प्रकाशविक्रम शाह
धनगढी, माघ ८ गते । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्रसिंह रावलले इटहरीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली विजेता भएकोमा बधाइ दिनुभएको छ ।
आइतबार बधाई सन्देश जारी गर्दे मुख्यमन्त्री रावलले महिला क्रिक्रेट टोलीले प्रतियोगिता जितेर सुदूरपश्चिमको नाम, शान र मान अझै उचो बनाएकोमा बधाइ तथा प्रसंशा गर्नुभएको छ । भौगोलिक विकट्ता, सीमित साधन स्रोत, भौतिक संरचनाको अभावका बाबजुद पनि खेल कौशल र क्षमता प्रदर्शन गरेकोमा उच्च प्रसंशा गर्दै प्रदेश सरकार सम्मान व्यक्त गर्दछ, उहाँले भन्नुभएको छ ।
खेलकुदको माध्यमले कुशल, अनुशासित स्वस्थ जनशक्ति तयार हुनुका साथै यसले सामाजिक एकता र सम्वृद्धिको आधारशीला तयार गर्दछ बधाई सन्देशमा मुख्यमन्त्रीले भन्नु भएको छ, “प्रदेश सरकार क्रिकेटलगायत सम्पूर्ण खेल विधाको विकासका लागि ठोस, नीति र दृष्टिकोण बनाएर अगाडि बढ्ने कुरामा विश्वास दिलाउन चाहन्छु ।”
“शारीरिक, मानसिक, मनोवैज्ञानिक र बौद्धिक स्वस्थ्यसँग खेलकुदले गहिरो सम्वन्ध राख्दछ” बधाई सन्देशमा भनिएको छ । “पहिचान र समृद्धिसँग जोडिएको खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध छ” मुख्यमन्त्रीले बधाई सन्देशमा विजेता टोलीको थप उन्नति र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।