• १२ साउन २०८१, शनिबार

संसद्को सङ्घीय अधिवेशन आजदेखि

यस्ता छन् दुवै सदनको पहिलो दिनको बिजनेस

blog

काठमाडौं, पुस २५ गते । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि तय भएको संसद् बैठकमा सङ्घीय संसद् सचिवालयले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको परामर्शमा संसद्को बिजनेस तय गरेको छ ।

गत मङ्सिर ४ गते निर्वाचन सम्पन्न भएपछि प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ भने राष्ट्रिय सभाको १३ औं अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नेपालको संविधानअनुसार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र प्रतिनिधिसभाको बैठक बस्ने प्रावधान छ । यसैगरी पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । 

गत मङ्सिर ४ गते निर्वाचन सम्पन्न भएपछि प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ भने राष्ट्रिय सभाको १३ औं अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।

सङ्घीय संसद् सचिवालयका अनुसार पहिलो बैठक ज्येष्ठ सदस्य पशुपति शमशेर जबरा सभामुखको आसनमा बस्नुहुनेछ । उहाँले नवनिर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई बैठकमा स्वागत गर्नुहुनेछ । सोपछि लगत्तै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद् बैठक आह्वानको औपचारिक पत्र पढेर बैठकलाई जानकारी गराउनुहुनेछ ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बैठकमा ज्येष्ठ सदस्य जबराले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा गठन भएको मन्त्रिपरिषद् बारेमा सदनलाई जानकारी गराउनुहुनेछ । त्यस्तै, पहिलो बैठकले संसद् बैठक सञ्चालनका लागि दलीय प्रतिनिधित्वका आधारमा संसद्को अध्यक्षता गर्ने अध्यक्ष मण्डलमा रहने सांसदको नाम मनोनयन गर्नेछ । संसद् नियमावलीले बढीमा ७ जनासम्म सदस्यहरुको मनोनयन गर्नसक्ने व्यवस्था गरेको सहायक प्रवक्ता धमलाले बताउनुभयो । जसमा ठूला दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) को तर्फबाट दुई–दुई जना रहनेछन् । 

पहिलो बैठकले नै प्रतिनिधिसभा नियमावली २०७५ पुनः अनुमोदन गर्ने कार्यसूची तय भएको उहाँले जानकारी दिनुभयो । अर्को नियमावली नबन्दासम्म साविककै नियमावलीलाई कार्यान्वयन गर्ने दलबीच सहमति छ । अजको पहिलो बैठकमा नै भोलि २६ गते मङ्गलबार बस्ने संसद्को दोस्रो बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुहुने जानकारी गराइनेछ ।

पहिलो बैठकमा १६ जनाले सम्बोधन गर्ने

सहायक प्रवक्ता धमलाका अनुसार पहिलो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलको तर्फबाट संसदीय दलको नेताले सम्बोधन गर्नुहुनेछ । यसअघि गत शुक्रबार बसेको सर्वदलीय बैठकले सो सहमति गरेको थियो । सबै राजनीतिक दलले आफ्नो दलका लागि संसदीय दलको नेता चयन गरिसकेका छन् । 

दलको संसद् सङ्ख्याका आधारमा समानुपातिक हिसाबले नेताहरुको बोल्ने समय निर्धारण गरिने सहायक प्रवक्ता धमलाले बताउनुभयो । यस हिसाबले ठूलो दलका नेतालाई बढी समय र साना दलका नेतालाई कम समय उपलब्ध हुनेछ ।

सोहीअनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने चार जना स्वतन्त्र सांसद्ले पनि सम्बोधन गर्ने अवसर पाउनेछन् । यसअघि पाँच जना रहेका स्वतन्त्र सांसदमध्ये किरणकुमार साह हालै एमालेमा प्रवेश गर्नुभएको थियो । दलको संसद् सङ्ख्याका आधारमा समानुपातिक हिसाबले नेताहरुको बोल्ने समय निर्धारण गरिने सहायक प्रवक्ता धमलाले बताउनुभयो । यस हिसावले ठूलो दलका नेतालाई बढी समय र साना दलका नेतालाई कम समय उपलब्ध हुनेछ । स्वतन्त्र सांसदहरुलाई बढीमा ५ मिनेट र घटीमा ३ मिनेटसम्म समय उपलब्ध हुने उहाँको भनाइ छ । बढीमा दुई घण्टाभित्र पहिलो बैठक सम्पन्न गर्ने तयारी सचिवालयले गरेको छ । 

शोक प्रस्ताव पारित हुने

पहिलो बैठकमा यसबीचमा निधन भएका तीन जना सांसदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै संसद् बैठकले शोक प्रस्ताव पारित गर्नेछ । सहायक प्रवक्ता धमलाका अनुसार यसबीच स्वर्गीय हुनुभएका नेपाली कांग्रेसका सांसदहरु मैयादेवी श्रेष्ठ (गोरखा) र झुलबहादुर आले रहनुभएको छ । त्यस्तै नेकपा (एमाले) का सांसद बालकृष्ण ढुङ्गेल (ओखलढुङ्गा) को पनि निधन भएको छ । 

श्रेष्ठ प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य हुनुभएको थियो । उहाँको निधन गत कात्तिक ६ गते ९४ वर्षको उमेरमा भएको थियो । त्यस्तै, ढुङ्गेल संविधानसभा सदस्य रहनुभएको थियो । उहाँको निधन गत कात्तिक २२ गते ५३ वर्षको उमेरमा भएको थियो । त्यस्तै, सांसद आले पनि संविधानसभा सदस्य रहनुभएको थियो । गत मङ्सिर ९ गते ७२ वर्षको उमेरमा उहाँको निधन भयो । उहाँहरुको निधनप्रति सदनको दुवै बैठकले शोक प्रस्ताव पारित गर्नेछ । 

सभामुखको निर्वाचन सूचीमा छैन

यसैबीच पहिलो दिनको संसद् बैठकको कार्यसूचीमा सभामुख र उपसभामुखको निर्वाचनबारे जानकारी गराउने कार्यसूची तय गरिएको छैन । दलहरुबीच यस विषयमा थप छलफल र गृहकार्य गर्नुपर्ने भएकाले पहिलो दिनको कार्यसूचीमा सो विषय प्रवेश नगराइएको सचिवालयको भनाइ छ । यसअघि दलका नेताहरु सर्वदलीय बैठकमा सोबारे सामान्य छलफल गरेका थिए । 

सदनको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्ने व्यवस्था छ । जसअनुसार ढिलोमा माघ १० भित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्छ ।

नियमावलीअनुसार सदनको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्ने व्यवस्था छ । जसअनुसार ढिलोमा माघ १० भित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्छ । यसअघि शनिबार बसेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको तर्फबाट सभामुखको निर्वाचन माघ ७ गते र उपसभामुखको निर्वाचन ९ गते गर्ने प्रस्ताव गरेको थियो । तर सोबारेमा सचिवालयलाई औपचारिक जानकारी नआएको सचिवालयको भनाइ छ । 

प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट ८९ जना सांसद छन् । त्यस्तै, नेकपा (एमाले) का ७९, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालको १२, नेकपा (एकीकृत समाजवादी)का १०, जनमत पार्टीको ६, लोकतान्त्रिक समाजवादी पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका १ ÷ १ र ४ जना स्वतन्त्र सांसद् छन् । 

राष्ट्रियसभा बैठक पनि आजै

यसैबीच राष्ट्रिय सभाको बैठक पनि आज १ बजे बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रतिनिधिसभा बैठकको कार्यसूचीअनुसार नै बैठक सूची तय गरिएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, मन्त्रिपरिषद् गठनको जानकारी बैठकलाई गराउने, दलीय हिसाबमा संसदीय दलका नेताहरु सम्बोधन गर्ने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ । 

१३ औं अधिवेशनको पहिलो बैठकमा औपचारिकता धेरै हुने हुनाले बढीमा दुई घण्टाभित्र बैठक सम्पन्न हुने सचिव फुयालले बताउनुभयो । 

दोस्रो बैठक मङ्गलबार

प्रतिनिधिसभाको दोस्रो बैठक भोलि मङ्गलबार बस्दैछ । संसद् सचिवालयका अनुसार भोलि ११ बजेका लागि बैठक तय गरिएको छ । सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुहुनेछ । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले १६ दिनपछि विश्वासको मत लिँदै हुनुहुन्छ । संविधान अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको बढीमा ३० दिन भित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

नेपालको संसदीय इतिहासमा पहिलो संसदीय निर्वाचनपछि संसद्‌को पहिलो बैठक २०१६ साल असार १६ गते बसेको थियो। त्यसैले असार १६ लाई संसद् दिवसको रुपमा पनि मनाइन्छ ।

पहिलो बैठकको इतिहास

नेपालको संसदीय इतिहासमा पहिलो संसदीय निर्वाचनपछि संसद्‌को पहिलो बैठक २०१६ साल असार १६ गते बसेको थियो। त्यसैले असार १६ लाई संसद् दिवसको रुपमा पनि मनाइन्छ । पहिलो निर्वाचित संसद्‌को पहिलो बैठक मध्यरातमा सुरु भएको थियो । सङ्घीय संसद् सचिवालयले दिएको जानकारी अनुसार तत्कालीन राजा महेन्द्रले प्रतिनिधिसभाको बैठक राति ११ बजेर ४५ मिनेटमा राख्नुभएको थियो । 

पहिलो दिनको बैठकमा सभामुख चयन नभएसम्मका लागि गिरिप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्ष तोक्ने पत्र पढेर सुनाइएको थियो । गुल्मी उत्तरपूर्व क्षेत्रबाट सांसद निर्वाचित बुढाथोकीलाई संसद् बैठकको अध्यक्षताका लागि प्रमुख सचिव हंसमान सिंहले शपथ ग्रहण गराउनुभएको थियो । पहिलो दिनको बैठकले लगत्तै असार १८ गते दिनको ३ बजे सभामुखको निर्वाचन गर्ने मिति तय गरेको थियो । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई पहिलो संसद्का सभामुख चयन हुनुभएको थियो । त्यतिबेलाको संसदमा नेपाली भाषा अनिवार्य गरिएको थियो । 

हेर्नुहोस् सम्भावित कार्यसूची



Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।