• ९ पुस २०८२, बुधबार

कृषि विकास बैंकद्वारा सामग्री वितरण

blog

कृषि विकास बैंकका शाखा प्रबन्धक शिकुमार चौधरी सामग्री हस्तान्तरण गर्दै ।

गोकर्ण पौडेल 

तुलसीपुर, पुस ९ गते । कृषि विकास बैंक तुलसीपुर शाखाले सामग्री हस्तान्तरण गरेको छ । बैंकले  मंगलबार एक कार्यक्रमको आयोजना गरी अपाङ्ग समाज सुधार केन्द्रलाई  सामग्री हस्तान्तरण गरेको हो ।

शाखा प्रबन्धक शिवकुमार चौधरीले अपाङ्गता भएका नागरिकको आवाससहित फिजियोथेरापी सेवा सञ्चालन भइरहेकाले सो कार्यमा सहयोग गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरेको बताउनुभयो । 

उहाँले एक थान डिफ्रिज, एक थान प्रिन्टर र एक हजार लिटरको पानी ट्याङकी सहयोग गरिएको बताउनुभयो । संस्थाका अध्यक्ष हुमकान्त कँडेलको अध्यक्षता तथा बैंकका शाखा प्रबन्धक चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि चौधरीले आगामी दिनमा पनि सहयोगको कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो । 

केन्द्रलाई बैंकबाट पहिलो पटक सहयोग सामग्री प्राप्त गरेकोमा अध्यक्ष कँडेलले धन्यवाद ज्ञापन गर्नुभयो । केन्द्रका उपाध्यक्ष हरिकला भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव नारायणप्रसाद लामिछानेले गर्नुभएको थियो ।