आइपिओ निष्कासन गर्दै आत्मनिर्भर लघुवित्त
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।
प्रत्यारोपण केन्द्रलाई ९९ रोपनी जग्गा उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ९९ रोपनी जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता गर्नुभएको छ ।
वैदेशिक रोजगारीका विकृति र विसङ्गति अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका विकृति र विसङ्गति अन्त्य गर्नुपर्ने बताउनुभएको छ।
इन्दिरा राना मगरले दिनुभयो उपसभामुखमा उम्मेदवारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
सभामुख घिमिरेद्वारा पदभार ग्रहण
सिंहदरबारस्थित कार्यालय पुगेर सभामुख घिमिरेले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृत दिने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
राष्ट्रपतिसमक्ष सभामुख देवराज घिमिरेद्वारा शपथ ग्रहण
नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । शुक्रबार राष्ट्रपति भवनमा आयोजित शपथ ग्रहण कार्यक्रममा सभामुख घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको हो ।
आगमन कक्षको डिजाइन त्रुटिपूर्ण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा रहेको एस्केलेटर र लिफ्टलगायतको डिजाइनमा समस्या देखिएको छ। डिजाइनमा समस्या भएकै कारण यात्रुले दुःख पाउने गरेका छन्।
जापान जाने लोभमा बिल्लीबाठ
चितवनका राजेन्द्र अधिकारी र मोरङ सुनवर्षी–६ का अजय राजवंशी जापानको गार्मेन्ट उद्योगमा काम गर्नुहुन्थ्यो । उहाँहरूसँगको सम्पर्कमा थिए धरानका मिन्चिरा चाम्रकार, ठेगाना नखुलेका ज्योति घले र कर्णकुमार दवाडी । यो समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङका युवालाई लोभ्याए । जसमध्ये सुनवर्षीका अजयलाई जापान जाने युवा खोजेर पैसा सङ्कलन गर्ने जिम्मा दिइयो । अजयले आफन्तहरूमा यसको जानकारी गराएपछि सबैले धमाधम पैसा बुझाए ।
टुँडीखेलमा तीन दिने ल्होछार महोत्सव हुने
सोनाम ल्होछारको अवसरमा टुँडिखेलमा तीन दिनसम्म विभिन्न सांस्कृतिक प्रस्तुतीसहित कार्यक्रमको आयोजना गरिने भएको छ । सोनाम ल्होछार २८५९ ह्योअी तावर ल्होछार मुल आयोजक समितिद्वारा बिहीबार राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।
राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोशिस जारी छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोशिस जारी राख्ने बताउनुभएको छ।
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ७१ अङ्कले उकालो लागेर दुई हजार एक सय ७८ दशमलब ८१ मा पुगेको छ ।
आयोजना कार्यान्वयनका लागि रकम हस्तान्तरण गर्ने
सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न आयोजनाहरु कार्यान्वयनका लागि नवप्रवर्तन साझेदारी कोषबाट व्यहोरिने रकम स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
कलेजो प्रत्यारोपण गर्न नेता पुनलाई चिकित्सकको सुझाव
नेकपा (माओवादीका केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका छन्।
वीर अस्पताल कार्डियोलोजी विभागमा क्याथल्याब सञ्चालनमा
वीर अस्पतालको कार्डियोलोजी विभागमा क्याथल्याब सञ्चालनमा आएको छ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले संयुक्त रुपमा उक्त ल्याबको उद्घाटन गर्नुभएको हो ।
खुकुरी प्रहारबाट एकको मृत्यु
धरान उपमहानगरपालिका वडा –५ मा खुकुरी प्रहारबाट एक जना पुरुषको मृत्यु भएको छ । एक जना महिला घाइते हुनुभएको छ । बिहीबार बिहान धरान –५ स्थित आँपटारमा ३९ वर्षीय विकास भनिने हर्कबहादुर राईले आफ्नै घरको भान्सामा आफ्नै साथी ३५ वर्षीय कुमार बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय सभामा विश्वविद्यालय विधेयक, २०७९ पेस
राष्ट्रिय सभा आजको बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले उक्त विधेयकसभासमक्ष पेस गर्नुभएको हो ।
उपसभामुखको निर्वाचन शनिबार
प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त जानकारी गराउनुभएको हो ।
सभामुख पदका लागि निर्वाचन सुरु
प्रतिनिधि सभा सभामुख पदका लागि मतदान प्रक्रिया सुरु भएको छ । सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको हो ।
टेन्टमुनि चिसो रात काट्दै अग्निपीडित मुक्त कमैया
कैलालीको कैलारी गाउँपालिका –७ स्थित विपतपुरका अग्निपीडित मुक्त कमैयाहरु टेन्टमुनि चिसो रात बिताउन बाध्य भएका छन् । घर अझै नबनेकाले उनीहरु टेन्टमुनि चिसो रात बिताउन बाध्य भएका हुन ।
राष्ट्रियसभा शून्य समय : हवाई यातायातलाई सुरक्षित बनाउन माग
राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले विश्वभरि नै सुरक्षित मानिएको हवाई यातायातलाई नेपाली आकाशलाई पनि सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
पोखरा विमान दुर्घटनाको वेदना : सुदूरको ठाडी भाकामा
चार दिनअघि मुलुक नै शोकमा डुबाउने गरी पोखरामा भएको विमान दुर्घटनाको बेदना सुदूरपश्चिमका देउडा गायक भोजराज भट्टले ठाडी भाकामा गीत सार्वजनिक गर्नुभएको छ ।
मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओ आउँदै
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ १५ गतेदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।
बाल सुधारगृह जीर्ण हुँदा बालबालिकालाई समस्या
करिब डेढ दशकअघि दाता जयकेश सिंहले बाँकेको डुडुवा गाउँपालिका ६ आसमानपुरमा चार बिघा दुई कठ्ठा जग्गा उपलब्ध गराउनुभयो । त्यसपछि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले बालवालिका र ज्येष्ठ नागरिकको संरक्षणका लागि भवन निर्माण सुरु ग¥यो । सोही स्थानमा पाँच बर्षदेखि जयेन्दु बाल सुधार गृह सञ्चालनमा रहेको छ ।
वितरणतर्फको विद्युत चुहावट ७.४९ प्रतिशतमा झर्यो
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ७.४९ प्रतिशतमा झारेको जनाएको छ ।