संसद् बैठकको तयारी तीव्र
प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष पेस भएसँगै सङ्घीय संसद् सचिवालयले अधिवेशनको तयारीलाई तीव्रता दिएको छ । निर्वाचन परिणाम बुझाएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । मङ्सिर २९ गते अन्तिम परिणाम बुझाएपछि सचिवालयले तयारीलाई तीव्रता दिएको हो ।
पूर्वस्वीकृतिबिना बिदा नबस्न परिपत्र
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीलाई पूर्वस्वीकृतिबिना बिदा नबस्न परिपत्र गरेको छ। स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीलाई कार्यालय समयमा कार्यालयमा भेट्न सकिँदैन। मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिले पूर्वस्वीकृतिबिना बिदा बस्ने गरेकाले कार्यालय समयमा कर्मचारी भेटिन छाडेका कारण सो परिपत्र गरेको हो।
निगमको भैरहवा उडान अनिश्चित
नेपाल वायुसेवा निगमले तत्काल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नगर्ने भएको छ । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले हिउँदे उडान तालिकाअनुसार सोमबारदेखि काठमाडौँ–दोहा–भैरहवा–काठमाडौँ सातामा दुई दिन र काठमाडौँ–क्वालालम्पुर–भैरहवा–काठमाडौँ साताको एक दिन उडान तालिका स्वीकृत गरेको थियो। तर निगम सञ्चालक समितिको बोर्ड बैठक बस्न नसक्दा र सम्बन्धित गन्तव्यमा उडान गर्नका लागि ओभरफ्लाइङको अनुमति नपाउँदा उक्त गन्तव्यमा कहिलेदेखि उडान हुन्छ भन्नेबारे टुङ्गो लाग्न सकेको छैन।
पहिचानका लागि स्तम्भ ठड्याउने होड
पर्यटक आकर्षित गर्न स्थानको विशेषता झल्काउने गरी स्तम्भ निर्माण गर्ने प्रचलन झाँगिँदै गएको छ । त्यस्ता स्तम्भ देख्नासाथ जोकोहीले पनि सो स्थान तरकारी वा फलफूलका पकेट क्षेत्र रहेको सहजै थाहा पाउँछन् । यस्ता स्तम्भसामु उभिएर सेल्फी खिच्ने र सामाजिक सञ्जालमा राख्ने उत्तिकै फेला पर्छन् । स्वादिलो सुन्तला उत्पादनका लागि नामुद शहीदभूमि गाउँपालिकामा सुन्तलाको स्तम्भ निर्माण गरिएको छ । गाउँपालिकाले करिब १९ लाख रुपियाँ खर्च गरेर पिप्लेडाँडामा स्तम्भ निर्माण गरेको छ । गाउँपालिकाका अध्यक्ष मनोज राईले भन्नुभयो, “सुन्तला उत्पादनका लागि यो क्षेत्र प्रख्यात छ । त्यसैले यसलाई पर्यटकीय क्षेत्रका रूपमा परिचित गराउन सुन्तला स्तम्भ निर्माण गरिएको हो ।”
‘महाभियोग प्रस्ताव नयाँ संसदमा जाँदैन’
महाभियोगको प्रस्ताव नयाँ संसदमा जाने संवैधानिक, कानुनी र परम्परागत आधार नभएको जिकिरसहित सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले सर्वोच्च अदालतलाई जवाफ पठाउनुभएको छ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी हुने प्रस्ताव कार्यान्वयन रोक्न माग गर्दै दायर रिटमा महासचिव गौतमले आइतबार महान्यायाधिवक्ताको कार्यालयमार्फत जवाफ पठाउनुभएको हो। लिखित जवाफमा नयाँ संसद्मा महाभियोग जान्छ भन्ने निवेदकको दाबी तथ्यहीन रहेको जिकिर पनि गरिएको छ। नेपालको संसदीय अभ्यासमा हालसम्म एउटा सभामा दर्ता भएका प्रस्ताव र विधेयक निर्वाचित अर्को सभामा पेस भएका उदाहरण नभएको पनि जवाफमा उल्लेख छ।
नातिकाजी राष्ट्रिय सम्मान सार्वजनिक
नेपाली गीत सङ्गीतका क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टाहरूलाई प्रदान गरिने नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार –२०७८ सार्वजनिक गरिएको छ ।
पुल बनेपछि जोडियो सदरमुकामसँग रोशीजैदु
बत्तीमुनिको अँध्यारो भनेजस्तै विकासमा पछि परेको सोलुखुम्बुको सदरमुकाम वडाको एउटा गाउँ सोलुदूधकुण्ड नगरपालिका –५ को रोशी र जैदुक्षेत्र सदरमुकाम सल्लेरीसँग सडक सञ्जालमा जोडिएको छ ।
महाकाली तटीय क्षेत्र : उहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य
वि.सं २०७० अघि हरेक वर्षातमा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो ।
शुद्धोधन १ बालविवाह तथा जातीय छुवाछूत मुक्त वडा
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा १ बालविवाह तथा छुवाछुत मुक्त वडा घोषणा भएको छ । जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले एक समारोहबीच घोषणा गर्नुभएको हो ।
मेलम्चीमा पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको सालिक अनावरण
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा पूर्वप्रधानमन्त्री एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक अनावरण गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसमा कामदार सम्मानित
सुनसरी सदरमुकाम इनरुवामा २२ औँ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका दिन कामदारहरू सम्मानित भएका छन् ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान
निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।
कान्ता रिजाल साइप्रसका लागि पनि गैरआवासीय राजदूत नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालीको आवासीय राजदूतमा कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि पनि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।
‘गाउँ–गाउँमा सिंहदरबार’को नारा कार्यान्वयन हुँदै
खोटाङका दुई स्थानीय तहले वडामै पुगेर योजना तथा कार्यक्रम सम्झौता गरेका छन् । पालिकासम्म आउँदा नागरिकलाई सास्ती भएको भन्दै वडामै पुगेर दिप्रुङ चुईचुम्मा र खोटेहाङ गाउँपालिकाले योजना तथा कार्यक्रम सम्झौता गरेका हुन् ।
टरिगाउँ विमानस्थल : हप्तामा पाँच दिन उडान
दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको पाँच दिन उडान हुने भएको छ । यसअघि हप्ताको तीन दिनमात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान हुँदै आएको थियो ।
कांग्रेस बैठक आज
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । राष्ट्रिय सभा सदस्य एवं कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्नेछ ।
श्रमिकको पुनः एकीकरणमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण
आप्रवासी श्रमिक र उनीहरूका परिवारका सदस्यको अधिकार संरक्षण गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताह शुक्रबारदेखि सुरु भएको छ । सो अवसरमा शुक्रबार सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनः एकीकरणसम्बन्धी छलफल गरेको हो । छलफलमा वैदेशिक रोजगारीमा रहेका र रोजगारीमा जाने श्रमिकको हकहितको संरक्षणका लागि स्थानीय तहबाट पुनः एकीकरणको काम गर्नुपर्ने तत्काल हुनुपर्ने आवश्यकता औँल्याइयो ।
पटुकीका पैसाले वृद्धाको लियो ज्यान
काठमाडौँको तारकेश्वर नगरपालिका–६, पुसलकी ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । तारकेश्वर–६ का ३९ वर्षीय नरेन्द्र शिवभक्ति पक्राउ परेका हुन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । गत मङ्सिर २० गते वृद्ध महिला हराएपछि परिवारका सदस्यले प्रहरी वृत्त बालाजुमा निवेदन दिएपछि खोजी भइरहेको थियो । एक छोरा र चार छोरीकी आमा एक्लै बस्दै आउनुभएको थियो ।
नियन्त्रण प्रणाली नबन्दा मेलम्चीको पानी चुहावट
मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्ने तथा पानी चुहावट हुने समस्या न्यूनीकरणका लागि आवश्यक नियन्त्रण प्रणाली अझै निर्माण हुन सकेको छैन। दुई कम्पनीले प्रणाली निर्माणको जिम्मा पाएका थिए र उनीहरूको म्याद गत महिना नै सकिएको थियो। प्रणाली निर्माण हुन नसक्दा हालै काठमाडाैँको लैनचौर र तीनकुनेमा पाइप फुट्दा सडक जलमग्न भएको थियो।
मोबाइलका कारण दम्पतीको हत्या
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३, आहालेका ७४ वर्षीय विष्णुबहादुर आलेमगरले चलाउने भिभो कम्पनीको मोबाइल घरबाटै चोरी भयो। मोबाइल खोज्नेक्रममा गाउँकै १३ वर्षीय र १५ वर्षीय (नाबालक भएकाले दुवैको नाम नखुलाइएको) दुई जनाले चोरेको पत्ता लाग्यो। मोबाइलधनी मगरले चोरी गर्ने दुई बालकलाई खाजा खान भन्दै केही पैसा दिएर फकाउँदै उक्त मोबाइल फिर्ता लिनुभयो। मोबाइल चोर्ने व्यक्ति नाबालक भएको र मोबाइल पनि फिर्ता पाएको हुनाले त्यतिखेर सो घटना त्यत्तिकै सामसुम भयो।
लुम्विनी प्रदेशको निर्वाचन प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश
गत मङ्सिर ४ गते सम्पन्न लुम्विनी प्रदेश सभा निर्वाचनको प्रतिवेदन प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शनिवार पेश गरिएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश सभा अन्तर्गतको लुम्विनी प्रदेशको निर्वाचन प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गर्नुभएको हो ।
बैतडीमा शिक्षक मृत भेटिए
बैतडीको पाटन नगरपालिका –६, बजार नजिकै रहेको श्रीकृष्ण माविको छात्रबास पछाडि एक जना शिक्षक मृत फेला परेका छन् । श्रीकृष्ण मावि पाटन र पाटन बहुमुखी क्याम्पसमा शिक्षण गर्दै आउनुभएका ५५ वर्षीय धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रभावकारी भूमिका निर्वाह गर्न कांग्रेस सांसदलाई सभापति देउवाको निर्देशन
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधि सभाका सांसदलाई निर्देशन दिनु भएको छ।
निम्नआय भएका बिरामीलाई साढे दुई करोड रुपियाँ सहयोग
म्याग्दीमा रहेको सामाजिक संस्था ओमकुमारी शान्ति कोषले जिल्ला भित्रका निम्नआयस्तर भएका २७९ जना बिरामीको उपचारका लागि साढे दुई करोड रुपियाँ बढी रकम सहायता उपलब्ध गराएको छ ।