सरस्वती पूजाको अवसरमा राष्ट्रपतिद्वारा वसन्त श्रवण (फोटो फिचर)
राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीबार वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा उक्त स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ ।
पेट्रोलियम पाइपलाइन परियोजना : दोस्रो चरणको काम तीव्र
नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ ।
यातायात कार्यालय धनकुटाका प्रमुखलाई मोसो दलेर दुर्व्यवहार
यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई नेकपा बहुमतका कार्यकर्ताले कार्यकक्षमै मोसो दली दुर्व्यवहार गरेका छन्। घुस लिएर मात्र लाइसेन्स निकालिदिने गरेको र आफ्नो मान्छेलाई लाइसेन्स नदिएको आरोप लगाउँदै लुइँटेललाई कार्यकक्ष भित्र पसेर मोसो दली दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।
फर्जी बिल बनाउने चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
होटलहरूको फर्जी बिल तयार गरी रकम हिनामिना गरेको आरोपमा पञ्चपुरी नगरपालिका सुर्खेतका लेखा अधिकृत मोहनबहादुर बुढासमेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार २०७८ माघ महिनादेखि २०७९ जेठ मसान्तसम्म विभिन्न खर्च शीर्षकबाट खर्च लेखी विभिन्न होटलका फर्जी बिल तयार गरी रकम हिनामिना गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो। खाली बिलमा किर्ते बिल भर्पाई तयार गरी भुक्तानीका लागि गोश्वारा भौचर र बैङ्कको चेकमा समेत प्रमुख प्रशासकीय अधिकृतको दस्तखत महलमा किर्ते दस्तखत गरी दुई लाख ६२ हजार ५०२ रुपियाँ भुक्तानी दिएको देखिएको अख्तियारको आरोप छ।
क्रसर उद्योगलाई समयसीमा
सरकारले क्रसर उद्योग नियमन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार सम्पन्न बैठकले क्रसर उद्योगलाई नियमन गरी सञ्चालन गर्न दिने र बिनाअनुमति सञ्चालन भइरहेकालाई बन्द गर्ने निर्णय गरेको हो ।
फोहोरलाई छुट, तरकारीमा कर
जिल्ला प्रशासन कार्यालय बैतडीले महाकाली नदीमा विसर्जन गरिने फोहोर अन्यत्र व्यवस्थापन गर्न स्थानीय पालिकासँग पहल गर्ने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले कार्यालय प्रमुखको बैठकमा फोहोर व्यवस्थापनका विषयमा छलफल भएको र त्यसैबाट स्थानीय पालिकासँग छलफल गर्ने निर्णय भएको बताउनुभयो । उहाँले विशेष गरी महाकालीको सीमा क्षेत्रका स्थानीय तहमा भित्रिने प्लास्टिक र मदिराका सिसी व्यवस्थापनका विषयमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । नपाल–भारत सीमा नदीका रूपमा रहेको महाकाली नदीमा नेपाल र भारततर्फ
कर्मचारीको तलब बढाउन आयोगलाई सुझाव
राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगसमक्ष कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपियाँ पु-याउनुपर्ने सुझाव विभिन्न सरोकारवाला निकायबाट आएको छ। दैनिक महँगी बढ्दै गएको र महँगीलाई सम्बोधन गर्न न्यूनतम तलब स्केल त्यति पु-याउन सुझाव आएको हो। कर्मचारीको प्रत्येक श्रेणीमा तलब नौ प्रतिशतले थप्नुपर्ने, तलबको पाँच प्रतिशत ग्रेड दिनुपर्ने, निजामती र अन्य कर्मचारीबीच नमिलेका मर्यादाक्रम मिलाउनुपर्ने, अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीलाई अतिरिक्त समय भनिए पनि पूरा समय काम गर्नुपर्ने भएकाले पूर्ण कालको सेवासुविधा दिनुपर्ने,
अल्टिमेटम नाघ्यो पुरिएन सडकका खाल्टाखुल्टी
उपप्रधामन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दिनुभएको अल्टिमेटम नाघ्दा पनि काठमाडौँका सडकका खाल्टाखुल्टी अझै पुरिएको छैन। सम्बन्धित निकायका कर्मचारीलाई मन्त्रालयमै बोलाएर १५ दिनभित्र काठमाडौँका सडकमा रहेका खाल्टाखुल्टी मर्मत गर्न उपप्रधानमन्त्री श्रेष्ठले अल्टिमेटम दिनुभएको थियो। अल्टिमेटमको अवधि माघ ३ गते सकिएको छ। उहाँले गत पुस १९ गते अल्टिमेटम दिनुभएको थियो।
ब्ल्याक बक्स सिङ्गापुर लगिने, छवटा शवको डीएनए परीक्षण गर्नुपर्ने
माघ १ गते पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ९एन–एनसी विमानको ब्ल्याक बक्स परीक्षणका लागि सिङ्गापुर लगिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जहाज दुुर्घटनाको प्राविधिक पक्ष विश्लेषण गर्न सिङ्गापुरको ट्रान्सपोर्ट इन्भेटिगेसन ब्युरोमा लैजाने निर्णय भएको बताउनुभयो ।
मिटरब्याजमा नयाँ शैली अपनाइँदै
मिटरब्याजीले तमसुकको साटो सादा खाली चेकमा हस्ताक्षर गराएर बैङ्कको कारोबार गर्ने र सम्पत्ति हत्याउने गरेको खुलेको छ । कपिलवस्तु शिवराज नगरपालिका–५ की डिल्ली बुढामगर पतिको मृत्युपछि जग्गा नामसारीका लागि मालपोत कार्यालय गएपछि त्यस्तो घटना भएको अनुसन्धानबाट देखिएको छ ।
सरस्वती पूजाका लागि चिटिक्क पारिएका मूर्ति
सुनसरी जिल्लाको को इनरुवामा बिक्रीका लागि राखिएका सरस्वतीका तयारी मूर्ति ।
किसानलाई हाते ट्रयाक्टर
मेलम्ची नगरपालिका–६ का किसानलाई वितरण गर्न राखिएको हाते ट्रयाक्टर ।
सञ्चार माध्यमको व्यवस्थापन गर्न प्रविधिको उच्चतम प्रयोग गरिने
सञ्चार माध्यम व्यवस्थापनमा देखिएका कठिनाइलाई सहज तुल्याउन प्रेस काउन्सिल नेपालसहित ४ वटा निकायहरु एकै ठाउँ जुटी समाधान खोजेका छन् ।
रक्षामन्त्रीद्वारा द्रुतमार्गको निरीक्षण (फोटो फिचर)
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा भइरहेका काम कारबाही र प्रगतिबारे जानकारीसमेत लिनुभएको छ।
आत्मदाह गर्ने आचार्यले उठाएका विषयको छानबिन गर्ने सरकारको निर्णय
सरकारले मंगलबार सङ्घीय संसद् भवन अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यले उठाउनुभएका विषयको छानबिन गर्ने निर्णय गरेको छ।
सरकारलाई समर्थन गरे पनि गठबन्धनमा छैनौँ : अध्यक्ष श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले वर्तमान सरकारलाई समर्थन रहे पनि आफूहरू गठबन्धन दलभित्र नरहेको बताउनुभएको छ ।
सूर्तीजन्य पदार्थको विज्ञापन बन्द गराउन निर्देशन
सरकारले सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गराउन निर्देशन दिएको छ ।
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा
सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा बुधबार सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ।
६ महिनामा ४५ सञ्चार माध्यम काउन्सिलको कारबाहीमा
प्रेस काउन्सिल नेपालले पछिल्लो ६ महिनामा ४५ वटा सञ्चार माध्यमलाई आचारसंहिता उल्लङ्घनमा कारबाही गरेको छ । जसमध्ये एउटा अनलाइन कालोसूचीमा परेको छ ।
नारायणगढ–बुटवल सडकखण्डको पुल निर्माणमा तीव्रता
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड बिस्तार भएको तीन वर्ष पूरा हुँदा २३ प्रतिशत मात्र काम भएको छ । सडक विस्तारको काम सम्झौता भएको मितिले ४८ महिना भएको भए पनि सडक पुनः निर्माणको प्रगति भने निराशाजनक छ ।
प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन
मधेश र थरुहट आन्दोलनका क्रममा आन्दोलनकारी व्यक्तिमाथि झुठा मुद्दा लगाइएको भन्दै झुठा मुद्दा फिर्ताको माग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार प्रदर्शन भएको छ ।
पासोमा परेको चित्तलको उद्धार
कैलालीको गोदावरी –१ स्थित जङ्गलमा सिकारीले थापेको पासोमा परी घाइते भएको चित्तलको उद्धार गरिएको छ । स्थानीय र वनकर्मीको टोलीले चित्तलको उद्धार गरेको हो ।
मुलुकको समस्या समाधान केन्द्रित राजनीति गरौँ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समस्या समाधानमा राजनीतिक दल केन्द्रित हुनुपर्ने बताउनुभएको छ । पार्टी स्कुल विभागद्वारा बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित अनुशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
१५ पात्रो छाप्न स्वीकृति
वि.सं २०८० का लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ ।