पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य
विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो ।
झापामा दुई लाख पाँच हजारको अवैध सामान बरामद
झापाको मेचीनगर–५ काली मन्दिर छेउमा इलाका प्रहरीका कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली लादै गरेको उक्त मूल्य पर्ने नेपाली ढाकाको झोला चार बोरा र पोते फेला पारेको हो ।
जनप्रतिनिधिलाई महासङ्घकाे सम्मान
नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । शाखाले आफ्नो १० औं साधारणसभाको अवसरमा महासङ्घको साधारण सदस्य भई स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको हो ।
दि राइजिङ नेपालकाे ५७ औं वार्षिकोत्सव
गोरखापत्र संस्थानको दोस्रो दैनिक प्रकाशन अङ्ग्रेजी भाषाको ‘द राइजिङ नेपाल’ को ५७ औं वार्षिकोत्सव एक समारोहका बीच सुरु भएको छ ।
तराई–मधेशमा बढ्यो चिसो
सर्लाहीसहित तराईका जिल्लाहरुमा चिसो बढेको छ । बाक्लो हुस्सु लागेका कारण घाम लाग्न छोडेपछि तराईमा चिसो बढेको हो ।
नाम्खा गाउँपालिकाले सम्पर्क कार्यालय केन्द्रमै सार्यो
उत्तरी नाम्खा गाउँपालिकाले सदरमुुकाम सिमकोटमा सञ्चालन गर्दै आएको सम्पर्क कार्यालयलाई गाउँपालिका केन्द्रमा सारेको छ ।
अचानक चिसो बढेपछि जनजीवन प्रभावित
सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ । यस क्षेत्रमा अचानक बिहीबारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको हो । दुई दिनअघिसम्म बिहान–बेलुका र रातको समयमा चिसो भए पनि दिनभर भने पारिलो घाम लाग्ने गरेको थियो ।
प्रदूषण मापदण्ड पूरा नगर्ने गाडीलाई एक लाख जारिवाना
वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जारिवाना गर्ने भएको छ ।
रिट दर्ता गर्न अस्वीकार
नेपाल सरकारले फौजदारी कार्यविधिसंहिता संशोधनका लागि ल्याएको अध्यादेशविरुद्ध परेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अध्यादेश जारी नहुँदै आशङ्काका भरमा रिट निवेदन ल्याइएको भन्दै सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको हो । सरकारले ल्याएको अध्यादेश संविधान एवं कानुनविपरीत रहेको भन्दै अधिवक्ता कपिलदेव ढकाल रिट निवेदन लिएर सर्वोच्च अदालत पुग्नुभएको थियो ।
सिन्धुलीको मरिणमा १२ कक्षासम्म निःशुल्क शिक्षा
सिन्धुलीको मरिण गाउँपालिकाले आन्तरिक स्रोतबाट सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको पढाइ निःशुल्क गरेको छ । सरकारले हालसम्म कक्षा ८ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरे पनि मरिण गाउँपालिकाले आन्तरिक स्रोतमा कक्षा १२ सम्मको पढाइलाई निःशुल्क बनाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार पालिकाको नीति तथा कार्यक्रमअनुसार गाउँ सभाबाट पारित गरी कक्षा १२ सम्मको पढाइ निःशुल्क गर्ने व्यवस्था गरिएको हो ।
बदर मत २०४८ यताकै बढी
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा बदर मतको प्रतिशत उल्लेख्य बढेपछि निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दल मात्रैको निर्वाचन चिह्न हुनेगरी मतपत्र तयार पारे पनि आयोगले अपेक्षा गरेअनुसार बदर मत प्रतिशत घटेन। २०४८ यताका निर्वाचनमा २०७९ मङ्सिरको निर्वाचनको बदर मत प्रतिशत सबैभन्दा बढी ५ दशमलव १९ र २०५६ को निर्वाचनमा सबैभन्दा कम २ दशमलव ७५ प्रतिशत रहेको थियो। जिल्लागत आधारमा हेर्दा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा बाँके जिल्लामा करिब १० प्रतिशत मत बदर भएको पाइएको छ। प्रतिनिधि सभाको समानुपातिकमा ७.४७ प्रतिशत मत बदर भएको बाँके जिल्लामा प्रदेशतर्फको समानुपातिकमा ९.४५ प्रतिशत मत बदर भएको हो।
द राइजिङ नेपाल ५८ वर्षमा प्रवेश
गोरखापत्र संस्थानको सहप्रकाशन द राइजिङ नेपाल आजबाट प्रकाशनको ५८औँ वर्षमा प्रवेश गरेको छ । २०२२ साल पुस १ गतेबाट द राइजिङ नेपालको प्रकाशन सुरु भएको हो । ठूलो आकारको पहिलो अङ्ग्रेजी दैनिकका रूपमा द राइजिङ नेपाललाई लिइन्छ ।
तलब आयोगले काम थाल्यो
सरकारले सबै राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगले काम प्रारम्भ गरेको छ। गत भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको अध्यक्षतामा तलब सुविधा आयोग गठन गरेको थियो। सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा तलब सुविधा आयोग र प्रशासनिक पुनःसंरचना आयोग गरी दुईवटा आयोग गठन गर्ने उल्लेख गरिएको छ। सरकारले प्रशासनिक पुनःसंरचना आयोग गठन गर्न सकेको छैन। दुवै आयोगको काम एउटै आयोगले गर्ने कि फरक–फरक आयोग बनाएर गर्ने भन्ने अन्योलका कारण तलब सुविधा आयोगले काम प्रारम्भ गर्न ढिलाइ भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्नुपर्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गरी व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताउनुभएको छ ।
नयाँ मान्छे देखेपछि विद्यालय छाडेर भाग्ने प्रधानाध्यापक !
अजिगारा ताल नजिकै एउटा विद्यालय छ । घाँटीमा क्यामेरा भिरेको देखेपछि एक जना हातमा केही कागजात निकालेर विद्यालयबाट बाहिरिनुभयो ।
सुदूरपश्चिम प्रदेश सभामा खस आर्य समुदायको वर्चस्व
सुदूरपश्चिम प्रदेश सभामा खस आर्यको वर्चस्व भएको छ । जम्मा ५३ सदस्य रहेको प्रदेश सभाका लागि खस आर्यबाट ४३ जना प्रदेश सभा सदस्य चयन हुनुभएको छ ।
पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौंको स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ ।
अब बन्ने सरकार पनि गठबन्धनकै बन्छ : मन्त्री भुसाल
ऊर्जा, जलश्रोत र सिँचाइमन्त्री पम्फा भुसालले हालकै गठबन्धनले नयाँ सरकार बनाउने कुरामा कुनै पनि दुबिधा नरहेको स्पष्ट पार्नुभएको छ ।
नगरको गाडी ६ महिनादेखि बाटैमा बेवारिसे
जिल्लाको रास्कोट नगरपालिकाले आफ्नो सवारी साधन ६ महिनादेखि बेवारिसे छाडेको छ । नगरपालिकाको बा १ झ ६४२२ नम्बरको सरकारी प्लेटको गाडी खाँडाचक्र नगरपालिका २ को झाम्ला मोडमा अलपत्र छाडिएको छ ।
सीता एयरको डोनियर जहाज विमानस्थलमै थन्कियो
निजी क्षेत्रको सीता एयरको डोनियर जहाज चार दिनदेखि सिमकोट विमानस्थलमै थन्किएको छ ।
दक्ष जनशक्ति विकास गर्नेतर्फ शैक्षिक गतिविधि उन्मुख हुनुपर्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति बिद्यादेवी भण्डारीले हाम्रो मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा सांस्कृतिक सम्पदाहरूमा आधारित उद्यमशीलता प्रवर्धन गर्न आवश्यक पर्ने दक्ष जनशक्ति विकास गर्नेतर्फ शैक्षिक गतिविधिहरू उन्मुख हुनुपर्ने बताउनु भएको छ ।
मुख्य सडकका खाल्डाखुल्डी तत्कालै पुरिनेछ: सडक डिभिजन
काठमाडौँका मुख्य सडकमा देखिएका खाल्डाखुल्डी तत्कालै पुरिँदै आएको सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौंले बताएको छ
म्याग्दीको दुर्गम सडक योजनाले गति लियो
जिल्लाको दुर्गम धवलागिरि गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति योजनाले गति लिएको छ ।
बस्न सकेन धरान कार्यपालिका बैठक
धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक चार पटकमा पनि बस्न सकेको छैन । गत कात्तिक १२ गतेको कार्यपालिका वैठकमा मेयर र वडाध्यक्षबीच विवाद भएपछि कार्यपालिका बैठक स्थगित भएको थियो ।