मधेश कृषि विश्वविद्यालय र नार्कबीच सम्झौता
विश्वविद्यालयको पठनपाठन सञ्चालनमा प्राविधिक र अनुसन्धानमा थप सहजताका लागि मधेश कृषि विश्वविद्यालय र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बीच सम्झौता भएको छ ।
सिमकोट गाउँपालिकाको प्रगति २२ प्रतिशत
आर्थिक वर्ष सुरु भएको छ महिना बित्नैलाग्दा सिमकोट गाउँपालिकाले वित्तीय खर्च २२ प्रतिशत मात्र गरेको छ । गाउँपालिकाले पहिलो र दोस्रो त्रैमासिक समीक्षा कार्यक्रम आयोजना गरेर सो खर्च विवरण सार्वजनिक गरेको हो ।
रिडीमा बन्यो तीनमुखे झोलुङ्गे पुल
स्याङ्जा, पाल्पा र गुल्मीको संगमस्थल रिडीमा देशकै पहिलो तीन मुखे झोलुङ्गे पुल निर्माणले पूर्णता पाएको छ । धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्व बोकेको रिडीमा ठेक्का सम्झौता गरेको साढे आठ वर्षमा पुल निर्माण भएको हो ।
साझा बसमा राष्ट्रपति भण्डारीको सवारी
राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बस चढेर पाटन पुग्नुभएको छ । शनिबार राष्ट्रपति भवनबाट साझा बसमा चढेर राष्ट्रपति भण्डारी त्यहाँस्थित मदन पुस्तकालयलगायत स्थानको अवलोकनका लागि पाटन पुग्नुभएको हो ।
महोत्सवका लागि बेनीबजारको सडक पखालियो
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारको सडक शनिबार पखालिएको छ । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीको अगुवाइमा बेनी नगरपालिका–७ र ८ नम्बर वडा पर्ने बजार क्षेत्र पखालिएको हो ।
महानगरका सडकमा स्मार्ट स्ट्रिटलाइटको व्यवस्थापन गरिँदै
काठमाडौं महानगरले ६० प्रतिशत आर्थिक सहयोग गर्ने भएपछि काठमाडौं महानगरमा स्मार्ट स्ट्रिट लाइट (सडक बत्ती) जडान गरिने भएको छ ।
वादी समुदायको जीविकोपार्जनका लागि परिणाममुखी पहल गर्छौँ : प्रम प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणाममुखी पहल गरिने बताउनुभएको छ ।
वायु प्रदूषणले ढाकेको उपत्यका (फोटो फिचर)
हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण दिन प्रतिदिन बढिरहेको छ ।
प्रधानमन्त्री प्रचण्डसँग रासस अध्यक्ष झासहितको टोलीको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईसहित राष्ट्रिय समाचार समिति (रासस) को टोलीले भेट गरी सेवा प्रवाह र संस्थागत विकासका लागि भइरहेका प्रयासबारे जानकारी गराएको छ ।
रेसुङ्गा विमानस्थलमा भोलि नमुना उडान
गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार नमुना (डेमोस्ट्रेसन)उडान गरिने भएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले डेमोस्ट्रेसन उडान गर्न लागेको हो ।
सङ्घीय शिक्षा ऐन मेरो प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको बताउनुभएको छ ।
नेकां संसदीय दलको बैठक आज बस्दै
नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्दै छ । प्रतिनिधि सभाको अधिवेशन सुरु हुनुअघि संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
‘भोको पेटले उमेर देख्दैन’
धनुषाको धनौजी गाउँपालिका–२, गौरदाहाका लगन महरा ८१ वर्षको हुनुहुन्छ। ज्यानले अशक्त उहाँ श्रीमती र परिवारको पेट पाल्न यतिका उमेरमा पनि कृषि मजदुरी गर्न बाध्य हुनुभएको छ। श्रम बन्धकीमा परेपछि महरा अरूको खेतबारीमा काया खियाउन विवश हुनुभएको हो। विगत १५ वर्षदेखि गाउँकै साहु जगदीश मण्डलको खेतबारीमा हरुवाचरुवाका रूपमा काम गर्दै आएको महरा बताउनुहुन्छ। उहाँले भन्नुभयो, “घरमा आराम गरेर बस्नुपर्ने भए पनि काम गर्नुपर्ने हाम्रो बाध्यता छ। भोको पेटले उमेर देख्दैन।”
अब सातै प्रदेशबाट श्रम स्वीकृति
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै दिँदै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशबाट दिने तयारी गरेको छ । प्रदेश १ र मधेश प्रदेशबाट मात्रै श्रम स्वीकृति सेवा सुरु हुन सकेको छैन । प्रदेश १ को विराटनगर र मधेश प्रदेशको जनकपुरमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पुस २४ गते आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति दिने भएको हो । यी कार्यालयबाट पुनः श्रम स्वीकृति मात्रै हुँदै आएकोमा आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि दिने तयारी भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।
अनलाइनबाटै ‘एनओसी’ उपलब्ध हुने
वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई अनिवार्य गरिएको नो अब्जेक्सन लेटर (एनओसी) अनलाइनबाट उपलब्ध गराउने तयारी सुरु गरिएको छ। विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर एनओसी वितरण गर्दा झन्झट बेहोर्नुपर्ने, टाढाबाट आउँदा अनावश्यक खर्च हुने तथा सम्बन्धित कार्यालयमा भीडसमेत हुने गरेको छ। अहिले एनओसीका लागि विद्यार्थीले अनलाइनबाट आवेदन दिन सक्छन् तर पत्र लिन भने भक्तपुरस्थित वैदेशिक अध्ययन अनुमति शाखामा आफैँ उपस्थित हुनुपर्छ।
माघ ७ मा सभामुख निर्वाचन
प्रतिनिधि सभाको बैठक सञ्चालन हालकै मौजुदा नियमावलीका आधारमा हुने भएको छ। नयाँ नियमावली तर्जुमा वा संशोधन प्रक्रिया पूरा नभएसम्म प्रतिनिधि सभा नियमावली २०७५ अनुसार नै बैठक सञ्चालन हुने सर्वदलीय सहमति भएको हो। नियमावली संशोधनको निक्र्योल गर्न अधिवेशनको पहिलो बैठकबाटै समिति बनाउने तयारी पनि दलहरूबीच भएको छ।
आर्थिक समृद्धि र विकासमा जोड
सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष मस्यौदा प्रस्ताव बुझाउँदै छ। नेकपा (एमाले)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको शुक्रबार बसेको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिएको हो।
सरकारलाई समर्थन गर्न आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भेट गर्नुभएको छ। प्रधानमन्त्रीको निम्तापछि खतिवडाले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेट गर्नुभएको हो। प्रधानमन्त्रीसँग वर्तमान समसामयिक राजनीतिक विषयमा कुराकानी भएको खतिवडाले बताउनुभयो। भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन गर्न र विश्वासको मत दिन आग्रहसमेत गर्नुभएको थियो।
चौध वर्षपछि स्ववियु निर्वाचनको तयारी
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफूमातहतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रस्ताव गरेको छ। विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले उक्त मितिमा निर्वाचन गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित मिति उपकुलपतिको अध्यक्षतामा बस्ने कार्यकारी परिषद्ले पारित गरेपछि मात्रै कार्यान्वयनमा जानेछ। स्ववियु निर्वाचन हरेक दुई वर्षको अन्तरालमा फागुन १४ गते गर्नुपर्ने व्यवस्था छ। पछिल्लो पटक २०७३ सालमा स्ववियु निर्वाचन भएको थियो तर विद्यार्थी सङ्गठनबीचको विवादका कारण त्यति बेला पनि उपत्यकाका १३ वटा र बाहिरका २३ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन।
छाडा कुकुररहित पालिका अभियान, धमाधम बन्ध्याकरण
सहरी क्षेत्रमा छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेपछि सहरी क्षेत्रका नगरपालिकाले कुकुरको स्थायी बन्ध्याकरण गर्न थालेका छन्। छाडा कुकुरका कारण सडक दुर्घटना हुनबाट रोक्न र कुकुरको टोकाइले रेबिज फैलन सक्ने खतराबाट मुक्त हुनका लागि नगरपालिकाले कुकुरको स्थायी बन्ध्याकरण गर्न थालेका हुन्। अहिले सम्बन्धित नगरपालिका र विभिन्न संस्थाको सहकार्यमा छाडा कुकुरको बन्ध्याकरण भइरहेको छ।
शीतलहरले तराईको जनजीवन प्रभावित
पश्चिम तराईको नेपालगञ्जमा पाँच दिनदेखि घाम लागेको छैन। बिहान–बेलुका शीतलहरको ठिही बढ्दो छ। एकातिर घाम नलाग्ने समस्या र अर्कोतिर शीतलहरको मारले जनजीवन अस्तव्यस्त भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो। उहाँले भन्नुभयो, “चोक–चोकमा दाउरा बालेर न्यानो बनाउँदै छौँ, आवश्यक परेकालाई न्यानो कपडा बाँडिरहेका छौँ।”
कोरोना संक्रमणको जोखिम कायमै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले नेपालमा कोरोना सङ्क्रमणदर कम हुँदै गए पनि संक्रमणको जोखिम कम भइनसकेको बताउनुभएको छ।
आगामी चैत ५ गते स्ववियु निर्वाचन हुने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ ।
थारु कला संस्कृतिको संरक्षण भएन : मन्त्री चौधरी
थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघ पर्वको पूर्व सन्ध्यामा घोराहीमा माघ महोत्सव सुरु भएको छ । थारु समुदायका परम्परागत, भेषभुषा संरक्षण तथा थारु परिकारको प्रचार प्रसारसँगै संरक्षणमा सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवको उदघाटन लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले गर्नुभयो ।