बागमती प्रदेश उपसभामुखमा चापागाईँ निर्वाचित
बागमती प्रदेशको प्रदेश उपसभामुखका लागि भएको निर्वाचनमा नेकपा (एमाले) का प्रदेश सभाका सदस्य अप्सरा चापागाईँ खत्री निर्वाचित हुनुभएको छ ।
सत्ता साझेदार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु
सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित राजनीतिक संयन्त्रका संयोजक एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसहित सहभागी हुनुभएको छ ।
महोत्सवमा ग्यास बिस्फोट हुदाँ एकको मृत्यु
कपिलवस्तुको बाणगंगामा आजबाट सुरु भएको चौथो माघी महोत्सवमा एक जनाको मृत्यु भएको छ । बेलुनमा भर्ने हाइड्रोजन ग्यास विस्फोट हुदाँ बाणगंगा नगरपालिका –८ शिसनियाका करिब ६५ बर्षीय नासिर मोदमद पाखियाको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको शव आफन्तलाई बुझाउन सुरु, थप एक शव फेला
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ ।
अरुलाई जोगाउन खोज्दा आफै मारिए गुरुङ
रिसको आवेगमा धारिलो हतियार खुँडा लिएर हिड्ने युवकलाई रोक्ने क्रममा तनहुँको भानु नगरपालिका –६ टुहुरे पसल बस्ने वर्ष ४९ का सन्तबहादुर गुरुङको मृत्यु भएको छ ।
राजनीतिक संयन्त्रको बैठक आज, भोलि सर्वदलीय बैठक
सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज सोमबार दिउँसो ५ बजे बस्दैछ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली संयोजक रहनुभएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक केही बेरमा बस्न लागेको जानकारी दिनुभएको हो ।
नेपालका तीन क्षेत्र भूकम्पको जोखिममा छन्: डा. अधिकारी
खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले नेपालका तीन क्षेत्र भूकम्पीय उच्च जोखिममा रहेको बताउनु भएको छ ।
मतदातासँग गरिएका प्रतिबद्धता पूरा हुन्छ : नेता खड्का
नेपाली कांग्रेसका उपसभापति एवम् सांसद पूर्णबहादुर खड्काले निर्वाचनका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता कार्यान्वयनतर्फ आफू लागिरहेको बताउनुभएको छ ।
फरेन्सिक विज्ञ टोलीद्वारा पोस्टमार्टमको काम सुरु, ४१ जनाको पहिचान
यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानका लागि काठमाडौंबाट आएका फरेन्सिक विज्ञ टोलीले पोस्टमार्टमको काम सुरु गरेको छ ।
किसानलाई किवीको बिरुवा वितरण
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका –३ तिरिङ्गेका किसानलाई किवीको बिरुवा वितरण गरिएको छ । व्यावसायिक किवी खेती विस्तारका लागि तिरिङ्गेका किसानलाई निःशुल्क बिरुवा वितरण गरिएको हो ।
सुन्तलाको राम्रो मूल्य नपाउँदा किसान मर्कामा
गुल्मीमा गत वर्ष भन्दा यस वर्ष झण्डै १७ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ । कुल ९९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । यो वर्ष ६ हजार ८३९ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । यहाँ कुल सुन्तला बगैँचा क्षेत्रफलको करिब ५९ प्रतिशत बोटमा फलेका छ ।
विमान दुर्घटना : ३८ जनाको पहिचान
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ३८ जनाको पहिचान खुलेको छ । आइतबार बिहान भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए ।
पहिचान नखुलेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव काठमाडौं पठाइने
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिचान नखुलेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव काठमाडौं पठाउने भएको छ ।
पुनर्निर्माणलाई पूर्णता दिने प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनर्निर्माणका क्षेत्रमा बाँकी रहेका कामलाई पूर्णता दिने र भूकम्प प्रतिरोधी संरचना, चेतना र व्यवहारमा सिङ्गो देशलाई लयबद्ध बनाउने प्राथमिकता व्यक्त गर्नुभएको छ ।
आन्तरिक उडानमा ठूलो दुर्घटना
नेपालमा आन्तरिक उडानतर्फ हालसम्मकै सबैभन्दा ठूलो दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ९एन–एएनसी विमान आइतबार बिहान १०ः५० बजे पोखराको सेतीखोचमा दुर्घटना भएको हो ।
दुर्घटनाग्रस्त विमानका तीन रूप
यती एयरको दुर्घटना भएको कल साइन ९एन–एएनसीको एटीआर ७२ ५०० विमानले १५ वर्ष छ महिना उडान गरेको छ ।
‘६ जनाको अवस्था अझै अज्ञात, ब्ल्याक बक्स पनि भेटिएन’
आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेका ७२ जनामध्ये ६३ जनाको शव अस्पतालमा पुराइएको छ ।
अमेरिकाबाट आएका राजनले घरको खुसी देख्नै पाउनु भएन
पोखरामा भएको विमान दुर्घटनामा परी हालसम्म चार दम्पतीको निधन भएको पुष्टि भएको छ ।
विमान दुर्घटनाप्रति मुख्यमन्त्री जम्कट्टेलद्वारा दुःख व्यक्त
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
दुर्घटनामा एकको मृत्यु
पूर्व–पश्चिम राजमार्गस्थित कनकाई नगरपालिका –१ गरमकाली पेट्रोलपम्प अगाडि आइतबार बेलुकी ६ बजेको समयमा यात्रुवाहक बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
सूचना प्रवाहमा मृतकका परिवारलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकले मृतकका परिवारलाई पहिलो प्राथमिकतामा राखेर सूचना प्रवाह गर्न निर्देशन दिइएको छ ।
ताप्लेजुङमा योग भवन बनाउन पहल गरिने
ताप्लेजुङमा योग गर्ने भवन बनाउन पहल गरिने भएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले योग गर्नका लागि ‘योग भवन’ बनाउन पहल गर्ने बताउनुभएको हो ।
टुँडिखेलको माघी महोत्सव : दुःखद खबरले महोत्सव उल्लासमय भएन
नयाँ वर्षको रूपमा उल्लासमय रूपले मनाउने माघी महोत्सवमा यसपालि पहिलेजस्तो रौनक हुन पाएन । टुँडिखेलमा माघी महोत्सव मनाउन जम्मा भएका थारु युवा युवतीहरू जब यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएर विमानमा सवार भएकाहरू सबैको देहान्त भएको खबर पाएपछि उनीहरूको उत्साह एकाएक शोकमा बदलियो ।
शव पहिचान र उद्धार कार्य जारी
पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्समा सवार यात्रुमध्ये साँझसम्म २३ जनाको शव पहिचान भएको छ ।