• १२ असोज २०८१, शनिबार

अत्यधिक रक्तस्राब हुँदा सुत्केरीको ज्यान गयो

blog

राधा लुइटेल

फिदिम, पुस २१ गते । प्रसुती भएपछि अत्यधिक रक्तस्राव हुँदा पाँचथरमा एक जना किशोरीको ज्यान गएको छ । जिल्लाको कुम्मायक गाउँपालिका –२ मङ्जावुङकी मनिषा आचार्यको बुधबार साँझ ज्यान गएको हो ।

उपस्वास्थ्य चौकी मङ्जावुङका प्रमूख सचिन्द्र मेहताका अनुसार आचार्यलाई सुत्केरी व्यथा लागेपछि हिजो बुधबार विहान १० बजे स्वास्थ्य संस्था ल्याइएको थियो । ‘भर्ना गरिएको दुई घण्टापछि उहाँको नर्मल डेलिभरी भएको थियो । केहिबेरपछि रक्तस्राव सुरु भएर औषधी दिएपछि ठिक भयो’ उहाँले भन्नुभयो । साँझ ४ बजे अचानक बेहोस भएपछि थप उपचारका लागि जिल्ला अस्पताल फिदिम लैजानेक्रममा उहाँको निधन भएको महताले बताउनुभयो ।  

बेहोस भएपछि तत्काल जिल्ला अस्पताल पठाउने गाडी नभेट्दा पनि उहाँको थप उपचारमा ढिलाइ भएको मेहताको भनाइ छ । साँझ ९ बजे जिल्ला अस्पताल ल्याइ पु¥याउँदा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।

उहाँले जन्माएको बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकको भनाइ छ । सुत्केरीपछि हुने अत्यधिक रक्तस्रावका कारण उहाँको निधन भएको पाँचथर अस्पतालका डा. बुद्वीबहादुर थापाले जानकारी दिनुभयो ।