फैसला कार्यान्वयनको लगत एकीकृत ‘सफ्टवेयर’मा
अदालतको आदेशअनुसार असुल हुनुपर्ने दण्ड जरिवाना, क्षतिपूर्ति तथा सम्पत्ति जफतलगायतका विवरण अब एकीकृत सफ्टवेयरमा समेटिने भएका छन् ।
पाँच वर्षमा पनि बस्न सकेन परिषद्को बैठक
सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न गठित प्रधानमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय समन्वय परिषद्को बैठक पाँच वर्षयता एक पटक पनि बस्न सकेको छैन ।
आमाको दूध बैङ्क
आफ्नो आमाको दूध नआउने वा कुनै कारणले खुवाउन नमिल्ने अवस्थामा पनि अब नवजात शिशुहरूले अर्को आमाको
आर्थिक अवस्था सुधारोन्मुख
उच्च आर्थिक वृद्धिको लक्ष्यसहित तय गरिएको पन्ध्रौँ आवधिक योजना कार्यान्वयनको आधा समय पूरा हुँदा अर्थतन्त्रका अधिकांश सूचक कमजोर पाइएको छ ।
पोखरामा अन्तर्राष्ट्रिय उडानको बाटो खुल्यो
नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । नेपाल नागरिक उड्डयन
युट्युब पत्रकारका कारण निर्माताहरु मर्कामा परे : अध्यक्ष भुवन केसी
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले युट्युब पत्रकारहरूले सिनेमाको दृश्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्माताहरूलाई मर्का परेको बताउनु भएको छ ।
विकास निर्माण कार्य समयमै सम्पन्न गर्ने लिखित प्रतिबद्धता
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माण कार्यलाई महत्त्व दिएर उद्योगको रूपमा स्थापित गर्ने गरी सकारात्मक भूमिका खेल्न जरुरी रहेको बताउनुभएको छ ।
पाँच महिनामा ९२ अर्ब ७८ करोड बराबरको धितोपत्र सूचीकृत
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ९२ अर्ब ७८ करोड रुपियाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
पानी खान नपाएरै बिल तिर्न बाध्य छन् उपभोक्ता
नेपाल खानेपानी संस्थान कार्यालय सप्तरीले वितरण गर्दैआएको खानेपानीको पाइप लामो समयदेखि मर्मत नहुँदा पानी खान नपाएरै विल तिर्नुपरेको सेवाग्राहीले गुनासो गरेका छन् ।
नेपालको अर्थतन्त्र सुधारतर्फ
नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७९-८० को पहिलो पाँच महिनाको तथ्याङ्क शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्क अनुसार देशको अर्थतन्त्रको अवस्था सुधार देखिएको छ ।
संरक्षणको पर्खाइमा ‘शङ्खेपहरो’
बागलुङको जैमिनी नगरपालिका –५ बिनामारेको एउटा अक्करे भिरमा रहेको पहरोमा शङ्ख आधारको ढुङ्गा छ । जसलाई स्थानीयले शंखे पहरोको नामले पहिचान गरेका छन् ।
हरायो मौलिक साहित्यको सवाई गाउने चलन
सुदूरपश्चिमको मौलिक साहित्यका रूपमा चिनिएको सवाई अहिले कतै सुनिँदैन । हास्यव्यङ्ग्य र मनोरञ्जनात्मक विषय सवाईको मुख्य विशेषता हो ।
६ महिनामा ६ प्रतिशत मात्रै विकास खर्च
तनहुँमा ६ महिनामा विकासलक्षित बजेटको पुँजीगत खर्च हेर्दा अत्यन्तै निराशाजनक देखिएको छ । आर्थिक वर्षको आधा अवधि सकिँदा तनहुँमा विकास खर्च ६ प्रतिशत मात्रै भएको छ ।
सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित
धनकुटा नगरपालिका –५ का कृषक सरोज आठपहरियाले केही वर्षअघि आफ्नो बारीमा लगाएको सुन्तला नष्ट गरी एभोकाडो लागाउनुभयो । केही बर्षअघि आफ्ना बुवा हजुरबुवाले लगाएको सुन्तला बगान नष्ट गर्नुभयो । त्यसको एकमात्र कारण हो सो ठाउँमा सुन्तलाको बगानमा बिभिन्न समस्या देखिएर बगान नै मासिनु ।
मुद्दा दर्तापछि अभियुक्त फरार
सुखीपुर नगरपालिका –३ कुशहाकी २५ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरी गर्भ बोकाएको आरोपमा मुद्दा दर्ता भएपछि चन्दन यादव फरार भएका छन् । २२ वर्षीय यादवमाथि इलाका प्रहरी कार्यालय पतारीले मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएपछि प्रहरीले खोजी गर्दा यादव फरार भएकाले प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।
सन्दीप लामिछाने थुनामुक्त
राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने थुनामुक्त हुनुभएको छ । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले सन्दीप थुनामुक्त भएको जानकारी दिनुभयो ।
अखाद्य रङ प्रयोग गर्ने ठेला व्यवसायी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले अखाद्य रङ प्रयोग गरेर बदाम बिक्री गर्ने पाँच जना ठेला व्यवसायीलाई नियन्त्रणमा लिएको छ । बदाम भुट्नका लागि इट्टाको धुलो र घरमा लगाउने हानिकारक रसायनयुक्त पेन्ट प्रयोग गरेको जनगुनासो आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
माहुरीको घार बिक्रीबाट वार्षिक ८ लाख आम्दानी
पछिल्ला केही वर्षदेखि चर्चित बनेको बेनी नगरपालिका –१, रत्नेचौरको तोरीको फाँटमा अहिले पनि तोरी फुलेको छ । यस पटक भने त्यहाँ बेनी नगरपालिका–४ सुर्केमेलाका दिलबहादुर खत्रीले २५ घार माहुरी चराउँदै आउनुभएको छ । सुर्केमेलाका व्यावसायिक माहुरीपालक कृषक ४२ वर्षीय खत्रीले माहुरीको घार बेचेर वार्षिक करिब ८ लाख रुपियाँ आम्दानी गर्नुभएको छ ।
महिला चालकको अनुभव : महिलाले नै विश्वास कम गर्छन्
सार्वजनिक सवारी साधनमा पुरुष चालकले नै गाडी गुडाउँछन् । महिला चालक पाउन मुस्किल छ । हुन त काठमाडौं, पोखरा जस्ता ठूला सहरमा फाटफुट सार्वजनिक गाडीमा महिला चालक भेटिन्छन् । मोफसलमा सार्वजनिक सवारी साधनमा महिला चालक खासै देखिँदैनन् ।
हस्तकला उद्योगलाई सातै प्रदेशमा विस्तार गर्छौं : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला उद्योगलाई सात वटै प्रदेशमा विस्तार गर्ने बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।
समयअघि नै मुस्ताङमा फुल्यो कागजी बदाम
हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा कागजी बदाम फुलेको छ । यस वर्ष हिउँदको सिजनमा फूल्नेमध्ये सबैभन्दा पहिला कागजी बदाम फूलेको हो ।
विकास निर्माणमा सरकार तमासा हेरेर बस्दैन : मन्त्री श्रेष्ठ
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काममा सरकार तमासा हेरेर नबस्ने बताउनुभएको छ ।
आजदेखि देख्न सकिन्छ हरियो पुच्छ्रेतारा
हिमयुगमा देखिएको हरियो पुच्छ्रेतारा शुक्रबारदेखि पृथ्वीबाट सहजै देख्न सकिनेछ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो ।
सडक भत्काउने समस्या समाधान गर्न पहल
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यकाका सडक पटक–पटक भत्काउने