मलेसियामा अलपत्र युवाहरुको उद्धार गर्न सरकारको पहल
सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल गरेको छ ।
यस्ता छन् दुवै सदनको पहिलो दिनको बिजनेस
सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि तय भएको संसद् बैठकमा सङ्घीय संसद सचिवालयले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको परामर्शमा संसदको विजनेस तय गरेको छ ।
बन्यो सबभन्दा ठूलो वाणिज्य बैङ्क
मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डूको एकीकृत कारोबार सोमबारदेखि सुरु हुँदै छ । दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार सोमबारदेखि ‘ग्लोबल आईएमई बैङ्क लिमिटेड’का नामबाट हुन लागेको हो ।
सर्वोच्च बारमा निरौला
सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमिति चयनका लागि शनिबार निर्वाचन भएको थियो । वरिष्ठ अधिवक्ता तुलसी भट्टलाई पराजित गर्दै निरौला निर्वाचित हुनुभएको हो । निरौलाले २८९ मत पाउनुभएको छ भने भट्टले २७५ मत प्राप्त गर्नुभयो ।
प्रदेश सरकारमा सहमति
सत्ता साझेदार दलहरूबीच प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुख चयनको विषयमा सहमति जुटेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सत्तारूढ छ दलका शीर्ष नेताहरूको बैठकमा सातै प्रदेशको सरकार गठनका विषयमा सहमति भएको हो।
विराटनगर र जनकपुरबाट श्रम स्वीकृति सुरु
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारदेखि जनकपुर र विराटनगरबाट सबै प्रकारका श्रम स्वीकृति दिन सुरु गरेको छ । यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका विराटनगर र जनकपुरका श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गरेको हो ।
संसद् अधिवेशन आजदेखि
सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। गत मङ्सिर ४ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि यो पहिलो अधिवेशन प्रारम्भ हुन लागेको हो। निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार पहिलो पटक अधिवेशन प्रारम्भ हुन लागेको हो। पहिलो बैठक ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बस्नेछ।
नगर पूर्वाधार विकास बैङ्क स्थापना गरिने
सबै नगरपालिकाको पूर्वाधार विकासमा स्रोत व्यवस्थापन गर्न नगरपालिकाको संस्थापक सेयर लगानीमा नगर पूर्वाधार विकास बैङ्क स्थापना गरिने भएको छ। सङ्घीय व्यवस्था कार्यान्वयमा आए पनि आर्थिक अभावमा नगरपालिकाको पूर्वाधार विकास हुन नसकेपछि सबै नगरपालिकाको सामूहिक सेयर लगानी गरी पूर्वाधार विकास बैङ्क स्थापना गर्न लागिएको हो।
संसदका सबै दलसँग विश्वासको मत माग्ने निर्णय
सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने निर्णय गरेको छ।
सरकारले विश्वासको मत प्राप्त गर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २६ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्नुहुने बताउनुभएको छ ।
कृषकहरुलाई अनुदानका कृषिऔजार वितरण
कपिलवस्तुको विजयनगर गाउँपालिकाले अनुदानमा कृषि औजार वितरण गरेको छ । व्यावसायिक कृषि गर्दैआएका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको हो ।
जाडोबाट जोगाउन दाउरा प्रबन्ध
शीतलहरका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेपछि जिल्लाको कटहरिया नगरपालिकाले स्थानीयका लागि दाउराको प्रबन्ध गरेको छ ।
राजस्व वृद्धिका लागि चोरी निकासी रोक्न प्रहरी सक्रिय
भैरहवा भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ ।
भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै राष्ट्रिय संस्कृति र जागरण जरुरी रहेको बताउनुभएको छ।
थारु समुदायमा माघीको रौनक सुरु, मेला आयोजना हुँदै
रुपन्देहीको थारु समुदायमा माघीको रौनक सुरु भएको छ । माघीकै अवसरमा जिल्लाका विभिन्न स्थानमा माघी महोत्सव तथा मेला आयोजना हुने थारु कल्याणकारिणी सभा (थाकस) रुपन्देहीले जनाएको छ ।
नेवा: पत्रकार दबूको अध्यक्षमा नृपेन्द्रलाल श्रेष्ठ
नेवा: पत्रकारको राष्ट्रिय सङ्गठन नेवा: पत्रकार राष्ट्रिय दबूको अध्यक्षमा पत्रकार नृपेन्द्रलाल श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएका छ ।
जिल्लामा प्रथम हुने विद्यार्थीलाई सम्मान
ताप्लेजुङमा २०७८ को एसईईमा जिल्लामा प्रथम हुने विद्यार्थीलाई सम्मान गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) ताप्लेजुङले ३२ औं स्थापना दिवसको अवसरमा एसईईमा प्रथम हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो ।
महिला सहकारीको ३४ लाख चोरी, व्यवस्थापक नियन्त्रणमा
मोरङको मिक्लाजुङ गाउँपालिका –३ टाँडीस्थित चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४ लाख रुपियाँ चोरी भएको छ । शुक्रबार राति सहकारीको पैसा राख्ने भल्ट कार्यालय नजिकै फेला परेपछि सहकारीको पैसा चोरी भएको थाहा भएको थियो । ब्यवस्थापकको जिम्मामा रहेको ३४ लाख रुपियाँ चोरी भएपछि सहकारीका व्यवस्थापक मेनुका नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग काठमाडौंमा
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौं आउनुभएको छ ।
नराम्रो काम गर्दिनँ, गर्न पनि दिन्नँ : प्रम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले एउटा पनि नराम्रो काम नगर्ने र गर्न पनि नदिने बताउनुभएको छ । महेन्द्र माध्यमिक विद्यालयमा शनिबार एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “तेस्रो कार्यकाल मेरानिम्ति चुनौतीपूर्ण अवसर हो । म एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिनेमा सचेत छु ।”
काँग्रेसले २६ गते निर्णय गर्ने
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय मङ्गलबार बस्ने बैठकबाट गर्ने भएको छ। सिंहदरबारमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइरहँदा पार्टीको रणनीति तयार गर्ने सन्दर्भमा सोही दिन निष्कर्षमा पुग्ने निर्णय गरेको हो। कांग्रेसका महामन्त्री गगनकुमार थापाले भन्नुभयो, “प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ। हामी त्यही दिन छलफल गरेर निधो गर्छौं। दोस्रो र तेस्रो पार्टीले सरकार बनाएर विश्वासको मत लिँदै गर्दा कांग्रेस प्रतिपक्षमा बस्ने हो। हामी विश्वासको मत दिँदैनौँ।”
श्रमदानबाटै बनाए प्रहरीले भवन
आफू बस्ने कार्यालय जीर्ण भई असुरक्षित बनेपछि श्रमदानबाटै प्रहरीले भवन निर्माण गरेका छन्। अछामको ढकारी प्रहरी चौकीको छकोठे भवन मातहतका प्रहरीले श्रमदानबाट निर्माण सम्पन्न गरेका छन्। यसअघि मकवानपुरको सुनाचुरी प्रहरी चौकी प्रहरीले श्रमदानबाट भवन निर्माण सम्पन्न गरेका थिए। प्रहरी श्रमदानबाट हुम्लाको ठेहेमा प्रहरी चौकी निर्माण भइसकेको छ। प्रदेश प्रहरी कार्यालय धनगढी मातहतका तीनवटा भवनसमेत प्रहरीले श्रमदानबाट निर्माण गरेका छन्। प्रदेश प्रहरी कार्यालयका दुईकोठे ब्यारेक, दुईकोठे भौतिक पूर्वाधार भवन र दुईकोठे कुकुर शाखा भवनसमेत प्रहरीले श्रमदानबाट निर्माण गरेका थिए। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले शान्तिसुरक्षाको दृष्टिकोणले अति आवश्यक भएका स्थानमा प्रहरीले श्रमदानबाट समेत प्रहरी चौकी बनाएको बताउनुभयो।
ठडियो ऐतिहासिक स्तूप
भूकम्पले तहसनहस बनेको पल्तोर मणि स्तूप पुनः ठडिएको छ । सो स्थानमा गुरु पद्मसम्भव बास बसेको किंवदन्ती रहेको छ । त्यही आधारमा त्यहाँ स्तूप बनाइएको थियो । तर २०७२ को भूकम्पबाट पूर्णतः ध्वस्त बनेको धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिका वडा नम्बर १ पुरुमा ठडिएको स्तूपको व्यथा भने बेग्लै छ ।
मेलम्ची आयोजना–सडक विभागबीच द्वन्द्व
उपत्यकामा तेस्रो पटक मेलम्चीको पानी वितरण सुरु भएदेखि मेलम्ची खानेपानी आयोजना र सडक विभागबीच द्वन्द्व सुरु भएको छ । सडक विभागले जथाभाबी सडक खनेर पाइप फुटाई पानी वितरणमा अवरोध सिर्जना गर्नुका साथै करोडौँको क्षति पु-याएको आरोप मेलम्ची खानेपानी आयोजनाको छ । विभागले चाहिँ गुणस्तरहीन वितरण प्रणालीका कारण पानी चुहिन गई सयौँ ठाउँमा सडकमा क्षति पु-याई खाल्टाखुल्टीरहित सडक अभियानलाई अवरोध पु-याएको आरोप सडक विभागको छ ।