• १२ असोज २०८१, शनिबार

नेपालका तीन क्षेत्र भूकम्पको जोखिममा छन्: डा. अधिकारी

blog

नारद गौतम 

काठमाडौं, माघ २ गते । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले नेपालका तीन क्षेत्र भूकम्पीय उच्च जोखिममा रहेको बताउनु भएको छ । 

उहाँका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । त्यस्तै, नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना रहेको छ । अहिले पनि बेला बेलामा नेपालको पश्चिम क्षेत्रमा भूकम्पका धक्का जाने क्रम जारी छ । 

मध्य क्षेत्रमा एक सयदेखि दुई वर्षमा ठूला भूकम्प गएको देखिन्छ । पूर्वमा र पश्चिममा ठूलो भूकम्प जाने जोखिम कायमै छ । पाँच सय वर्षदेखि पश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चय भएको छ । पूर्वी नेपालमा पनि शक्ति सञ्चय भइरहेको छ । नेपाल पूर्णरुपमा भूकम्पीय जोखिममा छ, डा. अधिकारीको विश्लेषण छ । 

‘‘भूकम्पले आफैँ मान्छे मार्दैन । २०७२ सालको भूकम्प हामीले भोगेका छौँ । त्यही अनुसार सुरक्षित संरचना बनाऔँ । भूकम्प अचानक आउँछ, त्यसैले यसबारेमा राम्रो ज्ञान हासिल गर्नुपर्छ ।’’ डा. अधिकारी भन्नुहुन्छ ।

‘‘यो समयमा र यस ठाउँमा भूकम्प जान्छ भन्ने अग्रिम सूचना दिने प्रविधिको विकास भएको छैन । तर कुन क्षेत्रमा ठूलो भूकम्प जाँदैछ भनेर भन्न सकिन्छ । अहिले हल्लाउँदै नहल्लाएको भूकम्प पनि गएको हामीलाई थाहा हुन थालेको छ । काठमाडौंको दक्षिणतर्फको शक्ति अझै  पनि गएको छैन ।  त्यो शक्ति अहिले पनि जस्ताको त्यस्तै छ । २५ औँ भूकम्प सुरक्षा दिवसमा सन्दर्भमा भूकम्पविद् डा. लोकविजय अधिकारीसँग गरिएको दृश्य संवाद  :

दृश्य छायाङ्कन : केशब गुरुङ,  दृश्य सम्पादन : मनोजरत्न शाही