हरवा चरवाद्वारा पुन: स्थापनाको माग
सरकारले हरवा चरवालाई मुक्त घोषणा गरेको भए पनि पुनर्स्थापना नभएको भन्दै हरवा चरुवा प्रतिनिधिहरू आफ्नो माग लिएर सिंहदरबार पुगेका छन् । सरकारले गत साउन २ गते नै हरवा चरुवा मुक्त घोषणा गरेको थियो ।
निर्माण गति सुस्त छ, सुधार्नुस् : संसदीय टोली
राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको टोलीले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको आज (सोमबार) अवलोकन गरेको छ ।
प्रभावकारी बन्दै ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’
गर्भवती महिला र नवजात शिशु सुरक्षाका लागि केन्द्रित राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी देखिएको छ । सुत्केरी व्यथाले च्यापेका दुर्गमका महिलालाई तत्काल उद्धार गर्ने यो कार्यक्रम प्रभावकारी बन्दैआएको स्थानीय नागरिकको भनाइ छ ।
बुटवलमा फागुन २ गतेदेखि कृषि मेला हुने
फागुन पहिलो सातादेखि बुटवलमा कृषि मेला हुनेभएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा फागुनको पहिलो साता बुटवलमा कृषि मेला आयोजना गर्न लागिएको हो ।
नेप्से परिसूचक १३.७१ अङ्कले गिरावट
साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । सोमबार नेप्से १३.७१ अङ्क घटेर २१६५.१० बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०५ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अङ्कले घटेको छ ।
'सरकारमा दलित मन्त्री : मिसाएजस्तो मात्र’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा एक जना दलित महिला राज्यमन्त्री हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) बाट सुशीला सिर्पाली ठकुरी राज्यमन्त्री हुनुहुन्छ । सरकारको २३ सदस्यीय मन्त्रिपरिषद्मा छ महिला मन्त्री र तीन जना राज्यमन्त्री हुनुहुन्छ । मन्त्रिपरिषदमा भएको दलित प्रतिनिधित्वलाई लिएर सो समुदायका अगुवाले ‘दलित’ मिसाएकोजस्तो मात्र भएको टिप्पणी गर्नुभएको छ ।
कर्णालीमै अब मिर्गौला प्रत्यारोपण सेवा
प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नुभएको छ । अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै मिर्गौला प्रत्यारोपण सेवा शनिबारदेखि सुरु गर्ने जानकारी गराएको हो ।
बोलेरो जिप पल्टिँदा एकको मृत्यु, सात घाइते
म्याग्दीको मंगला गाउँपालिका –२ काफलचौरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।
युवामा हृदयाघातको समस्या बढ्दै
पछिल्लो समय युवावस्थामा पनि हृदयाघात हुने सम्भावना बढ्दै गएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारीका अनुसार हृदयघात भएर अस्पतालमा आउने मध्ये ४५ वर्ष नपुगेका १२ प्रतिशत युवा छन् ।
पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज रातिदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने
नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचन समयमै हुनेगरी आवश्यक कानुनी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
स्रष्टा समाजद्वारा वरिष्ठ कवि र वरिष्ठ हास्यव्यङ्ग्यकारलाई सम्मानको घोषणा
नेपाल स्रष्टा समाजले यस वर्षका लागि सुभद्रा विश्वराज स्रष्टा र रमेशगङ्गा स्रष्टाले दुई जनालाई सम्मन गर्ने घोषणा गरेको छ । समाजले वरिष्ठ कवि हरि फुयाँललाई सुभद्रा विश्वराज स्रष्टा र वरिष्ठ हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेललाई रमेशगङ्गा स्रष्टा प्रदान गर्ने घोषणा गरेको हो ।
प्रधानमन्त्री र सभामुख घिमिरेबीच बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच अहिले विहान बालुवाटारमा छलफल भइरहेको छ । सोमबार विहान सभामुख घिमिरे प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
भेटिए मौर्यकालीन सामग्री
राजा शुद्धोधनको राजदरबार एवं सिद्धार्थ गौतमले जीवनकालका प्रारम्भिक २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा थप मौर्यकालीन पुरातात्त्विक सामग्री फेलापरेका छन्। तिलौराकोटको मध्य भागमा रहेको मौर्यकालीन पोखरीको उत्खननमा आहात मुद्रा (पञ्च मार्क मुद्रा)समेत भेटिएको छ। सो पोखरीको उत्खनन विगतदेखि नै भए पनि अहिलेसम्म पञ्चमार्क मुद्रा त्यहाँ भेटिएको थिएन तर अन्य स्थानमा भने फेलापरेको थियो।
कांग्रेसद्वारा विपक्षी दलको सुविधा विवरण माग
नेपाली कांग्रेसले विपक्षी दलले पाउने सुविधाको विवरण माग गर्दै सङ्घीय संसद् सचिवालयलाई पत्र लेखेको छ। कांग्रेस संसदीय दलको कार्यालयबाट संसद्का महासचिवलाई उक्त पत्र पठाइएको हो। पत्रमा विपक्षी दलले पाउने सुविधा खुलाइदिन आग्रह गरेको छ। सचिवालयले सङ्घीय संसद्का पदाधिकारी तथा सुविधासम्बन्धी ऐनअनुसार पाउने विवरणबारे जानकारीसमेत दलको कार्यालयलाई गराइसकेको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि विपक्षी
एकीकृत आबद्धता प्रणाली निर्माण हुन सकेन
स्थानीय तहका उपलब्धिलाई राष्ट्रिय प्रणालीसँग एकीकृत रूपमा आबद्ध गर्ने प्रणाली अहिलेसम्म निर्माण हुन सकेको छैन । यस्तो प्रणालीको अभावमा स्थानीय तहमा भएका भौतिक र मानवीय विकासका उपलब्धि सङ्घीय सरकारको तथ्याङ्कमा एकीकृत रूपमा अभिलेखीकरण हुन सकेको छैन ।
शान्ति सैनिकमा नेपालीकै भर
संयुक्त राष्ट्रको अन्तरिम बल (युनिफिल)मा विभिन्न देशका सैनिक र स्थानीयबीच दोभाषेका रूपमा काम गर्नुभएका ६९ वर्षीय लेबनानी नागरिक मुनिफ आतवी नेपाली आएको जानकारी पाउनासाथ स्वागत गर्न आतुर देखिनुहुन्छ । युनिफिलअन्तर्गत ४८ देशका झन्डै ११ हजार शान्ति सैनिक तैनाथ रहेको लेबनानमा दोभाषेका रूपमा युनिफिलमा काम गर्नुभएका मुनिफले सबैजसो देशका सैनिकसँग काम गरेको अनुभव छ ।
सङ्घीय निजामती ऐनको मस्यौदा छिट्टै
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छिट्टै सङ्घीय निजामती सेवा ऐनको मस्यौदा मन्त्रिपरिषद्मा प्रस्तुत गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत पुस १९ गते सचिवहरूसँग बैठक गरी ३० बुँदे निर्देशन दिँदै ऐनको मस्यौदा आगामी संसद्मा पेस गर्न भन्नुभएको थियो । सोही निर्देशनअनुसार मन्त्रालयले ऐनको मस्यौदा मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ ।
आजदेखि देशभर वर्षा हुने
मौसम विज्ञान विभागले आज सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
पर्यटन व्यबसायी तथा गीतकार गिरी सम्मानित
सङ्गीत महर्षी नातिकाजिको ९८ औं जन्मजयन्तीको अवसरमा वरिष्ठ संगीतकार देवेन्द्र गिरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित हुनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष समेत रहनुभएका गिरी सम्मानित हुनुभएको हो । उहाँलाई बरिष्ठ सङ्गितकार शम्भुजित बास्कोटा र वरिष्ठ साहित्यकार बैरागी काईंलालेसमेत सम्मानित गर्नुभयो ।
क्रिकेट विजेतालाई मुख्यमन्त्रीको बधाई
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्रसिंह रावलले इटहरीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली विजेता भएकोमा बधाइ दिनुभएको छ ।
नर्सरी व्यवसाय सङ्कटमा
विभिन्न जातका फलफूलको विरुवा उत्पादन गर्ने रौतहटको किसानले सञ्चालन गर्दैआएका नर्सरी व्यवसाय सङ्कटमा परेको छ । नर्सरीमा उत्पादित विरुवाको उचित मूल्य पाउन छाडेपछि व्यवसाय सङ्कटमा परेको हो ।
‘चुरे संरक्षणमा ध्यान दिनुपर्छ’
चुरे क्षेत्रको संरक्षण गर्ने काममा तीनै तहका सरकारले समन्वय गरी आफनो कार्यक्रम तयार गर्नुपर्नेमा विज्ञहरुले जोड दिनुभएको छ । गृह मन्त्रालय अन्तर्गतका राष्ट्रिय विपद् न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणले जनकपुरधाममा गरेको कार्यक्रममा उहाँहरुले त्यस्तो बताउनुभएको हो ।
जनकपुरका दुई युवाको अपहरणपछि हत्या, पाँच जना पक्राउ
भारतको विहार घुमन गएको बेला जनकपुरधामका दुई युवाको अपहरणपछि हत्या गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।