राहदानी छपाइ समस्या : दुई दिनमै समाधान हुने विभागको दाबी
विभागका प्रवक्ता दुरपदा सापकोटाले पुस १७ गतेदेखि आएको प्राविधिक समस्या समाधानको दिशामा गइसकेको बताउनुभएको छ। प्राविधिक कारण राहदानी छपाइमा देखिएको समस्या बिहीबार आंशिक समाधान भएको उहाँको भनाइ छ।
अत्यधिक रक्तस्राब हुँदा सुत्केरीको ज्यान गयो
प्रसुती भएपछि अत्यधिक रक्तस्राव हुँदा पाँचथरमा एक जना किशोरीको ज्यान गएको छ । जिल्लाको कुम्मायक गाउँपालिका –२ मङ्जावुङकी मनिषा आचार्यको बुधबार साँझ ज्यान गएको हो ।
राहदानीको समस्या समाधान गर्न सफ्टवेयर कम्पनीले पठायो विशेषज्ञ टोली
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आईडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ।
जिफन्टले आगामी चार वर्षमा २० लाख श्रमिक एकीकृत गर्ने
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले आगामी चार वर्षमा २० लाख श्रमिकलाई संस्थामा आवद्ध गराउने बताउनुभएको छ । त्यसको अभियान सुरु भइसकेकाले हरेक पालिका र वडाबाट श्रमिकको सूची लिने अभियान सुरु गर्न लागेको उहाँले बताउनुभयो ।
विजयनगरमा निःशुल्क आँखा उपचार शिविर
कपिलवस्तुको विजयनगर गाउँपालिकाले निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरेको छ । गाउँपालिकाका ग्रामीण भेगका जनतालाई उपचारको दायरामा ल्याउन शिविर सुरु गरिएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो ।
भालुबाङ–चकचके सडक दैनिक ६ घण्टा बन्द हुने
दाङको भालुबाङ–प्युठान सडक खण्डमा पर्ने भालुबाङ चकचके सडक दैनिक ६ घण्टा बन्द हुने भएको छ । सडक बिस्तारका लागि पुस २८ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पूर्णरुपमा बाटो बन्द हुने डिभिजन सडक कार्यालय, प्युठानका प्रमुख बिरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति संवेदनशील रहेको बताउनुभएको छ ।
फागुन २ गतेदेखि भृकुटीमण्डपमा औद्योगिक मेला महोत्सव हुने
नेपाल १६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्राङ्गारिक कृषि मेला–२०७९ आगामी फागुन पहिलो साता राजधानीमा आयोजना हुने भएको छ ।
‘आर्थिक अवस्थालाई सुदृढ गर्नु सरकारको मुख्य काम’
सत्तारुढ गठबन्धनले देशको आर्थिक अवस्थालाई सुधार गर्ने विषयलाई जोड दिएर सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेको छ। देशको आर्थिक अवस्थालाई सुदृढ गर्नु सरकारको मुख्य काम भएको भनाइ नेताहरूको छ।
राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न आवश्यक : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक भइसकेको बताउनुभएको छ ।
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल बङ्गलादेश प्रस्थान
बङ्गलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा नेकपा (एमाले)का तर्फबाट अतिथिका रुपमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज दिउँसो १ बजे ढाका प्रस्थान गर्नुभएको हो ।
ग्वार्कोमा फ्लाइओभर निर्माण सुरु हुँदै
ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माण माघको पहिलो सातादेखि सुरु हुने भएको छ । हाल आवश्यक तयारी भइरहेको भन्दै सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता सिनियर डिभिजनल इञ्जिनियर सौरभ बज्राचार्यले माघको पहिलो सातादेखि निर्माण सुरु हुने बताउनुभयो ।
ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ गते
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको (बिओके) एकीकृत कारोबार यही पुस २५ गतेदेखि हुने भएको छ । दुवै बैंकले गत मङ्सिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भे/गाभिने (मर्जर)सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।
बलात्कारका आरोपी क्षेत्री पक्राउ
वडा प्रहरी कार्यालय वालिङबाट सोमबार भागेका एक जना बलात्कारका आरोपित व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका हरिनास गाउँपालिका– ७ का २४ वर्षीय रमेश क्षेत्री प्रहरीलाई लडाएर भागेका थिए ।
प्रधानमन्त्रीद्वारा पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिनुभएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बागलुङ–गुल्मी जोड्ने सडक निर्माण तीव्र गतिमा
बागलुङको दक्षिण भेग हुँदै गुल्मीको शान्तिपुर जोड्ने सडक सञ्जाल स्तरवृद्धिको काम तीव्र गतिमा अघि बढेको छ । बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर अन्र्तगत जैमिनी–१० राङ्खानीदेखि बरेङ–१ चित्रेसम्मको सडक स्तरोन्नती तथा कालोपत्रेको काम भैरहेको हो ।
दुर्घटनामा चालक घाइते
मध्यपहाडी राजमार्गको मङ्गलसेनमा बिहीबार हायस दुर्घटना हुँदा अछाममा एक चालक घाइते भएका छन् । लु २ ख ६४८० नम्बरको हायस दुर्घटना हुँदा चालक कमलबजार नगरपालिका –५ विरपथका श्याम खत्री घाइते भएका हुन् ।
प्रधानमन्त्रीद्वारा निराकार पाण्डेका बुवासँग भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गर्नुभएको छ ।
इन्सेक अध्यक्षमा प्राध्यापक डा. अर्याल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कार्यकारी अध्यक्षमा प्राध्यापक तथा अधिकारकर्मी डा. कुन्दन अर्याल निर्वाचित हुनुभएको छ । बुधबार भएको इन्सेकको २६ औं साधारणसभाले डा. अर्याललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । वरिष्ठ पत्रकार अर्याल त्रिभूवन विश्वविद्यालय अन्तर्गतको आमसञ्चार विषयमा प्राध्यापन गर्दैआउनुभएको छ ।
लुम्बिनी चिनी उद्योगमा लागेको ताला खुल्यो
पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगले पाँच दिनभित्र उद्योगको वायु प्रदूषण नियन्त्रण गर्ने सहमति भए पछि उद्योगमा लागेको ताला खुलेको छ ।
मौसमी फ्लुका बिरामी सङ्ख्या बढ्दो
जाडो मौसमको सुरुवातसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । कतिपय बिरामी आफूलाई गाह्रो भएपछि मात्रै अस्पताल जाने गरेका छन् भने कतिपय बिरामी घरायसी उपचार गरेर बसेका छन् । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, ग्रान्डी अस्पताल, ह्याम्स, ईशान, नर्भिकलगायतका अस्पतालमा जाडो मौसमसँगै रुघाखोकी, ज्वरो, दम, टाउको दुख्ने समस्या लिएर अस्पताल जाने गरेका छन् ।
सिमकार्ड पुनः बेच्न नपाइने
दूरसञ्चार सेवा प्रदायकहरूले निष्क्रिय सिमकार्ड पुनः बिक्री गर्न नपाउने भएका छन्। सर्वोच्च अदालतले तत्कालका लागि उक्त व्यवस्था कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता सपना भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर दायर गर्नुभएको रिटमा न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले उक्त आदेश दिएको हो।
विश्वासको मत ल्याएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने
सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय गरेको छ ।
बसले किचेर मृत्यु
अर्घाखाँचीको शितगंगा नगरपालिका –१४ हडाहामा बसले ठक्कर दिँदा एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाबाट अर्घाखाँची जाँदैगरेको लु १ ख ८७५८ नम्बरको बसले ओर्लनेक्रममा स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराईलाई ठक्कर दिँदा उपचारको क्रममा कपिलवस्तुको पिपरास्थित सामुदयिक अस्पतालमा उहाँको निधन भएको हो ।