सान्थाक्रामा प्रसूति केन्द्र सञ्चालन
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका –२ सान्थाक्रामा प्रसुति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याइएको छ । सान्थाक्रा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण सम्पन्न भएसँगै प्रसुति केन्द्र सञ्चालनमा ल्याइएको हो ।
कुटपीटबाट सर्लाहीमा एकको मृत्यु
सर्लाहीको चक्रघट्टा गाउँपालिका –२, बेल्हीमा जग्गाको विवादमा कुटपीट हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो भएको घटनामा ७० वर्षीया सागर देवीको मृत्यु भएको हो ।
जाजरकोटमा जिप दुर्घटना : ९ जनाको मृत्यु, तीन घाइते
जाजरकोटमा जिप दुर्घटना हुँदा नौं जनाको घटनास्थलमै मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । जिल्लाको छेडागाड नगरपालिका–४ र ५ को दशेरादेखि वडावन जाँदै गरेको अवस्थामा आज सोमबार साँझ भिरपाटी नजिक ०२-००१ च ४२९ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।
रामधुनीको सार्वजनिक सुनुवाइ : विकास आयोजनामा जोड दिन सुझाव
सुनसरीको रामधुनी नगरपालिकाले आफ्नो चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको आफ्नै प्रशासनिक भवनको निर्माण कार्य सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका स्थापना भएको करिब नौ वर्षपछि आफ्नै प्रशासकीय भवन निर्माण भएको हो ।
‘स्वास्थ्य पहुँचमा दिगो विकास लक्ष्य हासिल गर्ने सही दिशा छैन’
नेपालमा स्वास्थ्यमा विश्वव्यापी पहुँचसँग सम्बन्धित दिगो विकास लक्ष्य हासिल गर्न सही दिशा नरहेको तथ्याङ्कले देखाएको छ ।
दम्पती घरमै मृत भेटिए
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ३ मुलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत अवस्थामा भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र उहाँका श्रीमती निरमायाँ आलेमगर आफ्नै घरमा मृत भेटिनुभएको हो ।
रेशम चौधरीसहितलाई रिहाइ गर्न अध्यादेश ल्याइएको हो : सञ्चारमन्त्री कार्की
नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाइ गर्न अध्यादेश ल्याउन लागिएको बताउनु भएको छ ।
मुलुकी फौजदारी कार्यविधि संशोधन गर्न अध्यादेश ल्याइने
सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सुन्धारामा अस्तव्यस्त ट्राफिक व्यवस्था (फोटो फिचर)
काठमाडौं उपत्यकामा सोमबार दिउँसो ट्राफिक व्यवस्था अस्तव्यस्त देखियो ।
धान खरिद गर्न किसानको दबाब
धान खरिद प्रक्रिया अविलम्ब अगाडि बढाउन र मलको सहज आपूर्तिको माग गर्दै नेपाल किसान महासङ्घ रुपन्देही र अखिल नेपाल किसान महासङ्घ रुपन्देहीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग आग्रह गरेको छ ।
प्रतिनिधि र प्रदेश सभा निर्वाचन : राना थारु समुदायको प्रतिनिधित्व शून्य
अघिल्लो पटकको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो प्रतिनिधित्व जनाएको राना थारु समुदाय हालै सम्पन्न निर्वाचनमा भने आफ्नो उपस्थिति देखाउन चुकेको छ ।
ज्येष्ठ नागरिकको जलेर मृत्यु
पाल्पाको रिब्दिकोट गाउँपालिका १ जोरपोखरी कोटखेराका ७५ वर्षीय एक ज्येष्ठ नागरिकको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार सुत्ने कोठामा खिमबहादुर बिकको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो ।
पत्रकार ढुङ्गानामाथि भएको दुर्व्यवहारको विरोध
नेपाल पत्रकार महासङ्घ कैलाली शाखालगायत पत्रकारका सङ्गठनहरूले कैलालीका पत्रकार खेम ढुङ्गानामाथि भएको दुर्व्यवहारको विरोध गरेका छन् ।
फोहोर वर्गीकरण नगरे शुल्क
अबदेखि उत्पादन हुने क्षेत्रमै फोहोर वर्गीकरण नगरे फोहोर गर्नेले नै शुल्क तिर्नुपर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति निर्माण गरी फोहोरमैलाको प्रकृतिअनुसार फोहोर उत्पादन हुने क्षेत्रमा नै वर्गीकरण गर्नुपर्ने र वर्गीकरण नगरे फोहोर गर्नेले नै शुल्क तिर्नुपर्ने गरी नीति बनाएको हो।
आचारसंहिता विपरीत प्रज्ञा सभाको निर्णय
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता आइतबारसम्म जारी छ । आयोगले मङ्सिर २६ गतेदेखि लागू हुने गरी आचारसंहिता हटाउने निर्णय गरेको छ । आचारसंहिता जारी रहेको बेला आयोगको अनुमतिबिना कुनै पनि नियुक्ति, सरुवा–बढुवाजस्ता राज्यलाई आर्थिक वा अन्य कुनै पनि किसिमका दायित्व थपिने काम गर्न पाइँदैन ।
‘ब्लाजार जेट्स’ अनुसन्धानमा खगोलविद्
आकाशगङ्गामा के छ ? हामीसँग केही जानकारी मात्र छ, यस विषयमा थप अनुसन्धान जारी छ । नेपाललगायत विश्वका खगोलविद् अहिले आकाशगङ्गाबाहिर पनि उज्यालो वस्तु ‘ब्लाजार जेट्स’ रहेको भन्दै ती वस्तुको थप अध्ययन तथा अनुसन्धानमा जुटेका छन् । ग्रीकका खगोलविद् यानिस लियोडाकिसले पृथ्वी रहेको आकाशगङ्गाबाहिरका चाखलाग्दा उज्यालो वस्तु ‘ब्लाजार जेट्स’को अध्ययन र अनुसन्धानमा आफूहरू जुटेको बताउनुभएको छ । उहाँका अनुसार ‘ब्लाजार जेट्स’ विषयको अनुसन्धान ब्रह्माण्डको उत्पत्ति तथा मानव जीवनमा उपयोगी हुन सक्ने छन् । खगोलविद् लियोडाकिसले आफूहरू विशेष गरी ब्रह्माण्डमा भएका चाखलाग्दा उज्यालो वस्तु ‘ब्लाजार जेट’मा केन्द्रित रहेको गोरखापत्रसँगको कुराकानीमा बताउनुभयो ।
समानुपातिक सूची सार्वजनिक गर्ने तयारी
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ। निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबारै सार्वजनिक गर्ने लक्ष्यका साथ तयारी गरिरहेको छ। उहाँले भन्नुभयो, “प्रतिनिधि सभा सदस्यको सूचीमा समस्या छैन। प्रदेश सभा सदस्यको समानुपातिकको सूची सच्याउन सोमबार अपरान्हसम्मको समय दिइएको छ । त्यसपछि आवश्यक निर्णय गरेर सूची सार्वजनिक गरिने छ।” प्रवक्ता वाग्लेले सोमबारै समानुपातिकको सूची सार्वजनिक गर्न तयारी अपुग भएमा मङ्गलबार सार्वजनिक गरिने बताउनुभयो।
‘इजलासलाई नै जवाफ दिन्छु’
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कामकारबाहीपत्र निष्प्रभावी भएको विषयमा संवैधानिक इजलासलाई नै जवाफ दिने पत्राचार गर्नुभएको छ। पूर्ण बैठकको निर्देशनअनुसार भन्दै पत्रमा थप स्पष्ट पार्न सर्वोच्च प्रशासनले लेखेको पत्रको जवाफ आइतबार गौतमले सर्वोच्चलाई पठाउनुभएको हो। उठाइएका विषयका सन्दर्भमा सर्वोच्चमा मुद्दा विचाराधीन भएको र त्यसमा जवाफ माग्ने आदेश भइसकेकाले इजलासलाई नै जवाफ दिने उहाँको पत्रमा उल्लेख छ।
बसपार्क नहुँदा यात्रु मारमा
काठमाडौँ सहरभित्र प्रवेश नदिइएपछि कोटेश्वरपूर्व भएर चल्ने सवारीका यात्रु निकै मारमा परेका छन् । भक्तपुर हुँदै पूर्वबाट आएका लामो दूरीका सवारीसाधनले कोटेश्वर नपुग्दै जडीबुटी मनोहरा खोलाको पुलमै यात्रुलाई ओराल्ने गरेका छन् । यात्रुले सहर प्रवेश गर्न भाडाका मोटरसाइकल वा ट्याक्सी सेवा लिन बाध्य छन् । रामेछाप दोरम्बाका सचित घिसिङले जडीबुटीबाट चाबहिल पुग्न भाडाको सवारीसाधन प्रयोग गर्दा चार सय रुपियाँ तिरेको दुखेसो पोख्नुभयो । उहाँ रामेछापबाट कोटेश्वरसम्म सात सय रुपियाँमा आइपुग्नुभएको थियो ।
कार्यान्वयन भएन ‘मेट्रोसिटी’ योजना
उपत्यकालाई व्यवस्थित सहर निर्माण गर्दै एकीकृत विकासका लागि उपत्यका राजधानी सहर (मेट्रोसिटी) निर्माण गर्ने योजनाको सात वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । साबिक स्थानीय तह पुनर्संरचना आयोगले सात वर्षअघि उपत्यकामा भएका १८ वटै पालिकामा एकीकृत विकासका लागि उपत्यकामा मेट्रोसिटी निर्माण गर्न सरकारलाई सुझाव दिएको थियो । उपत्यकालाई मेट्रोसिटी निर्माणको प्रक्रिया अगाडि बढाउने जिम्मेवारी उपत्यकास्थित स्थानीय तहका नगरप्रमुखको भए पनि त्यसतर्फ स्थानीय तहका जनप्रतिनिधिको ध्यान जान सकेको छैन ।
उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक
छोराको उपचार खर्च तिर्न नसकेका कारण एक परिवार अस्पतालमै थप समय बस्न बाध्य भएको छ । जिल्लाको पलाँता गाउँपालिका–६ का घाटे शाहीका छोरा अशोक शाहीले अस्पतालमा उपचार गरेको भुक्तानी गर्न नसक्दा अस्पतालमा बन्दकजस्तै बस्नु परेको हो । घाटे शाही आफू, श्रीमती र छोरालाई ल्याएर पलाँता गाउँपालिकाले सञ्चालन गरेको सरकारी अस्पतालमा उपचार गर्न आउनुभयो । उहाँका छोरालाई अस्पतालमा औषधि गरेको र बेड शुल्कसमेत गरेर ४० हजार बिल पुग्यो ।
पञ्चामृत खाएकालाई रेबिजको त्रास
काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका–१, गोकुलेका स्थानीयवासी रेबिजको त्रासमा छन्। आफूहरूले पूजामा पञ्चामृत खाएको दूध दिने गाई रेबिजको कारण मरेको पुष्टि भएपछि गाउँले सबै त्रासमा परेका हुन्। गत कात्तिक २६ गते स्थानीय पञ्चलाल जिम्बाको घरमा सत्यनारायण पूजा लगाइएको थियो। पञ्चामृत बनाउन दूध प्रयोग गरिएको गाई मङ्सिर १३ गते मरेको थियो। त्यसपछि गाउँमा त्रास फैलिएको छ। अहिले उनीहरू स्वास्थ्यकर्मीको परामर्शमा छन्।
६० सिटको कमान्ड माओवादीले गर्नेछ: अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनले निरन्तरता पाउने बत्ताउनुभएको छ ।