अभूतपूर्व विश्वासको मत, २१ दिन सिंहदरबारबाट कामकाज
सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको एक महिना पुगेको छ । कोभिड महामारी, विश्वव्यापी रूपमा देखा परेको आर्थिक मन्दी र त्यसको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव नेपालमा पारिरहेको परिपेक्ष्यमा प्रधानमन्त्री प्रचण्डले देशको नेतृत्व गरिरहनुभएको छ । त्यसलाई स्वयं प्रधानमन्त्रीले चुनौतीपूर्ण अवसरका रूपमा संश्लेषण गर्दै आउनुभएको छ ।
सीमान्तकृत समुदायलाई अधिकारसम्पन्न बनाउनुपर्ने
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले निर्वाचित जनप्रतिनिधि मात्रैले प्रादेशिक संरचना सफल नहुने बताउनुभएको छ । गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले राजधानीमा मङ्गलबार आयोजना गरेको ‘समसामयिक राजनीतिक परिस्थिति र गजेन्द्र बाबु’ विषयक विचार गोष्ठीमा प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका लोसपा अध्यक्ष ठाकुरले सङ्घीयता मजबुत बनाउन सङ्घले शक्ति विकेन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
एकीकृत समाजवादीलाई संसदीय सुविधा दिन अस्वीकार
सङ्घीय संसद् सचिवालयले नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतकलाई सुविधा दिन अस्वीकार गरेको छ । दलको कार्यालयले सांसद प्रकाश ज्वालालाई प्रमुख सचेतक तोकिएको र सुविधा उपलब्ध गराउन माग गर्दै पत्राचार गरेको थियो ।
आवश्यक कानुन निर्माण गर्न संसद् तयार
सभामुख देवराज घिमिरेले जिल्ला समन्वय समितिलाई आवश्यक कानुन निर्माण गर्न सङ्घीय संसद् तयार रहेको बताउनुभएको छ । जिल्लाभित्र भएका स्थानीय तह र अन्य कार्यालयसँग आवश्यक समन्वय र सहकार्य गर्ने महत्त्वपूर्ण भूमिका भएको जिससलाई कानुन निर्माण गरेर सहयोग गर्न संसद् तयार रहेको स्पष्ट पार्नुभयो ।
बाजुरामा अहिलेसम्मकै ठूलो भूकम्प
सुदूरपश्चिम प्रदेशको बाजुरामा मङ्गलबार अहिलेसम्मकै ठूलो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको मेला भनिने स्थानमा केन्द्रबिन्दु भएर दिउँसो २:४३ मा ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प गएको हो। बाजुरामा योसहित यस वर्ष तीनवटा भूकम्प गएका छन्। यसअघि कात्तिक २४ गते र साउन २ गते दुवै पटक ४ दशमलव १ म्याग्नेच्युटको भूकम्प गएका थिए।
कक्षा पाँचसम्मको पुस्तक छपाइको जिम्मा निजीलाई
आगामी २०८० सालको शैक्षिक सत्रका लागि कक्षा १–५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी मुद्रण संस्थालाई दिइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो निर्णय गरेको हो । सोही निर्णयका आधारमा पाठ्यक्रम विकास केन्द्रले निजी मुद्रकलाई पाठ्यपुस्तक छपाइको प्रयोजनका लागि सूचीकृत हुन सूचना जारी गरेको छ । यसअघि कक्षा १–३ का मात्र पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो ।
कालापत्थर देखियो कुमारी हिमाल
यस वर्षको पुस गयो, माघ पनि आधा आधि जान लाग्दासमेत कुमारी हिमाल माछापुच्छ्रेले आफ्नो रूप देखाउनै सकेन। अहिले सुदूरपश्चिम र कर्णालीतिर हिउँ परे पनि माछापुच्छ्रेसम्म हिउँ आइपुगेको छैन। बायाँ धौलागिरि र दायाँ अन्नपूर्ण च्यापेर बसेको माछापुच्छ्रेको कञ्चन हिउँ पग्लेर क्रमशः कालो पहाडमा परिवर्तन हुँदै गएको छ। पोखरा आउने पर्यटकको रोजाइमा परी क्यामरामा कैद हुने माछापुच्छ्रेसँग यतिबेला पर्यटक पनि खुसी छैनन्। क्यामराका लेन्सले खोजेको माछापुच्छ्रेले आफ्नो रूप लुकाएजस्तो देखिन्छ। पोखरा भन्नेबित्तिकै फेवाताल र माछापुच्छ्रेकै कुरा आउँछ तर आज माछापुच्छ्रे आफैँ खुसी छैन।
हिमपातले कर्णाली र सुदूरपश्चिमको जनजीवन प्रभावित
कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा परेको हिमपातले जनजीवन कष्टकर बनेको छ। कर्णाली प्रदेशको माथिल्लो क्षेत्रमा पर्ने कालीकोटको अग्लो भाग, जुम्ला, मुगु, हुम्ला र डोल्पामा भारी हिमपात भएको छ।
चलिरहेका अनलाइनलाई पनि नियमित अभिमुखीकरण गरौँ : सञ्चार मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ अनलाइनलाई जस्तै चलिरहेका अनलाइनका सञ्चालक/सम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिनुभएको छ ।
बाजुरा भूकम्प : एकको मृत्यु, चार घर भत्किए
बाजुरामा केन्द्रबिन्दु भएर मङ्गलबार दिउँसो गएको भूकम्पमा परि एक जना महिलाको मृत्यु भएको छ ।
नेप्से परिसूचक ८.१४ अङ्कले वृद्धि
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । मङ्गलबार नेप्से परिसूचक ८.१४ अङ्क बढेर २१७३.२४ बिन्दुमा पुगेको हो ।
बाजुरा भूकम्प : चार घर भत्किए
बाजुरामा केन्द्रबिन्दु बनाएर मङ्गलबार दिउँसो गएको भूकम्पका कारण चार घर भत्किएका छन् । दिउँसो २ बजेर ४३ मिनेटमा बैतडीसहित सुदूरपश्चिममा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्नुभएको छ ।
२१ सदस्यीय प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन
प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
गृहमन्त्री लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच भेट
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा आज (मङ्गलबार) बिहान भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धि लगायतका विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
मङ्गलबारको प्रतिनिधि सभा बैठक
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । मङ्गलबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्ष गर्न सदस्यहरुको नाम हेरफेर गर्नुहुने छ ।
विभिन्न मुद्दाका ३३२ जना फरार प्रतिवादी पक्राउ
विभिन्न मुद्दाका ३३२ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानुनी कारबाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
बुबाको मृत्युपछि तीन नाबालकको बिचल्ली
भीरबाट लडेर बुबाको मृत्यु भएपछि प्युठानको झिमरुक गाउँपालिका ३ बादिकोटका तीन जना बालकको बिचल्ली भएको छ । स्थानीय वसन्त सामतको मृत्यु भएपछि उहाँको श्रीमती र सन्तानको बिचल्ली भएको हो ।
कृषि फर्ममा आगलागी हुँदा २९ बाख्रा मरे
कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ इमिलियाको कृषि फर्ममा आगो लाग्दा २९ बाख्राको मरेका छन् । सोमवार राती ११ः३० बजे भएको आगलागीमा अनुमानित १२ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका वरिष्ठ प्रहरी नायव निरीक्षक दीपेन्द्र राज गिरीले बताउनु भयो ।
राष्ट्रपतिमा कांग्रेसको दाबी
नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेसका केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीको सोमबारको बैठकले राष्ट्रपति पदका लागि हुने निर्वाचनमा उम्मेदवारी दिने र आफ्नो उम्मेदवारको पक्षमा सहमति जुटाउन पहल गर्ने निर्णय गरेको हो ।
‘सशस्त्रको भूमिका महत्त्वपूर्ण’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षामा सशस्त्र प्रहरी बलको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । २२औँ सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले राजनीतिक सङ्क्रमणमा सम्पन्न निर्वाचन निष्पक्ष रूपमा पूरा गर्न सशस्त्र प्रहरीले निर्वाह गरेको जिम्मेवारी महत्त्वपूर्ण रहेको बताउनुभयो ।
पाँच क्याप्टेन कारबाहीमा
नेपाल वायुसेवा निगमका पाँच जना क्याप्टेन एकै पटक निलम्बनमा परेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उड्डयन नियम अवज्ञा गरेको आरोपमा एकै पटक पाँच जना क्याप्टेन एकै पटक निलम्बनमा परेको पहिलो पटक हो।
नियमावली संशोधन गर्न राजनीतिक परामर्श
प्रतिनिधि सभाको नियमावली संशोधन प्रक्रिया अघि बढाउन सभामुख देवराज घिमिरेले राजनीतिक परामर्श सुरु गर्नुभएको छ। सभामुख घिमिरेले नियमावली संशोधनको समिति गठन प्रक्रिया अघि बढाउन सोमबार प्रमुख राजनीतिक दलका प्रतिनिधिसँग परामर्श गर्नुभएको हो।
उपप्रधानमन्त्री पौडेलद्वारा पूँजीगत खर्च बढाउन निर्देशन
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ ।