• १६ वैशाख २०८२, मङ्गलबार

बुबाको मृत्युपछि तीन नाबालकको बिचल्ली

blog

बिचल्लीमा परेको सामतका तीन छोरा र श्रीमती सुन्तली । तस्बिर सौजन्य: प्रमोद पोखरेल

सलिम मिया

बिजुवार, माघ १० गते । भीरबाट लडेर बुबाको मृत्यु भएपछि प्युठानको झिमरुक गाउँपालिका ३ बादिकोटका तीन जना बालकको बिचल्ली भएको छ । स्थानीय वसन्त सामतको मृत्यु भएपछि उहाँको श्रीमती र सन्तानको बिचल्ली भएको हो ।

सामतको गत पुस ३० गते धार्मिक स्थल गौमुखीमा लाग्ने माघे सङ्क्रान्ति मेला हेर्न जाने क्रममा ठुलाचौर भीरबाट लडेर ज्यान गएको थियो । गाउँमा ज्यालादारी गरेर परिवारको गुजारा चलाउँदै आउनुभएका सामतको मृत्युपछि कमाउने कोही नहुँदा असक्त श्रीमती सुन्तली सामत, छोराहरू १२ वर्षीय प्रशान्त, ९ वर्षीय गणेश र ६ वर्षीय  धनबहादुर सामत सहाराविहीन बनेका हुन् । 

माटो खन्ने क्रममा ढिस्कोले पुरेपछि मृतक वसन्तकी श्रीमती सुन्तली अशक्त अवस्थामा हुनुहुन्छ । तीनै जना छोरा नाबालक भएकाले उनीहरूको बिचल्ली भएको हो । सुन्तलीले भन्नुभयो, श्रीमानको मृत्यु भयो, छोराहरू सानै छन् घरको अवस्था नाजुक छ अव कसरी बाँच्ने ? आँखाभरि आँसु बनाउँदै भन्नुभयो । 

बुबाको किरिया खर्च छिमेकीले जुटाएर गरिदिएका छन् । घरमा खाने अन्न छैन ।  ओढ्ने ओछ्याउने लत्ताकपडा छिमेकीले सहयोग गरेका हुन् ।