जनाएको छ ।
महिला नेत्रीमाथि लैङ्गिक हिंसा बढ्दो
राजनीतिमा सक्रिय महिलामाथि पछिल्लो समय अनलाइनमार्फत लैङ्गिक हिंसा बढिरहेको तथ्याङ्क सार्वजनिक भएको छ। विभिन्न संस्थाले गरेका अध्ययन प्रतिवेदनले यस्तो तथ्याङ्क उजागर गरेका हुन्।
मन्त्रालय आफैँ हिंसामा छ : मन्त्री रेग्मी
सिरहा जिल्ला गोलबजार नगरपालिका–३, जम्दहकी जानकीदेवी पासवानको १३ वर्षको उमेरमा विवाह भयो। दुई छोरी जन्मिएपछि श्रीमान् देवनारायण पासवानले छोरा चाहियो भन्दै कुटपिट र शारीरिक यातना दिन थाल्नुभयो। सासू र श्रीमान्ले बारम्बार कुट्ने र घरबाट निकाल्ने गर्दै आउनुभयो। जानकीदेवीबाट छोरा नभएको भन्दै देवनारायणले अर्को विवाह गर्नुभयो। छोराका लागि चारवटा विवाह गर्नुभएका देवनारायणले कान्छी श्रीमतीबाट एक छोरा र एक छोरी भएपछि हाल सिरहा सदरमुकाममा बस्दै आउनुभएको छ। जानकीदेवी जम्दहस्थित घरमा बस्नुहुन्छ।
रोकिएन महिला हिंसाका घटनाक्रम
महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा लैङ्गिक हिंसाका घटना थपिने क्रम जारी छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा मङ्सिर २४ गतेसम्म अभियान सञ्चालन भइरहेको छ र यस अवधिमा तीन जना महिलाले अकालमा ज्यान गुमाएका छन्। आइतबार काठमाडौँको धुम्बाराहीमा नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपाने जलेर गम्भीर घाइते हुनुभयो। उहाँको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा मङ्गलबार मृत्यु भयो । मृतक पुष्पाको गत भदौ १८ गते युवक सुधन सङ्ग्रौलासँग जनैसुपारी सम्पन्न भएको थियो। विवाह गर्ने सहमतिपछि गरिएको जनैसुपारी वर पक्षले एकतर्फी रूपमा तोडेको बताएपछि भएको पुष्पाको मृत्यु रहस्यमय बनेको छ।
समानुपातिकतर्फको सिट बाँडफाँट सहितको पत्र दललाई
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई आज पत्र पठाएइको छ।
महाकाली नदीको बहाव पुरानै धारमा फर्काउने सहमति
दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी रुपमा निर्माण गरेको तटबन्धका कारण नेपालतर्फ मोडिएको महाकाली नदी पुनः पुरानै धारमा फर्काउने सहमति भएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीबीच बुधबार भारतको पिथौरागढ जिल्लाको धार्चुलामा भएको छलफलमा १० दिनभित्र नदीलाई पुरानै धारमा फर्काउने सहमति भएको हो ।
तमोरमा र्याफ्टिङ सुचारु
पाँचथर फिदिमको तमोर भ्याली ट्राभल टुर एण्ड ट्रेकिङ प्रालिले वर्षा याममा स्थगित गरेको र्याफ्टिङ सेवा हिउँद लागेसँगै सञ्चालनमा ल्याएको छ । मङ्सिर दोस्रो साताबाट सुचारु भएसँगै तमोरमा यस वर्षको हिउँदे र्याफ्टिङमा हेलिइन चाहनेको आवागमन बढ्न थालेको छ ।
लिफ्टमार्फत घर–घरमा धारा, उपभोक्ता खुसी
बागलुङ नगरपालिका –३ र ४ उपल्लो पाखाथर बस्तीको घर–घरमा खानेपानी सुविधा पुगेपछि स्थानीय खुसी भएका छन् । खानेपानी अभाव भोग्दैआएका पाखाथरवासीको सुविधालाई लक्षित गरी नगरपालिकाले लिफ्ट प्रविधिको प्रयोग गरी खानेपानी सुविधा विस्तार गरेको हो ।
मानवअधिकार अवलम्बनमा नेपाल उच्च स्थानमा : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकार र लोकतन्त्र अवलम्बनमा नेपाल उच्च स्थानमा रहेको बताउनुभएको छ । आयोगद्वारा तयार गरिएको २०७८-७९ को वार्षिक प्रतिवेदन आज बुधबार बुझ्नु हुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
पहिलो संसद् बैठक बानेश्वरमै बस्ने
भर्खरै सम्पन्न भएको निर्वाचनपछि बस्ने सङ्घीय संसद्को पहिलो बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै बस्ने भएको छ ।