धान कुट्ने मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले धनुषाको मिथिला बिहारी नगरपालिका–५, ललियाकी ४५ वर्षीया कालोदेवी साहको मिलको फित्तामा बेरिएर मृत्यु भएको बताउनुभयो ।
समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना
सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
लामिछानेको शपथ रोक्न सर्वोच्चमा रिट
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको सांसद पद खारेजीको मागसहित रिट निवेदन दर्ता भएको छ। सिन्धुलीका युवराज पौडेलसमेतले बुधबार सर्वोच्च अदालतमा उक्त रिट निवेदन दर्ता गर्नुभएको हो। सर्वोच्चको संवैधानिक इजलासमा त्यो रिट निवेदनको प्रारम्भिक सुनुवाइका लागि आउँदो पुस ६ गते पेसी तोकिएको छ।
गठबन्धन कायमै रहनुपर्छ : ठाकुर
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । भेटमा अध्यक्ष ठाकुरले लोसपालाई सत्ता गठबन्धनमा सहभागी गराउन प्रधानमन्त्री देउवालाई अनुरोध गर्नुभएको थियो ।
एउटै परिवारका आठ सदस्यको मृत्यु
काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थान सल्लाफेदमा मङ्गलबार साँझ भएको सवारी दुर्घटनामा एकै परिवारका आठ जनाको मृत्युपछि गाउँ नै शोकमा डुबेको छ । बेथानचोक गाउँपालिका–५, च्याल्टीमा मामा बनेर व्रतबन्ध (छेवर)मा गएका बनेपा नगरपालिका–११, सल्लेका एउटै परिवारभित्रका आठ जनाको मृत्यु भएको हो । दुर्घटनामा १७ जनाको मृत्यु भएकोमा बनेपा नगरपालिका–११ का एकै परिवारका आठ जनाको मृत्यु भएको थियो ।
हाजिर नै नगरी तलब !
हरेक दिन अर्काको काम गरेर आफ्नो ज्याला बुझ्ने कामदारले पनि आफूले काम गरेको हाजिरी नजनाई घर फर्किंदैनन् तर रामेछापको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुखलगायतका कर्मचारी भने स्वयं हाजिर नै नगरी लामो समयदेखि तलब भत्ता बुझिरहेका छन्। प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछाने, स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठ र स्वास्थ्य शाखाका सिनियर अनमी वसुन्धरा सुवेदीले विगत लामो समयदेखि कार्यालयको रजिस्टरमा हाजिर नै नगरी तलब भत्ता लिइरहेको पाइएको छ।
यान्त्रिक परीक्षण उडान प्रतिवेदन आउने
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन)को प्रतिवेदन शुक्रबार आउने भएको छ । पुस १७ गतेदेखि व्यावसायिक सञ्चालनमा ल्याउने तयारी रहेको उक्त विमानस्थलमा एरोथाईको टोलीले मङ्सिर ५ देखि ११ गतेसम्म क्यालिब्रेसन उडान गरेको थियो । विमानस्थलमा जडान भएका नेभिगेसन (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान)ले काम गरे नगरेको परीक्षण प्रतिवेदनका आधारमा विमानस्थलमा परीक्षण उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
तनहुँ हाइड्रो पावरको घिरिङ सबस्टेसनको निर्माण सम्पन्न
तनहुँ हाइड्रो पावर लिमिडेड अन्तर्गतको तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर ४ मा ३३÷११ केभीको घिरिङ सबस्टेसनको निर्माण कार्य सम्पन्न भएको छ।
‘पर्यटकीय गन्तव्यको पूर्वाधार विकासमा ध्यान केन्द्रित गरौँ’
राष्ट्रपति विद्यादेवी भण्डारीले भोजपुरका सांस्कृतिक एवं पर्यटकीय गन्तव्यहरूको पूर्वाधार विकासमा ध्यान केन्द्रित हुनुपर्ने बताउनु भएको छ।
जनजाति महिला महासङ्घले नयाँ नेतृत्व चयन गर्दै
राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ (निफ) को आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।
आदिवासी ज्ञान सम्मेलनमा २३ विज्ञको कार्यपत्रमाथि छलफल
आदिवासी जनजाति समुदायको परम्परागत ज्ञानसम्बन्धी दुई दिने ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ ललितपुरमा सुरु भएको छ ।
काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन उच्च अदालतको आदेश
काँक्रेविहार संरक्षित क्षेत्रको जग्गा बाहिर नछोडी सिमानामै पर्खाल लगाउन उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ।
ग्याँस प्रयोगका लागि दमकमा रिफिल स्टेसन बनाइँदै
झापाको दमक नगरपालिकाले फोहोरबाट उत्पादित हुने ग्याँसको प्रयोगका लागि ‘रिफिल स्टेसन’ बनाउने निर्णय गरेको छ ।
बाख्रा फर्ममा आगलागी हुँदा ८० लाखको क्षति
मोलुङ गाउँपालिका–१ कुन्तादेवीमा रहेको बाख्रा फर्ममा आगलागी हुँदा १२५ खसी बाख्रा जलेर मरेका छन् ।
एचआइभी सङ्क्रमित एकल महिलालाई समस्या
डोटीको पूर्वीचौकी गाउँपालिकाकी दुर्गा विष्ट (नाम परिवर्तन) लाई एचआइभी सङ्क्रमण भएको १० वर्ष भयो ।
चार हजार २८५ उम्मेदवारको धरौटी रकम जफत
हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा चार हजार २८५ जना (७६.०४ प्रतिशत) उम्मेदवारको धरौटी रकम जफत भएको छ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी उद्घाटन (फोटो फिचर)
लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङबाट औपचारिक सेवा प्रारम्भ भएको छ।
‘उपचार नपाई ज्यान गुमाउन नपरोस्’
काठमाडौं पुरानो बानेश्वरस्थित ‘फ्रन्टलाइन अस्पताल’को सघन उपचार कक्ष (आइसियु) मा गङ्गाबहादुर कार्की उपचाररत हुनुहुन्छ ।
स्याङ्जाका दुई सडक प्रविधिमैत्री बनाइँदै
गण्डकी प्रदेशमा पहिलो पटक देशकै स्रोत र साधनलाई प्रयोग गरेर स्याङ्जाको दुई सडक प्रविधिमैत्री रूपमा निर्माण गरिँदैछ ।
सरकारले मूल्य तोकेर धान नकिनेपछि किसान सङ्गठनको आन्दोलन
सरकारले धानको समर्थन मूल्य तोकेर पनि धान नकिनेपछि किसान आक्रोशित भएका छन्। सरकारले धान किन्नमा आलटाल गर्नुका साथै मल सहज आपूर्ति नभएपछि किसान लगातार संर्घषरत छन्।
ज्येष्ठ नागरिकद्वारा विद्यालयलाई पाँच रोपनी जग्गा प्रदान
एक जना ७५ वर्षका ज्येष्ठ नागरिकले विद्यालयलाई निःशुल्क जग्गा सहयोग गर्नुभएको छ । जग्गाको अभाव खेपिरहेको विद्यालयलाई नयाँ भवन निर्माणका लागि सहज बनाउन उहाँले जग्गा सहयोग गर्नुभएको हो ।
‘होस खुल्दा अस्पतालको बेडमा रहेछु’
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ का २० वर्षीय रूपक तामाङ बुधबार बिहान होस खुल्दा बनेपास्थित शिरमेमोरियल अस्पतालको बेडमा हुनुहुन्थ्यो। उहाँ मङ्गलबार साँझ बेथानचोक गाउँपालिका–४ चलालगणेशस्थान नजिक भएको सवारी दुर्घटना कसरी भयो, दुर्घटनामा कसलाई के भयो केही थाहा छैन।
भूकम्प प्रभावित जिल्लामा इन्टरनेट पुर्याउने कार्य अन्तिम चरणमा
नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्याण्ड उपलब्ध गराएको छ । प्राधिकरणले १८ प्याकेज मार्फत ७४ जिल्लाका तोकिए बमोजिमका स्थानमा ब्रोडब्याण्ड जडान कार्य सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको छ ।
प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० सदस्य निर्वाचित
निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० गरी कुल ८२५ जना सदस्य निर्वाचित भएको जनाएको छ ।