कैदी बन्दीलाई त्रिपाल र दाउरा वितरण
शितलहर र चिसोबाट जोगाउन बाँके जिल्ला कारागार नेपालगन्जमा रहेका कैदी बन्दीहरुका लागि बिहीवार त्रिपाल र दाउरा वितरण गरिएको छ ।
अस्पतालमा बिहान ९ बजेबाट ओपिडी सेवा
बिरामीको चाप बढेपछि गुल्मी अस्पतालमा बिहान ९ बजेबाट ओपिडी सेवा सुरु गरिएको छ । बिरामीको चाप बढी हुने र दिउँसो गाउँ–गाउँमा पुग्ने सवारीहरु छुट्ने चिन्ताले सेवाग्राही आत्तिने हुँदा बिहान ९ बजेबाट सेवा सुरु गरिएको गुल्मी अस्पतालले जनाएको छ ।
समृद्धिको अनिवार्य सर्त दूरसञ्चार पूर्वाधार विकास
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको छ । संविधानको रक्षा र कार्यान्वयन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र यसमार्फत जनताको
प्रधानमन्त्रीको सम्बोधन आज
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेअसंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्नुहुने भएको छ । उहाँले विश्वव्यापी साझा समृद्धिका लागि आपसी साझेदारीलाई प्रगाढ बनाउन आवश्यक पहलका विषयमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्ड नाम शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार युगान्डा प्रस्थान गर्नुभएको हो ।
युगान्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया
असंलग्न राष्ट्रहरूको आन्दोलन ९नाम० को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगान्डाको कम्पाला आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युगान्डामा रहेका नेपालीहरूसँग भेट गर्नुभएको छ।
राजधानीकै राजमार्गका पुल अलपत्र
सङ्घीय राजधानी काठमाडौँमा पर्ने दुई राजमार्गका पुल अलपत्र परेको धेरै भयो । अझै निर्माणको सुरसार छैन । त्रिभुवन राजपथ (शून्य विन्दु त्रिपुरेश्वर रहेको एनएच–२८) अन्तर्गतको टेकु र कालीमाटीबिचको विष्णुमतीमाथिको पुल र अरनिको राजमार्ग (शून्य विन्दु माइतीघर रहेको एनएच–३४) अन्तर्गत शान्तिनगर र तीनकुनेबिचमा पर्ने बागमती नदीमाथिको पुल अलपत्र छन् ।
निकुञ्जभित्र चल्ने अवैध सवारी हटाइने
चितवन राष्ट्रिय निकुञ्जले बिलबुकमा उल्लेख भएविपरीत स्वरूप परिवर्तन गरी सिट सङ्ख्या थपेर सञ्चालनमा रहेका जिपलाई निकुञ्जबाट विस्थापन गर्दै जाने भएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा पर्यटकलाई भ्रमण गराउने करिब १५० सवारीसाधन त्यसरी कानुनविपरीत स्वरूप परिवर्तन गरेर सञ्चालन भएको पाइएपछि निकुञ्जले यस्तो रणनीति बनाएको हो ।
शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउन कार्यवाहक प्रधानमन्त्री खड्काकाे निर्देशन
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनसमेतलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा भरपर्दो प्रबन्ध मिलाउन निर्देशन दिनु भएको छ ।
सरकारद्वारा ग्रिन हाइड्रोजन नीति स्वीकृत
सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आर्थिक विकास कार्यक्रममा छ स्थानीय तह छनौट
नव प्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि गुल्मीका छ स्थानीय तह छनौट भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्रोत परिचालन समन्वय शाखा) का अनुसार जिल्लाका छ स्थानीय तहसहित सात प्रदेशकै १०४ स्थानीय तह छनौट भएका हुन् ।
संस्कृति संरक्षण गर्न सङ्ग्रहालय निर्माण
पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१० मा मगर सङ्ग्रहालय स्थापनाका लागि भवन निर्माण गरिएको छ । आधुनिकताले मगर पहिचान गुम्न थालेपछि मौलिक कला संस्कृति जोगाउन सङ्ग्रहालय निर्माण गरिएको हो ।
च्याछरा सडकको स्तरोन्नति कार्य सुरु
हिल्सा सिमकोट सडकको असजिलो चट्टानी भीरको च्याछरा खण्डको सडकको स्तरोन्नति कार्य तीव्र गतिमा अगाडि बढेको छ । सम्झौता भएको १० महिनापछि सो सडकको स्तरोन्नति कार्यले तीव्रता पाएको हो ।
राप्तीसोनारीले सार्वजनिक गर्यो ‘लिजा’
बाँकेको राप्तीसोनारी गाउँपालिकाले स्थानीय संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) सार्वजनिक गरेको छ । राप्तीसोनारी लिजा सार्वजनिक गर्ने बाँकेकै पहिलो पालिका बनेको छ ।
चिसोले कठ्याङ्ग्रिएर मोरङमा एक जनाको मृत्यु
चिसोले कठ्याङ्ग्रिएर मोरङको उर्लाबारीमा एक जनाको मृत्यु भएको छ । उर्लाबारी–६ मावा खोलाको पुलमुनि बस्दै आएका करिब ४० वर्षीय ग्याटिसे भनिने सन्तोष राईको बिहीबार बिहान मृत्यु भएको हो ।
डिजिटल सुशासन सबल पार्न डिजिटल ई–पालिका र गल्ली म्याप्सबिच सहकार्य
स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई–पालिका र गल्ली म्याप्सबिच साझेदारी हुने भएको छ ।
हराउँदै तराईको घुुर ताप्ने चलन
केही वर्षअघिसम्म तराईमा साँझ बिहान मानिस घुर ताप्न जम्मा हुन्थे । बिचमा घुर हुन्थ्यो र मानिस घुरको वरिपरि बस्थे । घुर न्यानोका लागि मात्रै नभई गाउँ समाजका महत्त्वपूर्ण सरसल्लाह र निर्णय गर्ने थलोका रूपमा पनि हुने गथ्र्यो ।
छामछुमकै भरमा ‘सवारी पास’
तीन करोड रुपियाँको सवारी परीक्षण मेसिन १० वर्षदेखि प्रयोगविहीन
पार्किङबाट जिप चोरी गर्ने युवा पक्राउ
कास्की प्रहरीले बुधबार पार्किङमा राखिएको जिप चोरी गरी अन्यत्र लैजाँदैगरेका एक युवा पक्राउ परेका छन् ।
संरक्षणको पर्खाइमा गर्भा दरबार
राणाकालीन गर्भा दरबार जीर्ण बनेको छ । कैलालीको चुरे गाउँपालिका –४ खैरालामा रहेको सो दरबार संरक्षण नहुँदा जीर्ण बनेको हो ।
नागरिक लगानी कोषमा पर्वतकुमार कार्की नियुक्त
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रहरीको गोली लागेर मृत्यु भएका लक्ष्मीको परिवारलाई आर्थिक सहयोग
शिक्षकको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु लक्ष्मी मुखिया बिनको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिन माग
स्याङ्जाको वालिङमा हुन लागेको आठौँ वालिङमा महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकतामा राखिएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिन स्थानीयले माग गरेअनुसार महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन गरिने उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
धूमधामका साथ मनाइयो माघी
बाँकेका हरेक थारु बस्तीमा धूमधामका साथ माघी मनाइएको छ । गरिब, मध्यम, धनी जस्तोसुकै वर्ग भए पनि तराईका थारुहरू माघी पर्वलाई भव्य रूपमा मनाउँछन् ।
पुल निर्माणका लागि दबाब
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–७, इच्छापुरस्थित जलाद नदीमा पुल निर्माणको कामलाई तीव्रता दिन माग गर्दै स्थानीयवासीले दबाब र्याली निकालेका छन् ।