काठमाडौँ, पुस २४ गते । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमिति चयनका लागि शनिबार निर्वाचन भएको थियो । वरिष्ठ अधिवक्ता तुलसी भट्टलाई पराजित गर्दै निरौला निर्वाचित हुनुभएको हो । निरौलाले २८९ मत पाउनुभएको छ भने भट्टले २७५ मत प्राप्त गर्नुभयो ।
यस्तै उपाध्यक्षमा जगदीशचन्द्र पाण्डे निर्वाचित हुनुभएको छ । सचिवमा श्यामकुमार खत्री र सहसचिवमा सुजन लोप्चन निर्वाचित हुनुभएको छ । यस्तै कोषाध्यक्षमा कपिलचन्द्र पोखरेल निर्वाचित हुनुभएको छ ।
महिला सदस्य एक पदमा सिर्जना कँडेल निर्वाचित हुनुभएको छ । खुला सदस्यमा उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रूपनारायण श्रेष्ठ, डा. रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी, प्रभुजी पन्त, अनुपराज उप्रेती र देवी रेग्मी पोखरेल निर्वाचित हुनुभएको छ ।