बिपन्न दलित परिवारलाई न्यानो कपडा
जाडो बढेर जनजीवन प्रभावित भएपछि दलित उत्थान केन्द्र र अर्जुनचौपारी गाउँपालिकाले ३० घर परिवारलाई न्यानो कपडा वितरण गरेको छ । अर्जुनचौपारी गाउँपालिका भित्रका अति विपन्न परिवारको स्वास्थ्यलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरेको केन्द्रका अध्यक्ष दिपक बिश्वकर्माले बताउनुभयो ।
मापसे गर्ने ३६१ चालक कारवाहीमा
कपिलवस्तुमा पछिल्लो ४ महिनामा मापसेगरी सवारी साधन चलाउने ३ सय ६१ चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । मापसे गरी सवारी साधन चलाउन निरुत्साहित गर्न चलाएको अभियानमा सो कारवाही गरिएको प्रहरीको भनाइ छ ।
नेपाल राष्ट्र बैंकद्वारा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन
राष्ट्र बैंकले यसअघि मार्गदर्शन कार्यान्वयनमा के–कस्तो अफ्ठ्यारा छन् भनेर बैंक तथा वित्तीय संस्थाहरूबाट सुझाव लिइएको थियो । विभिन्न क्षेत्रबाट आएका सुझावलाई हेरेर मार्गदर्शन संशोधन गरिएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो ।
नेप्से परिसूचक ६४.८७ अङ्कले वृद्धि
मङ्गलबार सामान्य अङ्कले घटेको नेप्से परिसूचक बुधबार उच्च अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ६४.८७ अङ्कले बढेर २१२५.९४ बिन्दुमा पुगेको हो ।
खुलामञ्च 'बेसमेन्ट पार्किङ'को सम्भाव्यता अध्ययन
खुलामञ्चमा भूमिगत पार्किङ बनाउने काठमाडौं महानगरपालिकाको निर्णयप्रति विभिन्न मत आइरहेका छन्। अकुपाई टुँडिखेल अभियानताको टोलीले उपमेयर सुनिता डंगोललाई नै भेटेर ज्ञापनपत्र हस्तान्तरण गर्दै यो निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ।
महेन्द्र उद्यान जीर्णोद्धार गरी शहीद स्तम्भ बनाइँदै
बुटवल अस्पताल लाइनमा जीर्ण अवस्थामा रहेको महेन्द्र उद्यानलाई संरक्षणसहित परिवर्तन गरी शहीद स्तम्भ उद्यान बनाइने भएको छ । लुम्बिनी प्रदेश र बुटवल उपमहानगरपालिकाको सहयोगमा आधुनिक किसिमले सो उद्यान निर्माण गरिने भएको हो ।
यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया
यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन ।
भारत रेल्वेलगायतका पूर्वाधारमा थप सहयोग गर्न इच्छुक
उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तबले शिष्टाचार भेट गर्नुभएकाे छ ।
पढ्न उत्साहित हुँदैछन् दलित बालबालिका
बिहान सबेरै उठ्नु, ७ देखि ९ बजेसम्म हुने ‘ट्युसन क्लास’ भ्याउनु, फेरि १० नबज्दै विद्यालय पुग्नु । सिरहाको इँटाटारस्थित तेनुवापटी आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा राधनाकुमारी सदायको दिनचर्या दुई वर्षदेखि यस्तै छ ।
सुन्तला खेती गर्ने कृषकलाई घुम्ती तालिम
सुन्तला खेती गर्ने सिद्धिचरण नगरपालिकाका किसानलाई स्थलगत घुम्ती तालिम सञ्चालन गरिएको छ । सुन्तला जातको फलफूल बगैचा व्यवस्थापन तथा रोग किरा नियन्त्रणका लागि स्थलगत घुम्ती तालिम सञ्चालन गरिएको हो । वडा १२ का किसानलाई तालिम दिइएको वडा अध्यक्ष उमङ्ग श्रेष्ठले बताउनुभयो ।
शीतलहरका कारण खजुराका विद्यालय बन्द
शीतलहर शुरु भएपछि बढेको अत्यधिक चिसोले बाँकेको खजुरा गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालयहरु तीन दिनका लागि बन्द गरेको छ । अत्यधिक चिसोका कारण बालबालिकाहरु विरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
महिला जनप्रतिनिधिलाई नेतृत्व विकास प्रशिक्षण
स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिलाई नेतृत्व क्षमता विकास अभिवृद्धि प्रशिक्षण दिइएको छ । जिल्लाको डुगेश्वर गाउँपालिका र गुराँस गाउँपालिकाका महिला जनप्रतिनिधिलाई सो प्रशिक्षण प्रदान गरिएको हो ।
पूर्वी नवलपरासीमा एक वर्षमा २१ करोडको माछा बिक्री
पूर्वी नवलपरासी माछापालनमा आत्मनिर्भर जिल्लाका रूपमा विकसित हुँदै गइरहेको छ । माछापालन व्यवसाय फस्टाएकै कारण यो वर्ष पूर्वी नवलपरासीका किसानले २१ करोड रुपियाँको बिक्री गरेका छन् ।
नरेशवीर शाक्यको कृति ‘ललितविस्तर शोधग्रन्थ’ विमोचन
लेखक नरेशवीर शाक्यको ११ औँ कृति ‘ललितविस्तर शोधग्रन्थ’ आनन्दकुटि विहार स्वयम्भूमा विमोचन भएको छ ।
सडक दुर्घटनाबाट मृत्यु हुने दरमा वृद्धि
पूर्वी नवलपरासी जिल्लामा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिक रूपमा बढ्दो छ । दुर्घटनामा कमी आए पनि मृत्युदर भने बढेको कार्यालयले जनाएको छ ।
मधेश प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन
मधेश प्रदेश सभाको पहिलो ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन हुनुभएको छ । मधेश प्रदेश पार्टी कमिटीले दलको नेतामा उहाँलाई चयन गरेको हो ।
यी हुन् जाडोमा शरीरलाई शक्ति दिने खानेकुरा
काठमाडौं उपत्यकालगायत देशैभरि जाडो बढ्दै गएको छ । जाडोबाट बच्न हामीले बाक्ला लुगा लगाउने, घाममा बस्ने, हिटर, आगो ताप्नेजस्ता उपाय अपनाउने गर्दछौँ । रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, बालबालिका र वृद्धवृद्धालाई यो मौसममा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन् ।
नतिजामुखी काममा जुट्नुहोस्
१. म प्रमुख कार्यकारीको भूमिकामा तेस्रो पटक र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रो पटक तपाईंहरूसमक्ष उपस्थित भएको छु । मलाई यसअघि प्रधानमन्त्रीका रूपमा कार्यरत रहँदा निजामती प्रशासन र सरकारी संयन्त्रबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु र यस पटक पनि तपाईंहरूबाट पूर्ण सहयोगको अपेक्षा गरेको छु ।
गोदावरीदेखि शिवपुरीसम्म साइकल लेन
ललितपुर महानगरपालिकाले अन्तरपालिका सहकार्य गरी गोदावरीदेखि शिवपुरीसम्म साइकल लेन छुट्याउने अवधारणा अगाडि सारेको छ। सो लेनको करिब ४५ किलोमिटर दूरी हुने भनिएको छ। ललितपुर महानगरपालिकाले गोदावरी नगरपालिका, काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको अन्तरपालिका सहकार्यमा साइकल लेन छुट्याउने अवधारणा अगाडि सारेको छ।
परराष्ट्रको अनुमतिमा मात्र कूटनीतिक भेटघाट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्र मन्त्रालयको अनुमति लिएर मात्र कूटनीतिक व्यक्तिसँग भेट गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । मङ्गलबार विभिन्न निकायका सचिवहरूसँग कामको जानकारी लिँदै प्रधानमन्त्रीले परराष्ट्रको अनुमति नलिई उच्च सरकारी अधिकारीले विदेशी व्यक्तित्व र कूटनीतिक नियोगका पदाधिकारीसँग भेट गरेको भन्दै आइन्दा त्यस्तो नगर्न चेतावनी दिनुभएको हो ।
उपरथी शाही सैनिक नियन्त्रणमा
नेपाली सेनाले उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणको नियन्त्रणमा लिएको छ। सैनिक निरीक्षण निर्देशनालयका निरीक्षाधिकृत रहनुभएका शाही अवकाशमा जानुपूर्व बिदामा रहनुभएको थियो। उपरथी शाहीमाथि आर्थिक अनियमितता गरेको आरोपमा सैनिक मुख्यालयले अनुसन्धानका क्रममा जङ्गी अड्डास्थित सैनिक प्रहरी गणमा राखेको छ।
थातथलोको मोहले फर्कायो खुसी
पुर्खा तथा थातथलोको मोह र सम्मान कतिसम्म रहन्छ भन्ने उदाहरणीय घटना धनकुटामा भएको छ । जन्मथलोको मात्र होइन थातथलो हेर्ने र परिवारमा पुनर्मिलन हुने चाहले ८१ वर्षीय वृद्ध गङ्गाप्रसाद पोखरेललाई १०७ वर्षपछि म्यानमारबाट धनकुटाको चुङ्माङसम्मको यात्रा गराएको हो । गङ्गाप्रसाद नेपालमा होइन म्यानमारमा जन्मनुभयो, उतै हुर्कनुभयो र जिन्दगीको ८१ वर्ष म्यानमारमै बिताउनुभयो । केही दिनअघि भने उहाँ धनकुटाको पाख्रिवास नगरपालिका–१०, चुङ्माङ आइपुग्नुभएको छ, जुन उहाँको पुर्खाको जन्मभूमि हो ।
राष्ट्रिय योजना आयोगद्वारा ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ पुस्तक सार्वजनिक
राष्ट्रिय योजना आयोगले ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ पुस्तक सार्वजनिक गरेको छ । पुस्तकबाट आर्थिक तथ्याङ्कको उत्पादन तथा प्रयोग गर्दा अपनाउनुपर्ने वैज्ञानिक विधिको सुनिश्चितता, नागरिकसामु सलर तरिकाले बुझिनेगरी आर्थिक सूचनाहरु प्रवाह गर्दा ध्यान दिनुपर्ने कुराको जानकारी पाइने आयोगको अपेक्षा छ ।
जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाइनुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय तुल्याउन जनप्रतिनिधिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।