• १ मंसिर २०८२, सोमबार

राइजिङ डेली डटकमको सम्पादकमा तिवारी नियुक्त्त

blog

राइजिङ डेली डटकमका निमित्त सम्पादक नन्दलाल तिवारी।

गोरखापत्र अनलाइन 

काठमाडौं, मङ्सिर १ गते । राइजिङ डेली डटकमको सम्पादकमा नन्दलाल तिवारी नियुक्त हुनुभएको छ । 

गोरखापत्र संस्थान व्यवस्थापनले उहाँलाई २०८२ मङ्सिर २ गतेदेखि लागू हुने गरी ‘निमित्त सम्पादक’ को जिम्मेवारी तोकेको हो । 

गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालमा १८ वर्षअघि सेवामा प्रवेश गर्नुभएका तिवारी विगत १२ वर्षदेखि गोरखापत्र अनलाइन प्रकाशनको अंग्रेजी प्रकाशन ‘राइजिङ डेली डटकम’ मा कार्यरत हुनुहुन्छ ।  तिवारीलाई यसअघि २०७८ चैत २५ गते राइजिङ डेली डटकमको संयोजकको जिम्मेवारी दिइएको थियो । 

अंग्रेजी साहित्य र विश्व अर्थतन्त्र विषयमा स्नातकोत्तर गर्नुभएका तिवारीले ‘अन्तर्राष्ट्रिय सम्बन्ध’ मा दर्शनाचार्य अध्ययन गर्नुभएको छ ।

 

 गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी (दायाँ) नवनियुक्त निमित्त सम्पादक तिवारीलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुहुँदै ।