काठमाडौँ, वैशाख १५ गते । समृद्धि महर्जन र जेनी खड्का ११औँ सिटिजन्स बैंक टेनिस प्रतियोगिताको महिला सिंगल्समा सोमबार क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा समृद्धिले श्रेया भट्टराईलाई ६–३, ०–६ र ६–४ को सेटमा पराजित गर्नुभयो ।
जेनीले यि ओयाङबाट वाक ओभर पाउनुभयो । सोही स्पर्धामा कर्मिस्था नुगाह श्रेष्ठले प्रशंसा मोक्तानलाई ७–६ र ६–१, आइशा डोल्कर गुरुङले म्यान्डी जियाङलाई ६–० र ६–१ तथा स्वस्तिका विष्टले प्राज्ना मानन्धरलाई ६–२ र ७–५ ले हराउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्नुभयो ।
पुरुष सिंगल्समा आरभसम्राट हाडाले मनोज महर्जनलाई ६–० र ६–०, सन्देश अधिकारीले इरफान उद्दिनलाई ६–० र ६–० तथा दर्शिल श्रेष्ठलाई ३–६, ६–१ र ६–२ ले पाखा लगाउनुभयो । प्रणव खनालले विपुलविभोर अधिकारीबाट वाकओभर पाउनुभयो।