अख्तियारका पूर्वआयुक्त पाठकलाई तीन वर्ष कैद गर्ने फैसला
विशेष अदालत काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै तीन वर्ष तीन महिना कैद गर्ने फैसला सुनाएको छ ।
सेना प्राड विवाक सेमिनार सम्पन्न
सेना प्राड विवाक स्थापनाको ६०औं वार्षिकोत्सवको अवसरमा जंगी अड्डामा आयोजित सेना प्राड विवाक सेमिनार २०७९ सम्पन्न भएको छ । प्रधान सेनापति प्रभुराम शर्माले बिहीबार सेमिनार समापन गर्नुभयो ।
मिडिया काउन्सिलको बुलेटिन सार्वजनिक
मिडिया काउन्सिल मधेश प्रदेशले बिहीबार आफ्नो वार्षिक बुलेटिन सार्वजनिक गरेको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज आयोजित एक कार्यक्रमबीच मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहसहितले सो बुलेटिन सार्वजनिक गर्नुभएको हो ।
सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । यसअघि पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।
सडकमा महानगर र व्यापारीको जुहारी
काठमाडौं महानगरपालिकाले सडक पेटीमा सञ्चालन हुँदै आएका ठेलागाडा तथा फुटपाथ व्यवसाय हटाउने अभियान चलाउँदै आएको छ ।
गैँडा र पाटे बाघ मृत फेला
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र पाटे बाघ मृत अवस्थामा फेला परेका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत वुधबार निकुञ्जको नियमित गस्ती टोलीले कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा एकसिङ्गे गैँडा मृत अवस्थामा फेला परेको हो ।
अक्षयकोष स्थापना गर्न रकम सहयोग
ताप्लेजुङमा एक संस्थाले विद्यालय र स्वास्थ्य संस्थामा अक्षयकोष स्थापना गर्न रकम हस्तान्तरण गरेको छ । जिल्लाका चार वटा स्वास्थ्य संस्था र प्रत्येक स्थानीय तहका एक–एक वटा माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नका लागि संस्थाले सम्बन्धित विद्यालय तथा संस्थालाई रकम हस्तान्तरण गरेको हो ।
श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमती पक्राउ
श्रीमानलाई चक्कु प्रहार गरी घाइते बनाउने श्रीमती र आमालाई ज्यान मार्ने धम्की छोरालाई प्रहरीले पक्राउ गरेको छ । श्रीमानलाई चक्कु प्रहार गरेर गम्भीर घाइते बनाइ ज्यान मार्ने धम्की दिने तानसेन–७, की प्रियङ्का थापालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल जारी छ ।
माघे सङ्क्रान्तिको नजिकिएसँगै बढ्यो तिल, चिउरा र सख्खरको व्यापार
नेपालका हरेक चाडपर्वको आफ्नै किसिमको विशेषता छ । फरक–फरक चाड पर्वमा नेपालीले खाने परिकार पनि फरक–फरक हुने गर्दछ ।
आर्थिक समस्या समाधान गर्न सामूहिक पहल हुनुपर्छ : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्व व्यापीरुपमा देखा परेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताउनु भएको छ।
बसको ठक्करबाट महिलाको मृत्यु
जिल्लाको तानसेन–१२ लुहुङ्मा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो लु १ ख ८३६१ नम्बरको बसले ठक्कर दिँदा तानसेन–१२ की ७७ वर्षीया पुतली विश्वकर्माको मृत्यु भएको हो ।
वाणिज्य बैङ्कमा ‘बिग मर्जर’ बहार, आठ बैङ्क गाभिए
आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैङ्कका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले वाणिज्य बैङ्कहरूको चुक्ता पुँजी आठ अर्ब पुर्याउने पर्ने व्यवस्था गर्नुभयो । यसका लागि २०७४ असार मसान्तसम्मको समय दिइएको थियो ।
प्रशासनले बन्द गरायो १५ क्रसर उद्योग
कपिलवस्तुमा सञ्चालित १५ क्रसर उद्योगलाई बन्द भएका छन् । मापदण्ड विपरीतका अवैधानिक क्रसर उद्योग बन्द गर्न गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।
‘दादुरा खोप अभियान सञ्चालन गर्न खोप वितरणमा समस्या छैन’
स्वास्थ्य कार्यालय बाँकेले दादुरा रुबेला खोप अभियान सञ्चालन गर्न खोपको वितरणमा कुनै समस्या नरहेको जनाएको छ ।
प्रेस युनियनको सुदूरपश्चिम अध्यक्षमा स्वाँर निर्विरोध
नेपाल प्रेस युनियनको सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा पत्रकार मनमोहन स्वाँर निर्विरोध निर्वाचित हुनुभएको छ । धनगढीमा भएको प्रदेश समितिको प्रथम अधिवेशनबाट उहाँ अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।
बेनीमा हनुमान नाच (फोटो फिचर)
नेवार समुदायमा तीन सय वर्ष पुरानो ऐतिहासिक हनुमान नाच बेनीमा प्रदर्शन गरिएको छ । बिहीबारदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सवका अवसरमा नेवार समुदायका युवाहरूले बजारमा हनुमान नाच देखाएका हुन् ।
कोरियन गाईका बाच्छी चितवनमा अनुसन्धान गरिँदै
कोरियाबाट नेपाल ल्याइएका उन्नत नस्लको धेरै दूधदिने गाईको बाच्छी चितवन आइपुगेको छ । दूधमा आत्मनिर्भर बनाउन नेपाल सरकारले कोरियाबाट उन्नत जातको गाईका बाच्छी ल्याइएको थियो ।
नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्सले भेट गर्नुभएको छ । राजदूत प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो ।
बागमतीको सभामुखका लागि तीन जनाकाे उम्मेदवारी
बागमती प्रदेशको सभामुखका लागि तीन जनाको उम्मेदवारी परेको छ । सभामुखका लागि सत्ता गठबन्धनका भुवन पाठक, नेपाल कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सृजना सायजुले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
पल शाहविरुद्ध मुद्दाको सुनुवाइ माघ ३ गते
अभिनेता पल शाहको जबरजस्ती करणीविरुद्धको मुद्दाको सुनुवाइ माघ ३ गते हुने भएको छ । पटक–पटक स्थगित हुँदै आएको उक्त मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको तनहुँ जिल्ला अदालतले जनाएको छ ।
अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित
वेद व्यासले संस्कृत भाषामा रचना गर्नुभएको १८ पुराणको नेपालीमा भाव बुझ्न चाहनेका लागि अध्यायगत सारांश सार्वजनिक भएको छ । लामो समय निजामती सेवामा रहेर २०७१ सालमा सेवा निवृत्त हुनुभएका डा. बद्री पोखरेलले १० वर्ष लगाएर १८ वटै पुराणको नेपाली भाषामा अध्यायगत सारांश लेख्नुभएको हो ।
सत्ता साझेदार दलको बैठक बस्दै
मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पु¥याउन सत्ता साझेदार दलको बैठक बस्दैछ ।
जनगणनाको पूर्ण विवरण सार्वजनिक चाँडै
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण केही दिनभित्रै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।