नवलपरासीको ग्रामीण क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन पुग्दै
सुगम जिल्लाका रूपमा परिचित भए पनि पूर्वी नवलपरासीका तीन गाउँपालिकाका १३ वडामा अझै राष्ट्रिय प्रसारणको बिजुली नपुग्दा समस्यामा रहेका नागरिक अब बिजुली पुग्ने भएपछि खुसी भएका छन् ।
अस्पताललाई स्वास्थ्य उपकरण सहयोग
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५–पी ले रुपन्देहीको सबैभन्दा जेठो अस्पताल भैरहवास्थित भीम अस्पताललाई करिब ४० लाख रुपियाँ मूल्य बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ ।
बजार बनाउँदै विद्युतीय सवारी, पूर्वाधारमा अझै समस्या
विद्युतीय सवारी साधनको प्रयोगलाई बढवा दिने सरकारी नीतिको सकारात्मक प्रभाव देखिन थालेको छ । सरकारले आन्तरिक उत्पादनका रूपमा रहेको बिजुलीको खपत बढाउँदै आयातित पेट्रोलियम पदार्थ कम गर्ने र हरित ऊर्जालाई प्रवर्द्धन गर्ने नीति लिएको छ ।
गोकर्णदेखि पशुपति आर्यघाटसम्मको ढल व्यवस्थापन गर्न माग
बागमती सफाइ महाअभियानले गोकर्ण ड्यामदेखि पशुपति आर्यघाटसम्मको ढल पूर्णरुपमा व्यवस्थापन गर्न सरकारसमक्ष माग गरेको छ । बाग्मती सफाइ महाअभियानले ५०६औँ हप्ता पूरा गर्दा पनि मुहान क्षेत्रकै नदी सफाइ हुन नसकेपछि उक्त माग गरिएको हो ।
जनकपुरका दुई युवाको भारतमा हत्या, शव नेपाल ल्याइँदै
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । १३ दिनदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो ।
‘एकता स्थापित गर्न पर्वको भूमिका महत्त्वपूर्ण’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दैआएको बताउनुभएको छ ।
सुर्खेत सडक दुर्घटना : चार सहपाठी सँगै अस्ताए
आइतबार बिहान सुर्खेत वीरेन्द्रनगर ११ झुप्रा खोला नजिक इसुजु डी म्याक्स कम्पनीको गाडी दुर्घटना हुँदा चार जनाको ज्यान गयो । ज्यान गुमाउने चारै जना स्वास्थ्यकर्मी हुन् ।
शहीद सप्ताहमा विविध कार्यक्रम
काठमाडौँ महानगरपालिकाले माघ १० गतेदेखि विभिन्न कार्यक्रमको आयोजना गरी साप्ताहिक रूपमा यस वर्ष शहीद दिवस मनाउने निर्णय गरेको छ। महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा बसेको मूल समारोह समितिको बैठकले सो निर्णय गरेको हो।
तिलगङ्गा आँखा केन्द्रलाई मानित विश्वविद्यालय बनाइने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगङ्गा आँखा केन्द्रलाई मानित विश्वविद्यालयका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँसँग तिलगङ्गा आँखा केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले गर्नुभएको भेटमा प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
गैँडा मार्न विद्युतीय धराप
गैँडा सिकारीले गैँडा मार्ने परम्परागत शैलीमा परिवर्तन ल्याएका छन् । खाग तस्करीका लागि गोली हानेर गैँडा मार्ने परम्परागत शैली परिवर्तन गर्दै तस्करले विद्युतीय धरापलाई गैँडा मार्ने माध्यम बनाउन थालेका हुन् ।
‘ब्ल्याक बक्स’ पठाउनेबारे निर्णय हुन बाँकी
यही माघ १ गते पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ९एन–एनसी विमानको ब्ल्याक बक्समा रेकर्ड भएका गतिविधि अध्ययन तथा विश्लेषणका लागि कहाँ पठाउने भन्नेबारे सोमबार मात्र निर्णय हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले जहाज दुर्घटनाको प्राविधिक पक्ष विश्लेषणका लागि विशेष सुविधा सम्पन्न प्रयोगशालामा पठाउनुपर्ने भएकाले फ्रान्स, सिङ्गापुर वा बेलायत कुन देशमा पठाउने भन्नेबारे छलफल भइरहेको र सोमबारसम्म निर्णय हुने बताउनुभयो।
महँगो शालीनदी
शङ्खरापुर नगरपालिकाको वडा नम्बर ७ मा पर्ने शालीनदीमा स्वस्थानी माता तथा माधवनारायणको मेला चलिरहेको छ। पुस शुक्ल पूर्णिमाबाट सुरु भई माघ पूर्णिमासम्म चल्ने स्वस्थानी मेलामा आमदर्शनार्थीको भीडभाड अत्यधिक छ। भीडभाडसँगै मन्दिरवरपर थापिएका खाजानास्ता, फलफूल र पूजासामग्री पसलले धार्मिक मेलाका नाममा दर्शनार्थी सर्वसाधारणसँग चर्काे मूल्य लिइरहेका छन्।
पक्की पुलले जोड्यो कर्णाली र सुदूरपश्चिम
कर्णाली नदीमा पक्की पुल बनेपछि कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेश सडक सञ्जालमा जोडिएका छन् । सुर्खेतको पञ्चपुरी ११ कुइने र कैलालीको मोहन्याल ७ बडीगाउँमा रहेको कर्णाली नदी माथी पक्की पुल निर्माण भएपछि अन्तरप्रदेश जोडिएका हुन्।
दार्चुलामा एक महिलाको शव फेला
दार्चुलाको गोकुलेश्वरस्थित चौलानी नदी किनारमा एक महिलाको बेवारिसे शव फेला परेको छ । शैल्यशिखर नगरपालिका –९ गोकुलेश्वरमा चौलानी नदीको किनारमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जोनापुरको भलमन्सा भूमिकामा सीता चौधरी
पुरुषले मात्रै गाउँ, समाजको नेतृत्व गर्नुपर्छ भन्ने मान्यतालाई चिर्दै कैलालीमा महिलाले भलमन्साको जिम्मेवारी लिन थालेका छन् । गाउँ चलाउन महिला पनि सक्षम रहेको सन्देश दिदैं उहाँहरु भलमन्साको भूमिकामा आउन थाल्नुभएको हो ।
काठमाडौं चक्रपथमा चलाउने भनिएको मोनोरेल अनिश्चित्
काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने भनेको मोनोरेल अब सञ्चालनका लागि भौतिक संरचना नबन्ने भएको छ ।
तम्घासलाई हर्न निषेधित क्षेत्र बनाइँदै
गुल्मीको तम्घास बजारलाई हर्न निषेधित क्षेत्र बनाइने भएको छ । रेसुङ्गा नगरपालिकाको मुख्यबजार एवम् जिल्लाको सदरमुकाम तम्घासलाई हर्न निषेधित क्षेत्र बनाउने निर्णय गरेको हो ।
कर्जाको ब्याजदर नतिर्ने भन्दै दबाब आउन थाल्यो : अध्यक्ष केसी
नेपाल बैंकर्स सङ्घका अध्यक्ष तथा एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैङ्कको कर्जाको ब्याजदर नतिर्ने भन्दै समूह बनाएर बैङ्कहरूलाई दबाब आउन थालेको बताउनुभएको छ ।
तीन दिनपछि शव फेला
ताप्लेजुङको फुङ्लिङ नगरपालिका –१० फुरुम्बुमा एक व्यक्ति बेपत्ता भएको तीन दिनपछि शव फेला परेको छ । प्रहरीका अनुसार फुरुम्बुका स्थानीय टङ्कबहादुर नुगो लिम्बूको शव फेला परेको हो ।
सैनामैनामा ऐतिहासिक तीन दिने भड्छा मेला सुरु
रुपन्देहीको सैनामैना नगरपालिकामा ऐतिहासिक भड्छा महोत्सव आज शनिबारबाट सुरु भएको छ । सैनामैना नगरपालिका वडा नं. ८ मा भड्छा गाउँ समाज सैनामैना –८ ले माघेऔंसीको अवसरमा मेला आयोजना सुरु भएको हो ।
टाइगर रिसोर्टले सार्वजनिक जग्गा मिचेको ठहर
जिल्ला अदालतले रुपन्देहीको तिलोत्तमा नगरपालिका –१७, स्थित कोटिहवामा सञ्चालित विदेशी लगानीको पाँच तारे होटल टाइगर प्यालेस रिसोर्टले सार्वजनिक जमिन मिचेर संरचना निर्माण गरेको ठहर गरेको छ ।
सर्वदलीय बैठक : उपसभामुख निर्वाचनबारे छलफल
सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठकमा उपसभामुख निर्वाचनको आज (शनिबार) को कार्यतालिका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ ।
जनताप्रतिको उत्तरदायित्व र जबाफदेहिता पहिलो प्राथमिकता : सभामुख
सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जबाफदेहितालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठकमा उपसभामुख चयन हुँदै (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभाको उपसभामुख चयन प्रक्रिया नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ । आज (शनिबार) दिउँसो १ बजेबाट बसेको प्रतिनिधि सभा बैठकमा उपसभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ ।