डा. रुइतलाई इसा पुरस्कार
वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई मानवता सेवाका लागि इसा पुरस्कार प्रदान गरिने भएको छ । नेपालमा सस्तो उपचार विधिबाट रोकथाम गर्न सकिने अन्धोपनाको दर आधाले घटाएर मानवता सेवा गरेका आधारमा बहराइनको उच्च अवार्ड प्रदान गरिने भएको हो । बहराइन राज्यले हरेक दुई वर्षमा प्रदान गर्ने प्रतिष्ठित पुरस्कार स्वर्ण पदक र १० लाख डलर रहेको छ । यो पुरस्कार विपत् रोकथाम र राहत, शिक्षा र मानव सहिष्णुतालगायत ११ वटा विधामध्येबाट प्रदान गरिन्छ ।
काठमाडौँ ल्याइयो अठचालीस शव
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका ४८ जनाको शव काठमाडौँ ल्याई पोस्टमार्टम सुरु गरिएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले शवको पोस्टमार्टम थालिएको जानकारी दिँदै शव पूर्ण रूपमा जलेको हुनाले पोस्टमार्टम गर्न समय लाग्ने बताउनुभयो। काठमाडौँमा पोस्टमार्टम गर्न ल्याइएका शव आफन्तले समेत चिन्न सक्ने अवस्थामा छैनन्।
वीरका शल्यक्रिया कक्ष प्रयोगविहीन
वीर अस्पतालका छवटा शल्यक्रिया कक्ष (अपरेसन थिएटर) प्रयोगविहीन भएका छन् । ती शल्यक्रिया कक्ष उपकरण बिग्रिएर नभई जनशक्ति अभावले प्रयोगविहीन भएका हुन् । वीर अस्पतालमा १५ वटा शल्यक्रिया कक्ष छन् । तीमध्ये नौवटा प्रयोगमा छन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतले भन्नुभयो, “जनशक्ति अभावले सबै अपरेसन थिएटरलाई सञ्चालन गर्न सकेका छैनौँ ।”
सेती नदीको पानी घटाएर शवको खोजी गरिँदै
यती एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेका १ जनाको मात्रै अवस्था अज्ञात रहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख टेकबहादुर केसीका अनुसार सम्पर्कविहीन रहेका २ जनाको खोजी कार्यमा जटिल भएपछि सेती नदीको पानी घटाइएको छ ।
मन्त्रिपरिषद्मा २६ प्रतिशत महिला प्रतिनिधित्व
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्ता साझेदार सरकारले मन्त्रिपरिषद्लाई विस्तार गरेको छ ।
२२ हजार बालबालिकाले लगाए दादुरा–रुवेलाविरुद्धको खोप
नेपालगञ्जको दादुरा प्रभावित क्षेत्रका ६ महिनादेखि १५ वर्ष मुनिका २२ हजार १० जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको छ ।
आफन्तको शव पहिचान गर्न युपीका चार जना नेपाल प्रस्थान
नेपालमा गत आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका उत्तर प्रदेश (युपी) राज्यको गाजीपुरका यात्रीको शव पहिचान गर्न मृतकका आफन्त छिमेकी देशतर्फ प्रस्थान गरेका छन् ।
मधेश प्रदेश सभामुखमा मण्डल निर्वाचित
मधेश प्रदेशको सभामुखमा नेकपा (एमाले)का रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ । मंगलबार प्रदेश सभामा उपस्थित १०३ प्रदेश सदस्यमध्ये सभामुखमा मण्डलले ७४ मत प्राप्त गर्नुभएको ज्येष्ठ प्रदेश सदस्य गोविन्दबहादुर न्यौपानेले बताउनुभयो ।
बालुवाटारमा सर्वदलीय बैठक सुरु
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सबै दलहरू एवम् नेताहरुसहितकाे सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ ।
नेप्से परिसूचक ३२.७२ अङ्कले वृद्धि
साताको पहिलो कारोबार दिन मङ्गलबार नेप्से परिसूचक ३२ अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ३२.७२ अङ्क बढेर २१८२.११ बिन्दुमा पुगेको हो ।
प्रधानमन्त्री प्रचण्डले बुझ्नुभयो उपमहासचिव पुनको स्वास्थ्य अवस्था
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्नुभएको छ ।
सभामुख निर्वाचन : उम्मेदवारी दर्ता बुधबार
माघ ५ गते प्रतिनिधि सभा सभामुखको निर्वाचन हुँदैछ । सभामुख निर्वाचनका लागि संसद् सचिवालयले आज (मङ्गलबार) निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
परराष्ट्र मन्त्री विमला राई पौड्यालद्वारा पदभार ग्रहण
नवनियुक्त परराष्ट्र मन्त्री विमला राई पौड्यालले पदभार ग्रहण गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति भवनमा आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण लिएलगत्तै परराष्ट्र मन्त्री पौड्यालले आजै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
भीरबाट लडेर एकको मृत्यु
पाल्पामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा –६, पटुवाचउर बस्ने ६० वर्षका बेदबहादुर बलालको भीरबाट लडेर मृत्यु भएको हो ।
राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
आज (मङ्गलबार) मन्त्रीपरिषद् विस्तार भएको छ । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
पोखरा विमान दुर्घटना : २५ शव काठमाडौं ल्याइयो
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाडौं ल्याइएको छ ।
अटेरी क्रसर उद्योगमाथि कारबाही थालिँदै
कानुनको अटेर गर्ने क्रसर उद्योगमाथि जिल्ला समन्वय समिति महोत्तरीले कारबाही थाल्ने भएको छ । जिल्लामा प्राकृतिक सम्पदाको उपयोग कानुनसम्मत भए नभएको अनुगमन गर्ने जिम्मेवारी रहेको समितिले कानुन अटेर गर्ने उद्योगमाथि कारबाही थालिने जनाएको हो ।
प्रतिनिधि सभा सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै
यही माघ ५ गते प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ । निर्वाचनको लागि संसद् सचिवालयले आज (मङ्गलबार) निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ ।
प्रत्यायोजित अधिकार पनि पुनः प्रत्यायोजन
असान्दर्भिक ऐनका आधारमा प्रत्यायोजित विधायनको अभ्यास गरी पुनः अधिकार प्रत्यायोजन गरिएको संसदीय समितिको अध्ययनबाट देखिएको छ । प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐनमा टेकेर बनाइएका नियमावलीबाट थप अधिकार प्रत्यायोजन गरेको पाइएको हो ।
एटीआर विमानमा प्राविधिक समस्या देखिएन
यती एयरलाइन्सको आइतबार भएको दुर्घटनालगत्तै नेपालमा उड्ने सबै एटीआर जहाजको प्राविधिक परीक्षण गरिएको छ ।
कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने
आगामी २०८० सालको शैक्षिक सत्रदेखि विद्यालयले कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन नपाउने भएका छन् ।
श्रीकृष्ण बरुणेश्वर महादेवको दर्शन गर्नेको घुइँचो
तोखा नगरपालिका १ र ६ मा पर्ने श्रीकृष्ण बरुणेश्वर महादेवको ऐतिहासिक मन्दिरमा भक्तजनको घुँइचो लाग्नेगरेको छ । मन्दिरमा खासगरी आन्तरिक पर्यटक तथा भक्तजनको बढी भीड लाग्नेगरेको मन्दिरका पूजारी राजु काफ्लेले बताउनुभयो ।
कुलो निर्माण गरेर झरनाको पानी सदुपयोग
कालीकोटको पचाल झरना गाउँपालिका वडा ८ मा कुलो निमार्ण भएपछि बयाल झरनाको पानी किसानले सदुपयोग गर्न पाएका छन् । मानव अधिकार तथा वातारण बिकास केन्द्र (हुरुन्डेक) नेपालको सहजिकरणमा एक हजार दुई सय (१२००) मिटर कुलो निर्माण भएपछि बयाल झरनाबाट बग्ने पानी प्रयोगमा आएको हो ।
लुम्बिनी प्रदेशको उपसभामुखमा तीन जनाको मनोनयन दर्ता
लुम्बिनी प्रदेशको उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ । सभामुखमा भने नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्ती यसअघि नै निर्विरोध भइसक्नु भएको छ ।