बागमती सफाइको पाँच सय हप्ता : २० हजार टन फोहोर निकालियो
काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत बागमती नदी सफाइको पाँच सय हप्ता नाघेको छ । यस अवधिमा सफाइ गरेर बाग्मतीबाट करिब २० हजार टन फोहोर निकालिएको छ ।
मध्यपुर थिमि नगरपालिका क्षेत्रको जग्गा वर्गीकरण
मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रको जग्गालाई आवासीय र व्यावसायिक गरी दुई प्रकारमा वर्गीकरण गर्ने भएको छ। भू–उपयोग नीति र भू–उपयोग ऐनअनुसार नगरपालिकाले जग्गाको वर्गीकरण गरेको हो। नगरपालिकाको भू–उपयोग परिषद्को बिहीबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै भू–उपभोग नीति र ऐनअनुसार जग्गाको वर्गीकरण गर्ने जनाएको छ। भू–उपयोग नियमावलीमा उल्लेख गरिएको मापदण्डअनुसार नगरपालिकाले जग्गाको वर्गीकरण गर्न लागेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदीले भू–उपयोग नियमावलीमा व्यावसायिक र आवासीय जग्गाको मापदण्डअनुसार नै जग्गाको वर्गीकरण गरिएको बताउनुभयो। उक्त भू–उपयोग नियमावलीमा कृषि क्षेत्रको रेखदेख, भण्डारण तथा प्रशोधन, पशुपालन तथा उद्योग कलकारखाना सञ्चालनको प्रयोजनबाहेक नागरिक आवासका रूपमा प्रयोग भएको भवन, घरटहरा वा सो भएको जग्गालाई आवासीय क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ।
बालबालिकाका क्षेत्रमा नीतिगत प्रयास जरुरी
बालबालिकासम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदनले बालमैत्री समाजको आधार तयार गर्न बालबालिकाको क्षेत्रमा विशेष नीतिसहित प्रयास गर्नुपर्ने औँल्याएको छ। राष्ट्रिय बाल अधिकार परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख तथ्याङ्कले बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहज पहुँच, बालश्रम तथा सडक बालबालिकाको न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने प्रस्ट गरेको छ। बालविवाह, हिंसा, शोषण, यौन दुव्र्यवहार, बलात्कार, हत्या, अनधिकृत ओसारपसारलगायत अन्त्यका लागि परिवार, नागरिक समाज तथा राज्यले निर्वाह गर्नुपर्ने जिम्मेवारीमा पनि समन्वय हुनुपर्ने देखिएको छ।
भैरहवामा चैतबाट अनिवार्य उडान
नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य व्यावसायिक उडानका लागि जारी गरेको निर्देशन तत्कालका लागि स्थगित गरेको छ । यसअघि प्राधिकरणले हिउँदे उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्दै आएका हवाई कम्पनीलाई दैनिक एक उडान भैरहवाबाट गर्न निर्देशन दिएको थियो ।
निःशुल्क मोबाइल र सिमको दुरुपयोग
त्रिभुवन विश्वविद्यालयले आफूमातहतका जिम्मेवार निकायका पदाधिकारी तथा व्यक्तिलाई यसअघि निःशुल्क दिएको मोबाइल सेट र सिमकार्डको दुरुपयोग भएको छ। दुरुपयोग बढेसँगै विश्वविद्यालयले अबदेखि कुनै पनि पदाधिकारी तथा व्यक्तिलाई यस्तो सुविधा नदिने निर्णय गरेको छ। विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले २०७३ फागुन ११ गते विश्वविद्यालयमा नियुक्त बहालवाला पदाधिकारी, निकाय प्रमुख, प्रशासन महाशाखा प्रमुख तथा अन्य सावधिक पदमा नियुक्त व्यक्तिलाई मोबाइल सेट र सिमकार्ड दिने निर्णय गरेको थियो तर एक जनाले कतिवटासम्म मोबाइल सेट र सिमकार्ड किन्न पाउने भन्ने विषय भने बैठकले किटानी गरेको थिएन।
कालीकोटमा जेसीबी दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ को अधेरीखोलामा जेसीबी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
एमालेले तय गर्यो प्रदेशतर्फको समानुपातिक सांसदको नाम (सूचिसहित)
नेकपा (एमाले) ले प्रदेश तर्फको समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा आज शनिबार बसेको पदाधिकारीको बैठकले नाम टुङ्गो लगाएको हो । आजै एमालेले समानुपातिक सूचीमा निर्वाचन आयोगमा बुझाएको छ ।
आयोगले सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने
निर्वाचन आयोगले मङ्सिर २६ गते (सोमबार)सम्म समानुपातिकतर्फका सांसद पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको सांसद टुंगो लगायो
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिक तर्फका सांसदको टुंगो लगाएको छ।
समाजवादीले निर्वाचन आयोगमा प्रदेश सभा सदस्यको नाम पठायो
नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश सभातर्फ समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा निर्वाचन आयोगले तोकेर पठाएको क्लस्टर र प्राथमिकता अनुसार नाम पठाउने निर्णय गरेको छ।
एमालेले टुङ्ग्यायो ३४ जना सङ्घीय समानुपातिक सांसदको नाम (सूचीसहित)
नेकपा (एमाले) ले समानुपातिक तर्फको ३४ जनाको नाम टुङ्गो लगाएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा आज बसेको पदाधिकारी बैठकले नाम टुङ्गो लगाएको हो ।
मानवअधिकार र कानुनी शासनको पक्षमा काम गर्नु आवश्यक छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार, लोकतन्त्र र कानुनी शासनको पक्षमा सामूहिक रूपमा काम गर्न आवश्यक रहेको बताउनुभएको छ।
कांग्रेसले टुङ्ग्यायो समानुपातिक सांसदको नाम
निर्वाचन आयोगले दिएको समयभित्र नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नामको सूचीमा टुङ्गो लगाएको छ ।
कालिगण्डकीमा १५० मेगावाट विधुत परियोजनाको तयारी
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कालिगण्डकी नदीमा १५० मेगावाटको जलविद्युत परियोजना निर्माणको तयारी थालिएको बताउनुभएको छ ।
धनकुटामा बढ्दै मानव अधिकार उल्लङ्घनका घटना
धनकुटामा यो वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो ।
बाढी प्रभावितलाई बीमा कम्पनीको सहयोग
कालीकोट जिल्लाका बाढी प्रभावितलाई बीमा कम्पनीले राहत उपलब्ध गराएको छ । जिल्लाका तीन सय बाढीपहिरो प्रभावित परिवारलाई शिखर इन्स्योरेन्स कम्पनी र हिमालय इन्स्योरेन्स कम्पनीको संयुक्त लगानीमा सिरक डस्ना प्रदान गरिएको हो ।
धारा नेपालगञ्ज म्याराथनको उपाधि खड्कालाई
आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जित्नुभएको छ ।
एमाले सचिवालय बैठक आज बस्दै
नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
मानवअधिकार पुरस्कार श्रेष्ठ र मानव सेवा आश्रमलाई
सरकारले यस वर्षको मानवअधिकार पुरस्कार–२०७९ बाट व्यक्तितर्फ मानवअधिकारकर्मी प्रा.डा. कपिलमान श्रेष्ठ र संस्थातर्फ मानव सेवा आश्रमलाई दिने भएको छ ।
लोसपाले बुझायो समानुपातिक उम्मेदवार सूची
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले समानुपातिकतर्फ प्रदेश सभा सदस्य पदका लागि तीन जनाको नाम छनोट गरी निर्वाचन आयोगमा पठाएको छ । आयोगले उम्मेदवार छनोट गर्न तीन दिनको समयसीमा दिएकोमा लोसपाले केन्द्रीय कार्यसमितिको बैठकको निर्णयबाट उम्मेदवारको सूची स्वीकृत गराएर आयोगमा पठाएको हो ।
स्वास्थ्य सूचकाङ्कमा उल्लेख्य सुधार
नेपालमा स्वास्थ्य क्षेत्रका सूचकाङ्कमा उल्लेख्य सुधार आएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शुक्रबार सर्वेक्षण सार्वजनिक गर्दै योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले मातृ तथा बाल स्वास्थ्यमा भएको प्रगतिलाई सर्वेक्षणले जोड दिएको जानकारी दिनुभयो । स्वास्थ्य सर्वेक्षणअनुसार नेपालका महिलाले औसतमा दुई सन्तान जन्माउने गरेका छन् ।
फ्लाइओभर निर्माण सुरु
ललितपुरस्थित ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन)को निर्माण शुक्रबारदेखि सुरु भएको छ । सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठले फ्लाइओभर निर्माणसम्बन्धी काम शुक्रबारदेखि सुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तत्काल फ्लाइओभर निर्माणसँगै सो क्षेत्रमा हुन सक्ने ट्राफिक जामको व्यवस्थापनका लागि कामहरू सुरु गरिएको छ । ट्राफिक व्यवस्थापनसँगै अबको केही दिनमा भौतिक रूपमै काम सुरु हुन्छ ।”
बीमित बिरामीबाट पनि शुल्क लिने तयारी
स्वास्थ्य बीमामा बीमितहरूले अनावश्यक परीक्षण गर्न चिकित्सकहरूलाई दबाब दिन थालेपछि स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाटै थप १० प्रतिशत शुल्क लिने तयारी गरेको छ । स्वास्थ्य बीमा बोर्ड बैठकमा बीमितले अनावश्यक परीक्षणका लागि दबाब दिन थालेको भन्दै बीमितबाट थप १० प्रतिशत उठाउनुपर्ने प्रस्ताव आएको थियो ।
महासचिवको पत्र कार्यान्वयनमा रोक
सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कामकाज रोक्ने अघिल्लो पत्रलाई निष्प्रभावी गरेको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले रिटको अन्तिम टुङ्गो नलागेसम्म पत्र कार्यान्वयन नगर्न आदेश गरेको हो।